03
Mar
काठमाडौँ निर्वाचन आयोगले ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावलीमा नाम भएको मतदान केन्द्रमा मतदाता परिचयपत्र देखाएर भोट हाल्न सकिनेछ। मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिनेछ। उनले मतदातालाई आफ्नो परिचय खुल्ने काजजात लिएर निर्धारित समयमा आफ्नै मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गरे। मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तय गरिएको छ। मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। मतदाताले सम्बन्धित लाइनमा बसेर आफ्नो…






