13
Jul
धनगढी :भारतको पलियामा शारदा नदीले पुलको उत्तर तिरको सडक बगाउँदा हजारौँ यात्रु समस्यामा परेका छन् । गत साता आएको अविरल वर्षाका कारण आइतबारदेखि नेपाल(भारत जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग बगाएपछि एक सातादेखि पलिया गौरी फण्टा सीमा नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द भएको छ । गौरीफण्टा नाका भएर भारतबाट आउने नेपालीहरू टिकापुरको खक्रौला, नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल भित्रिन बाध्य भएका छन् । राजमार्ग बगाएपछि लामो तथा छोटो दुरीका कुनैपनि सवारीसाधन चल्न सकेको छैन । त्यसको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपाली बजारमा परेको छ । गौरिफण्टा नाका भएर भित्रिने सामानको अभाव भएको छ भने खाद्यान्न लगायतको मूल्य आकासिएको छ…






