धनगढी न्यूज

Breaking News 2

न्यूरोडमा बालेनको पुत्ला दहन (तस्बिरहरू)

न्यूरोडमा बालेनको पुत्ला दहन (तस्बिरहरू)

  काठमाडौं । काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार योजनाले तनाव बढाउँदै लगेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनामा अघि बढेको फुटपाथ विस्तारविरुद्ध वडाअध्यक्षसहितका जनप्रतिनिधिहरू प्रतिकारमा उत्रिएका हुन् ।उनीहरुले शुक्रबार साँझ महानगरपालिकाका प्रमुख बालेन शाहको न्यूरोडमा पुत्ला जलाएका छन् । शुक्रबार दिउँसो महानगरपालिकाले फुटपाथ विस्तारका लागि डोजर पठाएपछि विरोधमा उत्रिएका स्थानीयबासी र नगर प्रहरीबीच धकेलाधकेल भएको हो । तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
Read More
यस्तो छ सन्दीपलाई सफाइ दिने उच्च अदालतको फैसलाको पूर्णपाठ

यस्तो छ सन्दीपलाई सफाइ दिने उच्च अदालतको फैसलाको पूर्णपाठ

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरेको हो । उच्च अदालत पाटनले सन्दीपविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको हो । शुक्रबार सार्वजनिक गरेको पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको उल्लेख छ। ‘आधार र कारण समेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला २६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना…
Read More
बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते

बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते

बैतडीः बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका–१ स्वालाका हरिसिँ चौक्यालको भान्सा घर भत्किएको हो। घर भत्किँदा उनका १६ वर्षीय छोरा टेकेन्द्र चौक्याल र २२ वर्षीया छोरी करिस्मा चौक्याल घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका–१ स्वालाका हरिसिँ चौक्यालको भान्सा घर भत्किएको हो। घर भत्किँदा उनका १६ वर्षीय छोरा टेकेन्द्र चौक्याल र २२ वर्षीया छोरी करिस्मा चौक्याल घाइते भएका छन्। दिनेश खबर बाट साभार
Read More
कैलालीमा बस र टिप्पर ठोक्किदा दुर्घटना, ६ जना घाईते

कैलालीमा बस र टिप्पर ठोक्किदा दुर्घटना, ६ जना घाईते

धनगढीः कैलालीमा बस र टिप्पर टोक्किदा दुर्घटना भएको छ। कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय लालबहादुर चौधरीले चलाएको रा १ ख २७३३ नम्बरको टिप्पर र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २७ वर्षीय चन्द्र बोहराले चलाएको ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोक्किएर बिहीवार दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उक्त बसमा सवार ६ जना घाईते भएको प्रहरीले जनाएको छ। घाईते हुनेमा बस चालक बोहरा, कैलालीको गौरीगंगा नगरपालिका–९ की ४० वर्षीया अनिता चौधरी, वर्ष पहिचान नभएकी अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका–१९ की माया चौधरी, सोही ठाउँका ४ वर्षीय विपीन र एक जना भारतिय नागरिक ३२…
Read More
वाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

वाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ —  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ देशभर साधारणतया बदली रही गण्डकी, कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको छ । विभागले आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । कान्तिपुर दैनिक बाट साभार साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ । आज दिउँसो…
Read More
श्रीमती र छोरी मिलेर हत्या

श्रीमती र छोरी मिलेर हत्या

सर्लाही, साउन ३ गते। सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगर आले टोलमा श्रीमती र छोरी मिलेर एक पुरुषको हत्या गरेका छन्। स्थानीय ५९ वर्षीय जङ्गलबहादुर बलको आफ्नै परिवारका सदस्यबाट हत्या भएको हो। प्रहरीले जङ्गलबहादुरको हत्यामा संलग्न श्रीमती ६६ वर्षीया रिता बल र विवाहित छोरी सिरहा जिरोमाइल घर भएकी २५ वर्षीया शीतल लामालाई नियन्त्रणमा लिएको छ। श्रीमती रिता र छोरी शीतल मिलेर घरायसी विवादमा जङ्गलबहादुरलाई मरणासन्न हुने गरी कुटपिट गरी शरीरमा तातो पानी खन्याइदिएका थिए। कुटपिट र शरीरमा तातो पानी खन्याउँदा जङ्गलबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना बुधबार दिउँसोतिरकै भए पनि प्रहरीमा बेलुकातिर मात्रै जानकारी प्राप्त भएको थियो। गाउँलेबाट घटनाबारे जानकारी पाउनासाथ…
Read More
डोटीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

डोटीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

डोटीः डोटीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको केआई सिहँ गाउँपालिका–३ बासुदेबिमा ट्याक्टर दुर्घटना भएको हो। दशरथ कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१००२ त ५७९४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर चालक दशरथ र पछाडी सवार रहेका रेखबहादुर पुन घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि दिपायल ल्याइएको छ। ट्याक्टर सडकबाट  करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ। ट्याक्टर दुर्घटना हुनुको कारण भने खुलेको छैन्।
Read More
बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते

बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते

बैतडीः बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका–१ स्वालाका हरिसिँ चौक्यालको भान्सा घर भत्किएको हो। घर भत्किँदा उनका १६ वर्षीय छोरा टेकेन्द्र चौक्याल र २२ वर्षीया छोरी करिस्मा चौक्याल घाइते भएका छन्। उनीहरुको शर्मीला स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरु भान्सा कोठामा खाना बनाइरहेका बेला पहिरो आउँदा घाइते भएका हुन।
Read More
विपद्बाट आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु

विपद्बाट आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ ।  विपद्मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ  गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार विपद्मै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौँ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक सय ४३…
Read More
११ महिनामा ५५ करोड ८७ लाख रुपैयाँको चुरा, टीका र पोते आयात

११ महिनामा ५५ करोड ८७ लाख रुपैयाँको चुरा, टीका र पोते आयात

गत आर्थिक वर्षको ११ महिनामा ५४ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको ११ महिनामा ५१ करोड २१ लाख ६४ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको थियो । साउनदेखि जेठसम्म ३७ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको विभागले जनाएको छ । भारतबाट मात्रै ३७ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको थियो । यस्तै चीनबाट २१ लाख ८० हजार रुपैयाँबराबरको चुरा र टीका आयात भएको हो । विभागका अनुसार १७ करोड १३ लाख ३१ हजार रुपैयाँ बराबरको…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×