धनगढी न्यूज

Breaking News 2

कञ्चनपुरमा महिलाको मृत शरीर भेटियो

कञ्चनपुरमा महिलाको मृत शरीर भेटियो

कञ्चनपुरः कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ। जिल्लाको दोधारा– चाँदनी नगरपालिका–३ जमुनाघाडी रमेश डौडेको खेतबारीमा नामथर नखुलेकि अन्दाजी २९ वर्षीया महिलाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ। उक्त शबलाइ पोष्टमार्टमका लागि दोधारा–चाँदनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  जनाएको छ।  
Read More
छिमेकीको हत्या गरेको आरोपमा सिरहामा एक जना पक्राउ

छिमेकीको हत्या गरेको आरोपमा सिरहामा एक जना पक्राउ

८ साउन, जनकपुरधाम । सिरहामा छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्नमा गाउँपालिका-२ ब्रह्मपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए । बच्चुले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ । ट्याक्टर लिएर खेतमा पुगेका बुधरामलाई बचाइले कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद थियो । घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिरहाको औरही गाउँपालिका-१ दरहैयास्थित नेपाल-भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको…
Read More
आजदेखि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन

आजदेखि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन

धनगढी – सुदूरपश्चिम प्रदेशमा आजदेखी प्रदेश सभाको विशेष अधिवेशन सुरु हुने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि आजदेखी विशेष अधिवेशनसुरु हुने भएको हो । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाइभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए । प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस–एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिममा २० असारमा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो । एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि ल्याएको…
Read More
” महेन्द्रनगर जाँदै गरेको बसको ढोका भाँचिएपछि यात्रु त्रसित “

” महेन्द्रनगर जाँदै गरेको बसको ढोका भाँचिएपछि यात्रु त्रसित “

धनगढी: बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोकाबाट खसेर महिला घाइते भएकी छन्। भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–१ को बुडरमा ना ७ ख १२६४ नम्बरको बसको आपतकालीन ढोकाबाट खसेर महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–१ की ४० वर्षीया कलावती बोहोरा रहेकी छन्। आपतकालीन ढोका भाँचिदा खसेर घाइते भएकी बोहोराको छतिवन स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि धनगढी ल्याइएको छ। माया मेट्रो अस्पतालमा अहिले उनको उपचार जारी छ। बस र चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने ४५ वर्षीय प्रेमसिंह धामीलाई इलाका प्रहरी कार्यालय बुडरले नियन्त्रणमा लिएको छ।
Read More
नेपाल महिला टोलीको एसिया कपमा चुनौती भारतविरुद्धको खेलको तयारी

नेपाल महिला टोलीको एसिया कपमा चुनौती भारतविरुद्धको खेलको तयारी

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ। भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ। नेपालमाथि अघिल्लो चरण प्रवेशका लागि भारतविरुद्ध जित निकाल्नैपर्ने दबाब छ। समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन।…
Read More
टीकापुरमा ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

टीकापुरमा ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

टीकापुर (कैलाली),  साउन ७ गते । बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् । करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने जोखिममा सबैमा उत्तिकै छ । स्थानीयस्तरमा किसान र समूहमा समेत बङ्गुरपालन गर्ने गरेका थिए अहिले त्यो पनि रोकिएको छ । बङ्गुरपालन व्यवसाय कम भएपछि यतिखेर कैलालीमा बङ्गुरको मासु अभाव हुन थालेकाे छ । एक वर्षअघि प्रतिकिलो रु. तीन सय ५० मा पाइने मासु…
Read More
विदेशी नागरिकद्वारा सरकारी निकायलाई बाइपास गर्दै ‘क्रिश्चियानिटी’ प्रवर्द्धन

विदेशी नागरिकद्वारा सरकारी निकायलाई बाइपास गर्दै ‘क्रिश्चियानिटी’ प्रवर्द्धन

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित हुलाकी सडक छेउमा जग्गा लिजमा लिएर बनेको ६ हजार ८६१ वर्ग फिट भवनमा झुक्याएर चर्च सञ्चालन गरिएको छ। लेट मेइन धनगढी प्रालि नामक संस्था खोलेर व्यवसाय सञ्चालन गर्ने भन्दै नक्सा पास तथा व्यवसाय दर्ता गरी स्थानीय सरकारलाई समेत झुक्याएर चर्च सञ्चालन गरिएको छ। स्थानीयसँग कहिले अस्पताल चलाउने, कहिले कम्पनी चलाउने बताउँदै लेट मेइनले वडा कार्यालयबाट भने तालिम चलाउने भन्दै व्यवसाय दर्ता प्रमाण हात पारेको छ। धनगढीका स्थानीय प्रभाकर भण्डारीको स्वामित्वमा रहेको साढे चार कट्ठा जग्गा वार्षिक ३ लाख भाडा दिने गरी लिजमा लिएर निर्माण गरिएको भवनमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको हो। कोरियन मिसनरीको सहयोगमा…
Read More
गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक

गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक

काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ । कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन ।  यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ । ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक…
Read More
घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलामा महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलामा महिलाको मृत्यु

दार्चुलाः भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ।  जिल्लाको लेकम गाउँपालिका-१ काँटैकी सरिता साउँदको मृत्यु भएको हो । साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त दीपकबाबु साउँदले बताए ।
Read More
कञ्चनपुर झलारीकी किशोरीको रहस्यमय बेपत्ता: खोजी कार्य जारी

कञ्चनपुर झलारीकी किशोरीको रहस्यमय बेपत्ता: खोजी कार्य जारी

कञ्चनपुरः कञ्चनपुरमा एक १८ वर्षीया किशोरी बेपत्ता भएकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीकी १८ वर्षीया ममता नेपाली बेपत्ता भएकी हुन्। उनको खोजीकार्यमा सहयोग गरिदिन वा फेला परेमा ९८१२६५१९४५ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्।
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×