Skip to main content

धनगढी न्यूज

Month: January 2026

सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा बिहीबार छापावाल सुन तोलामा २ हजार रुपैयाँ घटेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ४ हजार ८३५ रुपैयाँ कायम भएको हो । रातोपाटी बाट साभार
Read More
ग्रिनल्याण्डबारे कुरा गर्न ट्रम्पले पठाउँदैछन् विदेशमन्त्री रूबिओलाई डेनमार्क

ग्रिनल्याण्डबारे कुरा गर्न ट्रम्पले पठाउँदैछन् विदेशमन्त्री रूबिओलाई डेनमार्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याणबारे कुरा गर्न आफ्ना विदेशमन्त्री मार्को रूबिओलाई डेनमार्क पठाउने भएका छन्। भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच पुर्‍याएपछि हौसिएका ट्रम्पले ग्रिनल्याण्डलाई पनि आफ्नो अधीनमा ल्याउनका लागि सुरूवातमा कुटनीतिक तवरबाट पुनः पहल अगाडि बढाउन लागेका हुन्। ग्रिनल्याण्डमा स्वशासन छ। यहाँको रक्षा र विदेश मामिला भने डेनमार्कले हेर्छ। पहिलो कार्यकालदेखि नै ग्रिनल्याण्डलाई किनेर भए पनि अमेरिकी अधीनमा ल्याउनुपर्ने पक्षमा रहेका ट्रम्पले दोस्रो कार्यकालको सुरूवातमा पनि सोही विषयलाई विशेष प्राथमिकता दिएका थिए। पछिल्लो समय यो मुद्दाबारे त्यति धेरै चर्चा नभए पनि भित्रभित्रै ट्रम्प प्रशासनका अधिकारीहरूले ग्रिनल्याण्ड किन्ने सम्भावनाबारे अध्ययन गरिरहेका थिए। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले आगामी साता नै…
Read More
आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा : ४ भारतीय जेल चलान, ३ जना धरौटीमा रिहा

आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा : ४ भारतीय जेल चलान, ३ जना धरौटीमा रिहा

२४ पुस, काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्ने/खेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले चार जनालाई ठगीको कसुरमा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । भारतका ५७ वर्षीय सुरेश महाजन, भारतकै ३९ वर्षीय प्रमोद मौर्य, भारतकै ३२ वर्षीय विक्रम सिंह र भारतमै ३७ वर्षीय दिनेश बर्मा कारागार चलान भएका हुन् । अदालतको आदेश अनुसार उनीहरुलाई सुन्धारास्ति केन्द्रीय कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । त्यसैगरी सुनसरीकी ३५ वर्षीया चिजा खड्का र काठमाडौंकी ४० वर्षीया भवानी पाण्डे अदालतको आदेश अनुसार जनही…
Read More
कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

बैतडी: बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन्। जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फरार रहेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागार प्रशासनले जनाएको छ। जेनजी प्रदर्शनको क्रममा ६२ जना थुनुवा र कैदीबन्दीमध्ये जबर्जस्तीकरणी मुद्दाका राजेश लुहार फरार रहेका कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताए। पाटन नगरपालिका–३ गुजर घर भएका लुहारको खोजीकार्य जारी रहेको भए पनि उनी सम्पर्कमा नरेहका उनले जानकारी दिए। उनका अनुसार निज कैदीले जिल्ला अदालतको फैसलाबाट जबर्जस्तीकरणी मुद्दामा १० वर्षे कैद सजाय भोगिरहेका थिए। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ।…
Read More
वैकल्पिक शक्तिलाई हुनसक्छ राष्ट्रियसभा तगारो !

वैकल्पिक शक्तिलाई हुनसक्छ राष्ट्रियसभा तगारो !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न निर्देशन दिए । सोमबार राष्ट्रियसभा गृहमा आयोजित बृहत एकता समायोजन कार्यक्रममा निकै उत्साहित देखिएका लामिछानेको हाउभाउले लाग्थ्यो फागुन २१ मा हुने निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याउने ‘ग्यारेन्टी’ भयो । ‘उत्साह देखेर म यति चाहिँ भन्न सक्छु– डाक्टर स्वर्णिम वाग्ले यहीँ हुनुहुन्छ । डाक्टर सा’ब आउने वर्षको बजेट लेख्न सुरु गनोस् । नेताको रुपमा, पार्टीका रुपमा हामी के गर्नुपर्छ गर्छौँ,’ उनले भनेका थिए ।   उपसभापति समेत रहेका वाग्लेले केही दिन पहिले आगामी निर्वाचनमा रास्वपाले १५१ सिट जित्ने दाबी गरेका थिए । पुस १९…
Read More
नेकपाबाट राष्ट्रिय सभामा उम्मेदवारी दिन नपाएका घिमिरेलाई प्रश्न- किन बेलैमा आइपुग्नुभएन?

नेकपाबाट राष्ट्रिय सभामा उम्मेदवारी दिन नपाएका घिमिरेलाई प्रश्न- किन बेलैमा आइपुग्नुभएन?

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम तय  थियो। नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको अन्य क्लस्टरबाट उम्मेदवार बनाउने निर्णय गरेका संखुवासभाका नेता हेमराज घिमिरे निर्धारित समयभित्र विराटनगर आइपुग्न सकेनन्। उनको मनोनयन दर्ता हुन नसकेपछि कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापाको एकल उम्मेदवारी परेको छ। यससँगै कोशी प्रदेशबाट अन्य क्लस्टरमा थापा निर्विरोध निर्वाचित हुने पक्का भएको छ। राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गर्न बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तोकिएको थियो। उक्त अवधिभित्र सो क्लस्टरमा थापाको मात्रै मनोनयन दर्ता भएको कोशी प्रदेश निर्वाचन कार्यालय प्रमुख चोलराज दंगालले जानकारी दिए। उक्त क्लस्टरमा नेकपाले संखुवासभाका हेमराज घिमिरेलाई उम्मेदवार बनाएको थियो। तर…
Read More
कांग्रेसले भन्यो: विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई हुँदैन

कांग्रेसले भन्यो: विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई हुँदैन

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन बोलाउने अधिकार पार्टी केन्द्रीय समितिबाहेक अरुलाई नभएको बताएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी यसबारे ध्यानाकर्षण भएको बताएका हुन् । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले विशेष महाधिवेशनको पक्षमा वकालत गरिरहेको बेलामा पौडेलले विज्ञप्ति जारी गरी भनेका छन्, ‘यस सन्दर्भमा स्पष्ट पारिन्छ कि पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ । तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा…
Read More
सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रका लागि एमालेबाट ६८ जना सिफारिस

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रका लागि एमालेबाट ६८ जना सिफारिस

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। प्रदेशका विभिन्न जिल्लाबाट एकल नामसहित विभिन्न आकांक्षीको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ। पार्टी उपमहासचिव लेखराज भट्टलाई कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि एकल नाममा सिफारिस गरिएको छ। भट्टको नाम डोटीबाट समेत सिफारिस गरिएको छ। त्यसैगरी दार्चुलाबाट पार्टी केन्द्रीय सदस्य गणेश ठगुन्ना, बैतडीबाट केन्द्रीय सदस्य दामोदर भण्डारी र कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट डाक्टर दिपकप्रकाश भट्टलाई पनि एकल उम्मेदवारका रुपमा सिफारिस गरिएको छ। दार्चुला जिल्लाबाट गणेश ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी सिफारिस हुँदा बझाङबाट ऐन महर, मोहनराज जोशी र धनलक्ष्मी…
Read More
स्कुलमा बेहोस भएर ढलेपछि खुल्यो बालिकामाथि बुवाले बलात्कार गरेको घटना

स्कुलमा बेहोस भएर ढलेपछि खुल्यो बालिकामाथि बुवाले बलात्कार गरेको घटना

सरकारी वकिल कार्यालयले काठमाडौंमा एक पुरूषमाथि १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ। सरकारी वकिल कार्यालयले छोरीमाथि बलात्कार गरेको भन्दै ती पुरूषविरूद्ध 'हाडनातामा जबर्जस्ती करणी' मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। १३ वर्षीया बालिका बेहोस भएर स्कुलमा ढलेपछि उपचारका लागि वीर अस्पताल पुर्‍याउँदा उनीमाथि बलात्कार भएको खुलेको सरकारी वकिल कार्यालयले राखेको अभियोग पत्रमा उल्लेख गरिएको छ। सिन्धुपाल्चोक स्थायी घर भएका बालिकाको परिवार काठमाडौं कालिमाटीमा डेरा गरी बस्दै आएका थिए। बालिकाको ३७ वर्षीय बुवा गाडी चलाउँछन्। आमा बिहान-बेलुका चिया बेच्छिन्। बालिकाको एक भाइ छ। १३ वर्षीया बालिका कालिमाटीको एक विद्यालयमा कक्षा-७ मा पढ्छिन्। उनी घरकी जेठी हुन्।…
Read More
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल

चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल

२३ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् । बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताए । ‘म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठने वा नउठने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु–म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको…
Read More