21
Jul
अफ्रिकामा शिक्षकको अभाव भएको छ । अफ्रिकी संघ एयूले अफ्रिकी देशमा अहिले एक करोड ५० लाख जना शिक्षकको कमी रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एयूका शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तन आयुक्त मोहम्मद बेलहोसिनले घानाको राजधानी अकरामा भइरहेको एउटा सम्मेलनमा बोल्दै अहिले अफ्रिकामा आवश्यकताभन्दा एक करोड ५० लाख जना शिक्षक कमि रहेको बताउनुभएको हो । उहाँले शिक्षकको कमी हुँदा अफ्रिका महादेशको शिक्षा र विकासको आकांक्षा पूरा गर्ने क्षमतामा नकारात्मक प्रभाव पार्ने पनि चेतावनी दिनुभएको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्नका लागि शिक्षकको सङ्ख्यामा देखिएको यो खाडललाई कम गर्न आग्रह गरेको छ ।…






