02
Mar
रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना भएको छ। सोमबार अपराह्न ४ बजेतिर दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ भने सो गाडीमा सवार ७ जना घाइते भएको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले बताए।उक्त गाडीमा ११ जना सवार रहेको बताइएको छ। उनीहरूमध्ये ३ जना गाडीबाट हाम फालेका थिए। उनका अनुसार मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको हो। सो दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोर र…






