Skip to main content

धनगढी न्यूज

Breaking News 1

जनकपुरलाई हराउँदै शीर्षस्थानमा सुदूरपश्चिम

जनकपुरलाई हराउँदै शीर्षस्थानमा सुदूरपश्चिम

धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्सलाई हराउँदै शीर्षस्थानमा उक्लीएको छ। यस अघि चार खेलमा अपराजित रहँदै जनकपुर शीर्ष स्थानमा थियो। टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। सुरूमा ब्याटिङमा आएको सुदुरले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो। १२४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पावरप्लेमा ५ विकेट गुमायो। जनकपुर १२ ओभरमा सबै विकेट गुमाएर अलआउट हुँदै जम्मा ५१ रन बनाउँदा सुदुरसँग ७२ रनले पराजित भएको हो। जनकपुरका लागि जोसुया ट्रम्प १३,  लाहिरू मालिन्था ७,  हर्ष ठाकर ५, जेम्स निसम, ललित राजवंशी, आशिफ शेख समान ४, अर्निको…
Read More
सरकारले एक महिना पाठेघरको मुखको क्यान्सर परीक्षण अभियान चलाउँदै

सरकारले एक महिना पाठेघरको मुखको क्यान्सर परीक्षण अभियान चलाउँदै

काठमाडौं :  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे दुई लाख महिलाको परीक्षण गरिने भएको छ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई लाख ५० हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रोग पहिचान गर्ने भएको हो। महाशाखा प्रमुख डाक्टरविवेककुमार लालले फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको जानकारी दिए। उनका अनुसार महाशाखाले यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ। नेपालमा सन् २०२२ मा कूल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको सङ्ख्या सात हजार ७६८ रहेको ग्लोबल क्यान्सर…
Read More
काठमाडौंले फिल्डिङ गर्ने सुदुरपश्चिम ब्याटिङमा

काठमाडौंले फिल्डिङ गर्ने सुदुरपश्चिम ब्याटिङमा

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमामा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ।   आजको दोस्रो खेलमा काठमाडौं र सुदुर पश्चिम रोयल्सबीच हुँदैछ। करण केसी काठमाडौं र दिपेन्द्रसिंश ऐरी सुदुर पश्चिमका मार्की खेलाडी हुन्।थाहा खबर बाट शाभार  
Read More
धनगढीमा खोलाको क्षेत्राधिकार छुट्याउन राखियो ‘डिजिपिएस’

धनगढीमा खोलाको क्षेत्राधिकार छुट्याउन राखियो ‘डिजिपिएस’

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेर खोलाको क्षेत्राधिकार खाली गर्न थालेको छ। उपमहानगरपालिकाले बजार क्षेत्रमा अतिक्रमणमा परेका खोलाको क्षेत्राधिकार खाली गर्न र अतिक्रमण हुन नदिन नयाँ प्रविधिको प्रयोग गरेको छ। यसका लागि खोलाको किनारामा पोलहरू गाड्न थालिएको छ। पोलहरू सारेको खण्डमा तथा खोलाले बगाएमा स्याटलाइट प्रविधिबाट हेरचाहा गर्न सकिने गरी प्रबन्ध गरिएको छ। नदी तथा खोलाको किनारामा पोल गाडिने भएकाले सम्वन्धित जग्गाधनीलाई पनि सहज हुने उपमहानगरपालिकाको तर्क छ। चालु आर्थिक वर्षमा ५० किलोमिटर खोला किनारमा सीमाङ्कन, रेखाङ्कन तथा पोलहरू गाड्ने काम हुने उपमहानगरले जनाएको छ। वडा नम्बर १ र ५ को सीमा क्षेत्रमा पर्ने सुकुटी नालाबाट बुधवारदेखि यस्तो अभियानको…
Read More
रामजानकी विवाह महोत्सव : आज तिलकोत्सव

रामजानकी विवाह महोत्सव : आज तिलकोत्सव

काठमाडौं : जनकपुरधाममा जारी साताव्यापी रामजानकी विवाह महोत्सवको चौथो दिन बुधबार तिलकोत्सव विधि गरिँदैछ । तेस्रो दिन बिहीबार धनुषयज्ञ सम्पन्न भएसँगै चौथो दिन बुधबार तिलकोत्सव हुने भएको हो। तिलकोत्सव विधि गर्न दहीचिउरा, खिरपुरी, विभिन्न मिठाइ, फलफूल, लताकपडासहित जानकी मन्दिरबाट भार अर्थात् कोसेलीसँगै बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्छन्। विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात् वरलाई भार लिएर पुगि तिल्काउने अर्थात् टीकाटालो गर्ने विधि हुन्छ। तिलकोत्सवमा सम्धी मिलन पनि हुने गर्छ। विधिवतरूपमा आइतबार शुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो। सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आइतबार साँझ जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको…
Read More
सुदूरपश्चिमसँग विराटनगरको लज्जास्पद हार

सुदूरपश्चिमसँग विराटनगरको लज्जास्पद हार

धनगढीः विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध लज्जास्पद हार बेहोरको छ। मंगलबार भएको दोस्रो खेलमा विराटनगर ९० रनले पराजित भएको हो। सुदूरपश्चिमले दिएको १८३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो। यो प्रतियोगितामै बनेको सबैभन्दा कम स्कोर हो। यसअघि काठमाडौं गुर्खाजले चितवन राइनोजविरुद्ध सबैभन्दा कम १११ रन बनाएको थियो। उक्त कीर्तिमान पनि विराटनगरले तोडेको हो। जितसँगै सुदूरपश्चिमले डेब्यु खेलमै दुई अंक जोडेको छ। विराटनगर भने अघिल्लो खेलमा जनकपुर बोल्ड्ससँग आठ विकेटले पराजित भएको थियो। विराटनगरका बसिर अहमद र राजेश पुलामीबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। २८ बल खेलेका बसिरले…
Read More
प्रधानमन्त्रीसहितको टोली चीन उड्यो

प्रधानमन्त्रीसहितको टोली चीन उड्यो

  काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधि मण्डल जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेको छ।   चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीलेले यही मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ।थाहा खबर बाट शाभार  
Read More
कैलालीको लम्कीचुहामा तीन दिन विद्यालय बन्द

कैलालीको लम्कीचुहामा तीन दिन विद्यालय बन्द

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिएको छ। उद्योग वाणिज्य संघले तीन दिने लम्की महोत्सवको आयोजना गरेपछि विद्यालयमा विदा दिइएको हो। सोही महोत्सवलाई लक्षित गर्दै नगरपालिकाले महोत्सव अवधिभरका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले बिहीबार सूचना जारी गर्दै महोत्सव अवलोकनका लागि मंसिर १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बन्द गर्न निर्देशन गरेको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तबहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘मंसिर ६ गतेदेखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा प्रस्तूत हुने विज्ञान प्रदर्शनी, विज्ञान प्रविधिका उपकरणहरुको प्रदर्शनी अवलोकन तथा नृत्य प्रतियोगिता हुने भएकाले स्थानीय विदा…
Read More
अर्जेन्टिना फिफा विश्वकप २०२६ मा छनोट

अर्जेन्टिना फिफा विश्वकप २०२६ मा छनोट

काठमाडौं : फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई १–० ले हराएको छ।   यो जितले लियोनल मेसीको टोलीले अमेरिका, मेक्सिको र क्यानडामा हुने २०२६ को विश्वकपमा स्थान पक्का गरेको छ। जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको कम्तीमा पनि छैठौं स्थानभन्दा माथि रहने निश्चित भएको हो। यस क्षेत्रबाट ६ टोली विश्वकपमा छनोट हुने भएकाले साविक विजेता अर्जेन्टिना २०२६ को फिफा विश्वकप फुटबलमा छनोट हुने पक्का भएको छ। ब्यूनस आयर्समा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि निर्णायक गोल गरेका थिए। खेलको ५५ औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्रमा बल क्रस गर्दै मार्टिनेजलाई अवसर श्रृजना गरेका थिए। इन्टर मिलान स्ट्राइकर मार्टिनेजलका लागि यो ३२ औं…
Read More
कैलालीमा बस दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा बस दुर्घटना हुँदा चालकको मृत्यु

धनगढीः कैलालीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हिजो (सोमबार) बझाङको दुर्गाथली गाउँपालिका–५ भलान्याका २५ वर्षीय मोहन जप्रेलको बस दुर्घटनामा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार गोदावरी नगरपालिका–४ वनदेवी नजिकै सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा बस चालक नै घाइते भएका थिए। घाइते चालकको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी थापाले बताए।दिनेश खबर बाट शाभार
Read More