धनगढी न्यूज

Breaking News 2

धनगढीस्थित बाबा बिजुली भण्डारमा आगलागी

धनगढीस्थित बाबा बिजुली भण्डारमा आगलागी

धनगढीस्थित बाबा बिजुली भण्डारमा आगलागी भएको खबर छ। धनगढी चौराहमा रहेको बाबा बिजुली भन्डारको गोदाममा आइतवार साँझ बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त आगलागी नगरपालिकाको दमकल, प्रहरी र नगर प्रहरीले नियन्त्रणमा लिएको हो। आगलगीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।  
Read More
सुदूरपश्चिम विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बिच शैक्षिक बिकासको लागी द्विपक्षीय समझदारी

सुदूरपश्चिम विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बिच शैक्षिक बिकासको लागी द्विपक्षीय समझदारी

सुदूरपश्चिम विश्वविद्यालय (FWU) नेपाल र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्‌की IITR, INDIA बिच हालै  दुई संस्थाबीच शैक्षिक र अनुसन्धानात्मक सहकार्यलाई सुदृढ गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । उक्त द्विपक्षीय समझदारी पत्र  मा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, र समकक्षी इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्‌की का निर्देशक प्रा. डा. के. के. पन्तले हस्ताक्षर गरे। उक्त द्विपक्षीय सामझदारीले विश्वविद्यालयको शैक्षिक इतिहासमा नयाँ अध्याय थपिएकोमा प्रा. डा. के. के. पन्तले खुशी ब्यक्त गर्दै  दुई संस्थाहरू बीच दिगो र पारस्परिक रूपमा प्राज्ञिक सहकार्यलाई बढावा दिन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । FWU र IITR बिचको साझेदारीले संयुक्त…
Read More
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौँ– पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति रायको हत्या भएको हो । ८० वर्षीय रायको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाबारे प्रहरीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेकाे छ । राय २०५० सालमा भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।
Read More
‘चन्द्रमामा फेला परेको गुफामा कुनै दिन मानिसहरू बस्न सक्छन्’

‘चन्द्रमामा फेला परेको गुफामा कुनै दिन मानिसहरू बस्न सक्छन्’

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लगाएको बताएका छन्। उक्त गुफा कम्तीमा १०० मिटर गहिरो रहेको र मानिसहरूको लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार चन्द्रमाको "भूमिगत संसार" मा सयौँ अन्य गुफाहरू हुन सक्छन् र यो तीमध्ये एउटामा पर्छ। विभिन्न देशहरू अहिले चन्द्रमामा पुग्न र स्थायी रूपमा मानव जातिको उपस्थिति गराउन प्रतिस्पर्धा गर्दै छन्। यद्यपि चन्द्रमामा विकिरण, चरम तापक्रम, र अन्तरिक्षको प्रतिकूल मौसमबाट अन्तरिक्षयात्रीहरूलाई जोगाउनुपर्ने ठूलो चुनौती हुन्छ। अहिले फेला परेको गुफा शिविर बनाउन उपयुक्त स्थल भएको जस्तो देखिएको प्रथम ब्रिटिश अन्तरिक्षयात्री हेलन शर्मनले बीबीसी न्यूजलाई बताइन्। उनका अनुसार मानिसहरू चन्द्रमामा भएका त्यस्ता खाडलमुनि…
Read More
सुदूरपशिचम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसले कमलवहादुर शाहलाई बनाउने

सुदूरपशिचम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसले कमलवहादुर शाहलाई बनाउने

नेपाली कांग्रेसले सुदूरपशिचम प्रदेशमा कमलवहादुर शाहलाई नै मुख्यमन्त्री बनाउने भएको छ। अहिले भएको केन्द्रमा कांग्रेस र एमालेको गठबन्धनपछि नेपाली कांग्रेसले शाहलाई नै फेरि प्रदेशको मुख्यमन्त्री बनाउने तयारी गरिरहेको जनाएको हो। नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले केन्द्रमा नेकपा एमाले र माओवादी, रास्वपा लगायतका दलको नयाँ समीकरण बनेपछि गत चैत २२ गते राजिनामा दिएका थिए। यसअघि नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्तीको सर्मथनमा १४ महिना सुदूरपश्चिम सरकारको नेतृत्व गरेका शाहले फेरि मुख्यमन्त्रीको जिम्मेवारी पाउने भएका हुन्।मुख्यमन्त्री शाह २०७९ माघ २६ गते सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा नयाँ समिकरणपछि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घवहादुर…
Read More
यमनमा इजरायलको हवाई आक्रमण

यमनमा इजरायलको हवाई आक्रमण

साउन ६, २०८१ हुथी विद्रोहीले इजरायलको राजधानी तेल अभिवमा ड्रोन आक्रमण गरेको एक दिनपछि इजरायलले यमनमा हवाइ आक्रमण गरेको छ । हुथी विद्रोही समूहलाई लक्षित गर्दै इजरायलले लाल सागर क्षेत्रमा रहेको तेल भन्डारण र त्यसको नजिकै रहेको ऊर्जा केन्द्रमा हवाइ आक्रमण गरेको बीबीसीले जनाएको छ । इजरायली आक्रमणमा तीन जनाको ज्यान गएको र ८० जनाभन्दा धेरै घाइते भएका हुथी विद्रोही समूह समर्थित संचारमाध्ययमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हुथी अधिकारी मोहम्मद अब्दुल सलामले इजरायलको बर्बर आक्रमण भन्दै यसको जवाफ दिने चेतावनी दिनुभएको छ । इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले आफ्नो देशले हुथी आन्दोलनकारीलाई सन्देश दिन मात्रै चाहेको भन्दै हुथीले थप…
Read More
अत्तरियामा जताजतै जुवाखाल, १९ जना प्रहरी नियन्त्रणमा

अत्तरियामा जताजतै जुवाखाल, १९ जना प्रहरी नियन्त्रणमा

धनगढीः कैलालीको अत्तरियामा जताजतै जुवाखाल चल्ने गरेको पाइएको छ। अत्तरियामा सञ्चालित केही होटल र संघसंस्थाका कार्यालयमा समेत जुवा खेल्न जुवाडे समुह जम्मा हुने गरेको पाइएको हो। २०८१ बैशाख मा मात्र अत्तरियामा ५ जुवाडे पक्राउ परेका थिए। एक लाख ५५ हजार २ सय नगदसहित ५ जुवाडे पक्राउ परेका थिए। अत्तरियामा रहेको रेडसन प्लाजाको दोस्रो तलाको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ५५ हजार २ सय नगदसहित ५ जनालाई पक्राउ गरेको थियो। २०८० असोजमा इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–४ बास्कोटाबाट ५ जुवाडेलाई पक्राउ गरेको थियो। लोकबहादुर खड्काको पसलमा जुवा खेलिरहेको अवस्थामा ३ गड्डी तास र नगद २० हजार ५७० रुपैयाँसहित ५…
Read More
कर्णाली पुलबाट हाम फालेर व्यक्ति लापत्ता

कर्णाली पुलबाट हाम फालेर व्यक्ति लापत्ता

धनगढीः कर्णाली पुलबाट हाम फालेर एक जना नदीमा बेपत्ता भएका छन्। आज (शनिवार) लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषले कर्णाली पुलबाट हाम फालेको प्रहरीले जनाएको छ। नदीमा बेपत्ता भएका उनको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।
Read More
अत्तरियामा लागूऔषध सहित एक अभियुक्तको गिरफ्तारी

अत्तरियामा लागूऔषध सहित एक अभियुक्तको गिरफ्तारी

अत्तरिया – कैलालीको अत्तरियाबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन । शनिबार राती गोदावरी नगरपालिका – १ बिजयनगरबाट लागूऔषध चरेश सहित ५० वर्षीय राम बहादुर रोकाया पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले रोकायाले सञ्चालन गरेको होटलबाट लागूऔषध बरामद गरेको थियो । उक्त होटलको काउन्टरको घर्राबाट २६ ग्राम ५७० मिलीग्राम लागूऔषध चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।
Read More
“बंगलादेश छोडेर ८०० नेपाली विद्यार्थी फर्किए, समस्यामा परेकाहरूले अनलाइन आवेदन गर्न सक्ने”

“बंगलादेश छोडेर ८०० नेपाली विद्यार्थी फर्किए, समस्यामा परेकाहरूले अनलाइन आवेदन गर्न सक्ने”

काठमाडौं । आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा सम्बन्धित सीमामा पठाउन ढाकास्थित नेपाली दूतावासले समन्वय गरेको पनि परराष्ट्र मन्त्रालयले शनिवार साँझ बताएको छ । ‘नेपाली दूतावास बंगलादेशस्थित विश्वविद्यालयहरु, सम्बन्धित निकायहरु तथा कानून कार्यान्वयन गर्ने एजेन्सीहरुसँग समन्वय गरिरहेको छ, नेपाल सरकार बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध छ,’ मन्त्रालयले भनेको छ । यसैबीच परराष्ट्र मन्त्रालयले समस्यामा रहेका नेपाली विद्यार्थी वा उनीहरुका अभिभावकले अनलाइन आवेदन दिन सक्ने प्रणाली शुरु…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×