Skip to main content

धनगढी न्यूज

Year: 2026

काठमाडौंमा बालेनले गरे मतदान (तस्बिरहरू) Nmb

काठमाडौंमा बालेनले गरे मतदान (तस्बिरहरू) Nmb

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन्। बिहीबा बिहान उनले काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रमा मतदान गरेका हुन्। बालेन आफै भने झापा-५ मा प्रतिनिधि सभा सदस्यका लागि उम्म्दवार छन्। यद्यपि उनी काठमाडौंका मतदाता हुन्।सेतोपाटी बाट साभार तस्बिरहरूः  
Read More
देशभर मतदान जारी (तस्बिरहरू)

देशभर मतदान जारी (तस्बिरहरू)

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार बिहान देशभर मतदान सुरू भएको छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ। मतदाताहरू बिहान ७ बजेभन्दा अगाडि नै मतदानस्थलमा पुगी मतदानका लागि लाइनमा बसेका छन्। राजनीतिक दलका मुख्य नेता तथा उम्मेदवारहरूले पनि बिहानै मतदान गरेका छन्। आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक…
Read More
विप्लवले १८ वर्षपछि गरे मतदान

विप्लवले १८ वर्षपछि गरे मतदान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मनदान गरेका छन्। विप्लवले रोल्पाको परिवर्तन गाउँपालिका –३ थुनिकोटस्थित  श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन । विप्लवको सचिवालयका नारायण चन्दका अनुसार यसअघि विप्लवले २०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका थिए। त्यसयता उनले कहिलै मतदान गरेका थिएनन्। अघिल्लो निर्वाचन बहिस्कार गर्दै आएको उनको पार्टीले यसपालि भने चुनावमा भाग लिएको छ। यो निर्वाचनमा विप्लवपनि सहभागी छ। निर्वाचन आयोगमा दलदर्ता गरि नेकपा (माओवादी) आधिकारिक रूपमा पहिलो पटक निर्वाचनमा सहभागी भएको हो। रोल्पामा नेकपा (माओवादी) बाट रोल्पामा  चुडामणि वली (आर्दश)लाई उम्मेदवार छन्। आदर्शले जिल्लाकै गंगादेव गाउँपालिका– ३ नाउली…
Read More
मतदानमार्फत राष्ट्रको भविष्य लेख्ने दिन

मतदानमार्फत राष्ट्रको भविष्य लेख्ने दिन

आजको दिन केवल मतपत्रमा चिन्ह लगाउने दिन होइन, यो दिन जनताको सपना र सङ्घर्षको प्रतिफल हो। नेपाली जनताले आफ्नो सर्वोच्च अधिकार प्रयोग गरेर भविष्य लेख्ने दिन हो आज। जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानमा स्पष्ट भनिएको छ- सार्वभौमसत्ता नेपाली जनतामा निहित छ। हो, यही अधिकारलाई व्यवहारमा उतार्ने अवसर हो आजको निर्वाचन। जनताले मतपत्रमा चिन्ह लगाउँदा उनीहरूले केवल दल वा उम्मेदवार रोज्ने छैनन्; उनीहरूले आफ्नो सन्तानको भविष्य, राष्ट्रको हित, सुशासनको आधार र जनआकाङ्क्षालाई पूरा गर्ने सरकार निर्माण गर्ने प्रतिनिधि छान्नेछन्। संक्षेपमा भन्नुपर्दा, जनताले आफ्नो विवेक प्रयोग गरेर राष्ट्रको भविष्यलाई छान्नेछन्। यही विश्वासले लोकतन्त्रलाई जीवन्त बनाउँछ—जनताको हातमा शक्ति, जनताकै हातमा राष्ट्रको भविष्य। यस…
Read More
निर्वाचन सुरक्षामा ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षामा ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिहरुको टुङ्गो लाग्नेछ । जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाएर एकीकृत सुरक्षा योजना लागु गरेको छ । मतदान सुरु भएसँगै हरेक मतदान स्थल र संवेदनशील ठाउँमा चारवटै सुरक्षा निकायको एकीकृत फौज परिचालन गरिएको छ । निर्वाचनको सुरक्षामा करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत सुरक्षा योजना अनुसार चुनावको सुरक्षामा ७९ हजार सेना फिल्डमा…
Read More
उपत्यकामा पास नभएका सवारी साधन सञ्चालन गर्न निषेध (तस्बिरहरू)

उपत्यकामा पास नभएका सवारी साधन सञ्चालन गर्न निषेध (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी पास नभएका सवारी साधनलाई आवागमनमा रोक लगाएको छ । निर्वाचन सुरक्षाको कारण सवारी पास भएकाहरुलाई मात्र सञ्चालन गर्न दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । निर्वाचन आचार संहिता विपरीत हिँडेका सवारी चालकको सवारी साधन ट्राफिक प्रहरीले होल्ड गरेको छ । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनालाई चल्न दिइएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने जानेलाई कारण देखाएको अवस्थामा सहजीकरण गरिएको एसएसपी अधिकारीले बताए । बिहीबार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदैछ । जसमा १६५ प्रत्यक्ष र १…
Read More
रविले मत हालेपछि ढोगे मतपेटिका (तस्वीरहरू)

रविले मत हालेपछि ढोगे मतपेटिका (तस्वीरहरू)

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतदान गरेका छन् । रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर-३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका हुन् । रवि चितवन क्षेत्र नम्बर-२ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् । मतपत्र खसाली सकेपछि उनले मतपेटिकामा ढोगेका थिए ।अन्लाईन खबर बाट साभार  
Read More
के दल र उम्मेदवारका प्रतिनिधिलाई झुक्याएर मतपेटिका साट्न सम्भव हुन्छ ?

के दल र उम्मेदवारका प्रतिनिधिलाई झुक्याएर मतपेटिका साट्न सम्भव हुन्छ ?

२० फागुन, काठमाडौं । निर्वाचनका क्रममा कतिपय दलका नेता एवं उम्मेद्वारहरूले मतपेटिका साटिने गरेको आरोप लगाउँछन् । विगतका निर्वाचनमा बारम्बार प्रकट हुने यस्ता अभिव्यक्ति यसपटक पनि रोकिएन । यसपाली त नेपाली सेनाले नै मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका ओसार्ने हल्ला चलेपछि कतिपय उम्मेद्वारहरूले ‘आफ्ना कार्यकर्ताहरूले आँखा झिम्म नगरी चनाखोपन अपनाउने र खबरदारी गर्ने’ प्रतिक्रिया दिए । निर्वाचनको निष्पक्षता र स्वच्छतामा नै प्रश्न उठ्ने गरी हुने यसखालका टिका टिप्पणीबारे हामीले निर्वाचन आयोगका अधिकारीहरूलाई सोधेका छौं । मतदान हुनु अघिदेखि मतगणनासम्म विभिन्न सुरक्षा र विश्वसनियताका उपाय अपनाइने भन्दै उनीहरूले मतपेटिका साटिन सम्भव नै नभएको बताए । निर्वाचन आयोगका अधिकारीहरू मतपेटिका साटिन्छ कि भनेर…
Read More
सधैं निर्वाचनमा संवेदनशील बन्छ दोलखा, यसपाली कस्तो छ सुरक्षा ?

सधैं निर्वाचनमा संवेदनशील बन्छ दोलखा, यसपाली कस्तो छ सुरक्षा ?

२० फागुन, काभ्रेपलाञ्चोक । देशकै सबैभन्दा सुरक्षा संवेदनशील मानिएको जिल्ला हो दोलखा । यहाँ जिल्लाभर ९५ वटा मतदान केन्द्र छन्। यीमध्ये ५२ वटा अतिसंवेदनशील, २८ वटा संवेदनशील र १५ वटालाई सामान्य मतदान केन्द्रको रुपमा वर्गीकरण गरिएको छ । यसअघिका निर्वाचनको समयमा देखिएका सुरक्षा चुनौतीलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समन्वय समितिले सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे बताउँछन् । उनले सुरक्षा चुनौती देखिए पनि शान्तिपूर्ण र मतादाताको मताधिकार सुनिश्चित हुने गरी तयारी गरिएको बताए । अघिल्लो निर्वाचनमा भएको घटनाहरुलाई मध्यनजर गर्दै मतदानको दिन हुन सक्ने सम्भावित हिंसात्मक झडप र बुथ कब्जा रोक्न र मतदाताहरुलाई ढुंक्कसँग मतदान गराउन जिल्लाभर…
Read More
‘मतदाताले मत खसाल्नै नपाई बाहिरबाटै परिणाम घोषणा गरिदिने !’

‘मतदाताले मत खसाल्नै नपाई बाहिरबाटै परिणाम घोषणा गरिदिने !’

काठमाडौँ : निर्वाचन आयोगले मतदान अगाडि गरिने कुनै पनि प्रकारका मत सर्वेक्षण र त्यसका आधारमा गरिने हारजीतको अनुमानप्रति आपत्ति जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्ता गतिविधि कानून र आचारसंहिता विपरीत रहेको भन्दै यसलाई सदाका लागि अन्त्य गर्ने अठोट आयोगले लिएको स्पष्ट पारेका छन्। उनले मतदाताले मत खसाल्नै नपाई बाहिरबाटै परिणाम घोषणा गर्ने परिपाटीप्रति आयोग संवेदनशील रहेको बताए। यो विषयमा आयोगले प्रेस काउन्सिलसँग पनि संवाद गरिसकेको र कतिपय विषय अदालतमा समेत पुगिसकेको उनले जानकारी दिए। ‘मत सर्वेक्षण गर्न पाइँदैन, कानूनले निषेध गर्छ, आचारसंहिताले निषेध गर्छ। तर जबर्जस्त सर्वेक्षण गरेर फलानोले जित्यो र फलानोले हार्‍यो भनेर आफैँ घोषणा गरिदिने हो…
Read More