धनगढी न्यूज

Breaking News 2

‘झोले कार्यकर्ताले भिडियो आधा हेर्छन्‌, अनि गाली बर्साउँछन्‌’

‘झोले कार्यकर्ताले भिडियो आधा हेर्छन्‌, अनि गाली बर्साउँछन्‌’

गाईजात्रामा दिवङ्गतहरूको सम्झना र विसङ्गतिमाथि व्यङ्ग्य गरिन्छ । त्यसो त नेपालको राष्ट्रिय राजनीतिले वर्षैभर नागरिकबीच एकखाले गाईजात्रा देखाइराखेको छ । केही महिनामै परिवर्तन हुने सरकार, हरेक महिना विश्वास गुमाउँदै जाने प्रधानमन्त्री अनि बाह्रै महिना राजनीतिक जालझेलबीच गुज्रिराखेका पार्टीहरूका कारण पछिल्लो समयमा हास्यव्यङ्ग्य कलाकारको भन्दा राजनीतिक नेतृत्वको भूमिका चाहिँ गाईजात्रामय बन्ने गरेको छ । त्यसले गाईजात्रालाई केही फिक्का बनाएको छ । तर पनि हामी औपचारिक रूपमा एउटा सांस्कृतिक जात्राका गाईजात्रा मनाउँदै आएका छौँ । वर्षभर भएका राजनीतिक, सामाजिक र विभिन्न घटनाक्रम माथि हास्यव्यङ्ग्य गाईजात्रे प्रस्तुतिबारे गाईजात्रे कलाकार कमल गाउँलेसँग कृष्ण तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंश: तपाईंहरू त यतिखेर फिक्का, खुकुलो, अलिकति विषयवस्तु नपाइने…
Read More
धनगढीमा मास्टरले गरे विद्यार्थी बालिकामाथि बलात्कार

धनगढीमा मास्टरले गरे विद्यार्थी बालिकामाथि बलात्कार

धनगढी: कैलालीको धनगढीमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्। गत महिनाको ३० गते दिउँसोको समयमा धनगढी उप-महानगरपालिका वडा नं. ०१ पुष्पलाल चौकस्थित आफ्नो बहिनीको कोठामा आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बाजुरा त्रिबेणी नगरपालिका वडा नं. ७ घर भई हाल जिल्ला धनगढी उप-महानगरपालिका वडा नं. ८ बस्ने २२ वर्षीय बिष्णु तिमिल्सेना रहेका छन्। अस्ति २ गते पक्राउ परेका उनी धनगढी नमुना प्राविधिक माध्यमिक बिद्यालयका शिक्षक हुन्। उनीलाई आफैंले पढाउने स्कुलको १७ वर्षकी बालिका (बिद्यार्थी) लाई बोलाई बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा समातिएको हो। अहिले उनीमाथि कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य…
Read More
नहुर्किँदै विलयउन्मुख रास्वपा : केन्द्रदेखि वडासम्मका सयभन्दा धेरै नेता–कार्यकर्ताले छाडे पार्टी

नहुर्किँदै विलयउन्मुख रास्वपा : केन्द्रदेखि वडासम्मका सयभन्दा धेरै नेता–कार्यकर्ताले छाडे पार्टी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गत आमनिर्वाचनबाट उदाएको देशको चौथो ठूलो दल हो। अत्यन्तै छोटो तयारीबीच चुनावी मैदानमा होमिएर उसले पाएको सफलतालाई प्रमुख तथा पुराना दलहरूका चुनौतीका रुपमा अर्थ्याइन्थ्यो।   ​तर स्थापनाको २५ महिनासम्म आइपुग्दा रास्वपामा असन्तुष्टि बढेको मात्र छैन, केन्द्रदेखि वडासम्मका नेता–कार्यकर्ताले पार्टी नै परित्याग गरेका छन्। पार्टी सञ्चालनको विधि, पद्धति र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट नेता–कार्यकर्ता टाढिँदा पुराना शक्तिका विकल्पको रुपमा हेरिएको पार्टीको आकार नै घट्दो क्रममा देखिन्छ। शनिवार (भदौ १ गते) मात्रै रास्वपा दाङका एक सयभन्दा बढी युवाले पार्टी परित्याग गरेको घोषणा गरे। पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत क्षेत्रीय सदस्य, घोराही…
Read More
कैलालीमा खोलामा डुबेर एक बालिकाको मृत्यु

कैलालीमा खोलामा डुबेर एक बालिकाको मृत्यु

धनगढी – कैलालीमा खोलामा ड डुबेर एक बालिकाको मृत्यु भएको छ। सोमबार घोडाघोडी नगरपालिका–१० आमखोईयाकी ८ वर्षीय कल्पना रोकायको खोलामा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएकी थिइन्। खोजतलास गर्दा सोमवार साँझ खोलामा शव फेला परेको प्रहरीले जनाएको छ ।
Read More
धनगढीको बागेश्वरी अटो मोटिभ्समा आगलागी

धनगढीको बागेश्वरी अटो मोटिभ्समा आगलागी

धनगढीः धनगढीमा रहेको बागेश्वरी अटो मोटिभ्सको गोदाममा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका-२ मा रहेको प्रेम साउदको अटो मोटिभ्सको गोदाममा गएराति १०ः३० बजेको समयमा आगलागी भएको हो। उक्त आगलागी दमकलसहित नगर प्रहरीको टोली खटिएर नियन्त्रणमा लिइएको थियो।
Read More
सुदूरपश्चिम सरकारले भन्यो-‘२५ लाख बढीका योजना मात्रै विनियोजन हुन्छन्, सबै ठेक्कामा जान्छन्’

सुदूरपश्चिम सरकारले भन्यो-‘२५ लाख बढीका योजना मात्रै विनियोजन हुन्छन्, सबै ठेक्कामा जान्छन्’

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेटमा २५ लाखबढीका योजना मात्रै विनियोजन गर्ने बताएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सोमबार पत्रकार सम्मेलनमार्फत् बजेट निर्माण प्रक्रियामा सबै क्षेत्र, राजनीतिक दल, र नागरिक समाजसँग संवाद र छलफल जारी राखेको बताएका छन्। प्रदेश सरकारले आगामी वार्षिक विकास कार्यक्रम (बजेट) प्रदेशको आवश्यकता र औचित्यका आधारमा निर्माण गरी अघि बढ्न केही आधारहरू तय गरेको छ। २५ लाख भन्दा माथि मात्र बजेट विनियोजन गर्ने, २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने अवस्थामा स्थानिय तहलाई सशर्त अनुदानका रूपमा हस्तान्तरण गर्ने, र कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगर्ने निर्णय गरिएको छ। प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य…
Read More
एनपिएलको लोगो र मिति सार्वजनिक

एनपिएलको लोगो र मिति सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो अनावरण भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले महत्वकांक्षाका साथ सुरु गर्न लागेको एनपिएलको नयाँ मिति समेत तय भएको छ । क्यानले सोमवार सेलिब्रेसन अफ क्रिकेट‌ नामक एक कार्यक्रमको आयोजना गर्दै एनपिएलको लोगो अनावरण र मिति घोषणा गरेको हो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका थिए। एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गते सम्म हुने कार्यक्रममा घोषणा गरिएको थियो। क्यानका सचिव पारस खड्काले घरेलु ‌क्रिकेटको नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे । उनले एनपिएलले नेपाली क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै…
Read More
बालिकाको मृत्यु दुरुत्साहनमा शिक्षक पक्राउ

बालिकाको मृत्यु दुरुत्साहनमा शिक्षक पक्राउ

सिन्धुपाल्चोक, भदौ ३ गते । सुनकोसी गाउँपालिका–२ ठोकर्पाको १५ वर्षीया बालिकाको आत्महत्या दुरुत्साहन मुद्दामा सोही गाउँका ‘मनोज’ भनिने निरन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रमुख सन्तोष खड्काले आरोपित निरन कार्कीलाई पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । निरन कार्कीले आफ्नै छात्रा सन्ध्या रोक्कालाई प्रेम जालमा पारेर मानसिक, शारीरिक यातना दिई सामाजिक सञ्जालबाट बदनाम गराएपछि  आत्महत्या गर्न बाध्य बनाएको वालिकाको दाजु दीपक रोक्काको आरोप छ । निरन ठोकर्पा माबिका अङ्ग्रेजी शिक्षक हुन भने रोक्का उनकै छात्रा हुन् । निरनले ‘मनोज कार्की’ नामक फेसबुक एकाउन्ट खोलेर सन्ध्याको चरित्रहत्या गर्ने विभिन्न आपराधिक कुरा पोस्ट गरेका थिए ।…
Read More
विद्युत् निर्यात एक हजार मेगावाट नाघ्यो

विद्युत् निर्यात एक हजार मेगावाट नाघ्यो

काठमाडौँ, भदौ ४ गते । नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ । नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएसँगै यस्तो सुनिश्चिता भएको हो । नेपालका लागि भारतीय दूतावासले नेपालबाट थप विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त भएको जानकारी दिएको हो । नेपालले हालसम्म १६ जलविद्युत् आयोजनाको ६९० मेगावाट निर्यातको स्वीकृति पाएकामा पछिल्लो स्वीकृतिसँगै २८ अयोजनाबाट ९४१ मेगावाट पुगेको छ । विद्यत् चुहावटसमेत व्यवस्थापन गर्ने गरी १० प्रतिशतसम्म थप निर्यात गर्न सकिने प्रावधान रहेकाले निर्यातले एक हजार मेगावाटको…
Read More
गेटामा म्याजिक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु, ८जना घाइते

गेटामा म्याजिक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु, ८जना घाइते

धनगढीः कैलालीमा म्याजिक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। गेटा अस्पताल नजिक म १ ज १६१ नम्बरको म्याजिक र से ६ प ८४२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घना भएको हो। उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका बिस्राम चौधरीको उपचारकोक्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकल पछाडि सवार रहेका धनगढी उपमहानगरपालिका–२ का रामप्रसाद चौधरी घाइते भएका छन्। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। यस्तै म्याजिकमा चालकसहित ८ जना सवार रहेकोमा ७ जना घाइते भएका छन्। घाइते हुनेमा भीमदत्त नगरपालिका–६ की ९ वर्षीया अविशा श्रेष्ठ र ५ वर्षीय…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×