29
May
प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतन्त्र र गणतन्त्रको तुलना नै नहुने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा बिहीबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरंकुश राजतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने बहसको विषय नै नभएको बताए। राज्यका जिम्मेवारीमा रहेकाहरूको आचरण र व्यवहारमा सुधार गर्नुपर्ने, गरिबी, बेरोजगारी, भ्रष्टाचार जस्ता राष्ट्रका चुनौती भए पनि हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर नहुने प्रधानमन्त्री ओलीको तर्क छ। ‘निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने हाम्रो समाजको बहसको विषय होइन’, उनले भने, ‘राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नुपर्ने धेरै कुरा हुन सक्छन्। गरिबी, बेरोजगारी, भ्रष्टाचार– राष्ट्रका…






