धनगढी न्यूज

Breaking News 2

युरो २०२४ : फ्रान्सलाई पन्छाउँदै स्पेन फाइनलमा

स्पेनले युरो २०२४ मा मंगलबार फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । स्पेन कुनै ठूलो प्रतियोगिताको फाइनल पुगेको १२ वर्षयता पहिलो पटक हो । अब फाइनलमा स्पेनले इंग्ल्यान्ड अथवा नेदरल्यान्ड्सको सामना गर्नेछ । स्पेनका लागि लामिन यामल प्रतियोगिताको इतिहासमा गोल गर्ने सर्वाधिक कान्छा खेलाडी बने । उनी १६ वर्षका मात्र रहेका छन् । म्युनिकमा भएको खेलमा स्पेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर खेल जितेको हो । फ्रान्सले रान्डल कोलो मोनीको हेडबाट नवौं मिनेटमा गरेको गोलको मदतले अग्रता लिएको थियो । त्यसका लागि केयलिन एमबापेले पास उपलब्ध गराएका थिए । त्यसपछि स्पेनले चार मिनेटको अन्तरमा दुई गोल गरेको थियो । आइतबार हुने…
Read More
‘कल्की २८९८ एडी’ : ९ दिनको कमाइ ७ सय करोड

‘कल्की २८९८ एडी’ : ९ दिनको कमाइ ७ सय करोड

यो सिनेमामा सबैभन्दा आकर्षक पात्र कोही छन् भने ती अश्वत्थामा नै हुन् अर्थात् अमिताभ बच्चन । उनको ‘गेटअप’ मात्रै होइन, अभिनय पनि उत्तिकै चित्ताकर्षक छ । उनले अश्वत्थामा पात्रलाई मज्जाले जीवन्त तुल्याएका छन् । काठमाडौँ — सुरुमा कथा बुझ्नै गाह्रो छ । के भइरहेको र किन भइरहेको छ भन्नेमै अलमल छ । त्यसैले सुरुमा दिक्क पनि लाग्न सक्छ । तर एकपल्ट बुझेपछि यो सिनेमाले दिने रोमाञ्चकता बेग्लै छ । कुरा ‘कल्की २८९८ एडी’ को हो । अहिले यो सिनेमाबारे चारैतर्फ चर्चा चलिरहेको छ । प्रत्येक दिन कमाइ बढ्दै छ । खासमा यो तेलगु भाषाको सिनेमा हो । यसलाई अरू भाषामा अनुवाद पनि गरिएको छ र त्यसमा हिन्दी प्रमुख…
Read More
रोड्रिगेजको पुनरागमनमा कोलम्बियाको कोपा यात्रा

रोड्रिगेजको पुनरागमनमा कोलम्बियाको कोपा यात्रा

२३ असार, काठमाडौं । कोपा अमेरिका २०२४ मा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगिसकेको छ । कोलम्बियाको यो यात्रामा कोही खेलाडी लयमा छन् भने ३२ वर्षीय मिडफिल्डर जेम्स रोड्रिगेज नै हुन् । कोलम्बियाले अहिलेसम्म चार खेल खेल्दा रोड्रिगेज तीन पटक त प्लेअर अफ दि म्याच नै बने । उनले मैदानमा पनि त्यही अनुसार प्रदर्शन गरेका छन् । सन् २०१४ को फिफा विश्वकपका रोड्रिगेजले लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता स्टार खेलाडीलाई पछि पार्दै गोल्डेन बुटको अवार्ड जितेपछि चर्चामा आएका थिए । लगत्तै उनी स्पेनिस जायन्ट क्लब रियल मड्रिडमा अनुबन्ध भएका थिए । तर उनले त्यहाँ नियमित खेल्ने अवसर नपाउँदा आफ्नो…
Read More
सुदूरपश्चिमका पहाडी जिल्लामा पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्लामा पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध

धनगढी । लगातारको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको सडक यातायात सेवा अवरुद्ध भएको छ । डडेलधुरा, डोटी, बैतडी, बझाङ,  अछाम र बाजुरा जिल्लाका मूल सडकमा ठाउँ–ठाउँमा पहिरो खसेर सडक यातायात अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख एसपी राजीव बस्नेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका ७ तमेल, बैतडीको खोड्पे बझाङ सडकखण्डको ढोल्यामोड, डडेलधुरा–बैतडी सडकखण्डको भालुमारे, डडेलधुराकै सुनखोलामा पहिरोले जोगबुडा–बुडर सडक, डडेलधुराको गन्यापधुरास्थित रडुवाखोला (डडेलधुरा–डोटी) सडक अवरुद्ध छ । यस्तै अछाम बाजुरा जोड्ने साँफे–मार्तडी सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक यातायात अवरुद्ध भएको एसीपी बस्नेतले बताए । ‘पहिरो पन्छाएर सडक यातायात…
Read More

एसपीए कलेज र सिद्धार्थ हस्पिटालिटी बिच सम्झौता

धनगढी:  सुदूर पश्चिमाञ्चल क्याम्पस एसपीए कलेज र सिद्धार्थ हस्पिटालिटी प्रा.लि. बिच सम्झौता भएको छ । शुक्रवार एक समारोहका बिच एसपीए कलेजको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । देशभर ३२ आउटलेटहरु बाट १८०० जनालाई रोजगारी दिइरहेको सिद्धार्थ हस्पिटालिटी र एसपीए कलेज बिच भएको सम्झौता पत्रमा एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही र सिद्धार्थ हस्पिटालिटीका वइस्ट्रन रिजनल एज्क्युटिभ डाइरेक्टर केशव राज न्यौपानेले हस्ताक्षर गरेका छन्  । समझदारीसँगै एसपीए कलेज, कलेजका कर्मचारी, फ्याकल्टीज र विद्यार्थीहरू लाई रेस्टुरेन्ट सेल्स फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट दिने र कर्पोरेट रेटमा सेवा सुविधा प्रदान गर्ने  सिद्धार्थ हस्पिटालिटीका वईस्र्टन सिजनल एज्क्युटिभ डाइरेक्टर केशव राज न्यौपानेले बताए ।…
Read More
खानेपानीको सतह घट्दै गएपछि कोकाकुल हुँदै धनगढी

खानेपानीको सतह घट्दै गएपछि कोकाकुल हुँदै धनगढी

अत्तरिया । कैलालीको धनगढीमा खानेपानीको सतह दुई मिटरसम्म घटेपछि खाने पानीको समस्याले विकराल रुप लिएको छ । लामो समयको खडेरीका कारण जमिनमुनी पानीको सतह सुक्दै गएपछि धनगढीका २३ हजार २४९ परिवार प्रभावित भएका छन् । नेपाल खानेपानी संस्थानका ग्राहकको सङ्ख्या नौ हजार एक सय मात्र रहेको छ । अन्य सबै परिवार नल्काको पानीमै आश्रीत रहेका छन् । हाल खानेपानी संस्थानले दैनिक १४ लाख लिटर पानी वितरण गर्दै आएको भए पनी दैनिक १७ लाख लिटर पानीको थप माग भइरहेको छ । गर्मी मौसम सुरु भएसँगै खानेपानीको माग बढेको छ  । उपभोक्ताहरुको नल्कासमेत सुकेपछि खानेपानीको माग बढेको  खानेपानी संस्थान, धनगढीका प्रमुख शैलेन्द्र…
Read More
धनगढीको एक्सिस विद्याश्रमलाई सिङ्गापुरमा बेस्ट स्कुल अवार्ड

धनगढीको एक्सिस विद्याश्रमलाई सिङ्गापुरमा बेस्ट स्कुल अवार्ड

धनगढीः धनगढीको एक्सिस विद्याश्रमलाई सिंगापुरमा बेष्ट स्कुल अवार्ड दिइएको छ। एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको व्यवस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा एक्सिस विद्याश्रमलाई बेष्ट स्कुल अवार्ड २०२३ बाट सम्मानित गरिएको हो। सिंगापुरमा आयोजित एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३ मा नेपालको शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सञ्चालक तथा स्कुलहरुलाई सम्मान गरिएको थियो। सोही कार्यक्रममा एक्सिस विद्याश्रमकी प्रिन्सिपल अनिता पन्तलाई बेष्टलाई स्कुल अवार्ड प्रदान गरिएको हो। उक्त कार्यक्रममा कैलाली मोडेल माविका प्रधानअध्यापक तपेन्द्र सिंह, मालिका ईंग्लिश स्कुलका प्रिन्सिपल सिबी चन्द र एक्सिस विद्याश्रमकी प्रिन्सिपल पन्तसहित धनगढीका तीन जना विद्यालयका सञ्चालक तथा प्रिन्सिपल सम्मानित भएका थिए। कार्यक्रममा नेपालभरीबाट…
Read More
राजीनामा पत्र बोकेर हिंडेका छौं, समर्थनबारे समीक्षा गर्ने बेला भयो : खेलकुदमन्त्री श्रेष्ठ

राजीनामा पत्र बोकेर हिंडेका छौं, समर्थनबारे समीक्षा गर्ने बेला भयो : खेलकुदमन्त्री श्रेष्ठ

१ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आएको बताएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेकोले आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको उनले बताए । ‘ हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौं । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार…
Read More
धनगढीको एलाईन्स इन्टरनेशनल मोडेल स्कुलले असार १ गते रक्तदान कार्यक्रम गर्दै

धनगढीको एलाईन्स इन्टरनेशनल मोडेल स्कुलले असार १ गते रक्तदान कार्यक्रम गर्दै

धनगढी । धनगढी-२ बैयाबेहेडीमा रहेको एलाईन्स इन्टरनेसनल मोडेल स्कुलमा रक्तदान कार्यक्रम हुने भएको छ । अहिलेको वर्तमान अवस्थामा रक्त सञ्चार केन्द्रमा रगतको अभाब भएकाले रक्तदान कार्यक्रम हुन लागेको हो । भोलि असार १ गते बिध्यालयमै रक्तदान कार्यक्रम हुने भएको छ । रक्तदान गरौँ जीवन बचाऔँ भन्ने नारासहित बिहान ८ बजे देखि रक्तदान कार्यक्रम गर्न लागेको बिद्यालय प्रशासनले जनाएको छ । उक्त कार्यक्रममा अभिभाबक,शिक्षक कर्मचारी सहभागी भई बढी भन्दा बढी रगत संकलन गरि अरुको जीवन बचाउन तिर लाग्न प्रिन्सिपल मनोज पन्तले बताएका छन्।
Read More
गोदावरीमा ऐन विपरीत स्वकीय सचिव राखेर झण्डै ८ लाख भुक्तानी

गोदावरीमा ऐन विपरीत स्वकीय सचिव राखेर झण्डै ८ लाख भुक्तानी

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले ऐन विपरीत दुई जना स्वकीय सचिव नियुक्त गरेको छ। नियुक्त गरिएका दुबै जना स्वकीय सचिवलाई झण्डै ८ लाख रुपैयाँ भुक्तानी समेत गरिएको छ। नगरपालिकाले ऐनले तोकेकोभन्दा फरक पदमा कर्मचारी नियुक्त गरेको पाइएको हो। नगरप्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदादेवी रोकायले ऐन विपरीत स्वकीय सचिव नियुक्त गरेका हुन्। सुदूरपश्चिम प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐन २०७५ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव र सल्लाहकार राख्न नपाउने व्यवस्था छ। तर गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुबै जनाले स्वकीय सचिव राखेर ऐन विपरीत भुक्तानी समेत गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×