Skip to main content

धनगढी न्यूज

Year: 2026

इरानमाथि आक्रमण गर्न स्पेनले अमेरिकालाई दिएन ठाउँ, ट्रम्पलाई झड्का

इरानमाथि आक्रमण गर्न स्पेनले अमेरिकालाई दिएन ठाउँ, ट्रम्पलाई झड्का

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवनर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रह अस्वीकार गर्दै आफ्नो देशको विमान र सैन्य आधार इरानमाथि आक्रमणका लागि प्रयोग गर्न नदिने घोषणा गरेका छन्। उनले टेलिभिजन सम्बोधनमा स्पष्ट रूपमा ‘हामी युद्धमा संलग्न हुने छैनौँ’ भन्दै प्रतिशोधको डरले विश्वका लागि हानिकारक कुनै कदममा स्पेन संलग्न नहुनेमा जोड दिए। उनले भने, “हामी यस विपत्तिको विरोध गर्छौं।” उनले आफ्नो दृष्टिकोण युरोप, उत्तर अमेरिका र मध्यपूर्वका लाखौँ नागरिकहरूसँग साझा भएको बताए। जसले थप युद्ध वा अनिश्चितता चाहँदैनन् । यसअघि मङ्गलबार ह्वाइट हाउसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँग भेट्दा ट्रम्पले स्पेनलाई ‘डरलाग्दो’ सहयोगी भनेका थिए। सान्चेजले ट्रम्पको मागअनुसार रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन…
Read More
यही आर्थिक वर्षबाट मेलम्चीको ‘हेडवर्क्स’ सार्ने काम थालिदै

यही आर्थिक वर्षबाट मेलम्चीको ‘हेडवर्क्स’ सार्ने काम थालिदै

काठमाडौँ : मेलम्चीमा खानेपानी आयोजनाको दातृनिकाय एशियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानीको मुहान क्षेत्र( हेडवर्क्स) सार्न सुझाव दिएको दुई वर्षपछि सरकारले सार्ने भएको छ। मेलम्ची खानेपानी विकास समितिले यो आर्थिक वर्षबाट नै हेडवर्क्स सार्नै काम थालिने जनाएको छ। मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार अहिले हेडवर्क्स सार्नका लागि टेन्डर आह्वान भएर पनि डिजाइनको काम भइरहेको छ। ‘सरकारले हेडवर्क्स सार्न सहमति प्रदान गरिसकेको छ, त्यसैले अहिले डिजाइनको काम भइरहेको छ’, उनले भने, ‘यो काम सकेर यही आर्थिक वर्षको अन्तबाट नभए नयाँ आर्थिक वर्षबाट नै हेडवर्क्स सार्ने काम सुरु हुन्छ।’ एडीबीले २०८० सालमै २०७८ मा आएको भीषण बाढीपहिरो जोखिमको अध्ययन गरी दीर्घकालीन व्यवस्थापनका लागि…
Read More

चुनावमा साढे ७ लाख जना गृहजिल्ला जाँदा सुनसान बन्यो काठमाडौं

२०, फागुन, काठमाडौं । भोलि (फागुन २१) हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् । काठमाडौंमा रहेका मतदाता मतदान गर्न आफ्नै निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले उनीहरू गृहजिल्ला पुग्दा यहाँ भने सुनसान बनेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण तत्कालीन केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । कार्कीले प्रतिनिधिसभा विघटन र निर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । सोही सिफारिसअनुसार राष्ट्रपतिले निर्वाचनका लागि फागुन २१ को मिति घोषणा गरेका थिए । सरकारले पनि निर्वाचनको तयारी पूरा…
Read More
इरान-इजरायल युद्ध : नेपाली भान्सादेखि अर्थतन्त्रसम्म फैलिएको परनिर्भरता

इरान-इजरायल युद्ध : नेपाली भान्सादेखि अर्थतन्त्रसम्म फैलिएको परनिर्भरता

विश्व राजनीतिमा सन् २०२६ मार्च महिना एउटा यस्तो अनपेक्षित र विष्फोटक अध्याय बनेर सुरु भएको छ जसले स्थापित विश्व व्यवस्थाको साखलाई मात्र चुनौती दिएको छैन, बरु दशकौंदेखिको शक्ति सन्तुलन नै भत्काइदिने संकेत गरेको छ । १ मार्चका दिन इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सहित उच्च नेतृत्वको सैन्य प्रहारमा मृत्यु भएसँगै मध्यपूर्वको राजनीति एकाएक विष्फोटक बनेको छ । यो लडाइँ केवल तेहरान र तेलअभिभको टकराव मात्र नभई यसको पर्दा पछाडि अमेरिकी पेट्रोडलरको वर्चस्व जोगाउने रणनीति र त्यसलाई कडा चुनौती दिइरहेको इरान–चीन–रुस गठबन्धनबीचको भीषण शक्ति संघर्ष लुकेको छ । महाशक्ति राष्ट्रहरूको यही सामरिक दाउपेचको राप यतिबेला मध्यपूर्वको भूगोल नाघेर सिधै नेपालीको…
Read More
खाडीबाट १७ लाख नेपाली ओसार्न स्वदेशी वायुसेवालाई लाग्छ १९ महिना

खाडीबाट १७ लाख नेपाली ओसार्न स्वदेशी वायुसेवालाई लाग्छ १९ महिना

२० फागुन, काठमाडौं । इजरायल-अमेरिका र इरानबीच बढ्दो हवाई आक्रमण तथा प्रत्याक्रमणले पश्चिम एसिया तनावग्रस्त बनेको छ । इरानले अमेरिकी सैन्य बेस लक्षित गरी आक्रमण गरिरहेको अवस्थामा खाडी तथा वरपरका मुलुकमा रहेका १७ लाख २९ हजार नेपालीको सुरक्षाप्रति चासो र चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालयका अनुसार यूएई, साउदी अरेबिया, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान, इजिप्ट र इरानमा १७ लाख २९ हजार २८८ नेपाली छन् । जसमा श्रम स्वीकृति नलिई गएका तथा कागजातविहिन भएकाहरूको संख्या जोडिएको छैन । यो संख्या पनि लाखौंमा हुनसक्छ । यदि युद्ध चर्कियो र ती देशहरू प्रत्यक्ष प्रभावमा परे, एकै पटक यति ठूलो…
Read More
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

२० फागुन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन् । केहीबेरदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् । बैठकमा पछिल्लो देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ हुने बताइएको छ ।अन्लाईन खबर बाट साभार
Read More
चुनावले बढायो फेसबुकको व्यापार, विज्ञापनमा क–कसले गरे धेरै खर्च ?

चुनावले बढायो फेसबुकको व्यापार, विज्ञापनमा क–कसले गरे धेरै खर्च ?

काठमाडौँ । निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जाल प्रयोग गर्ने क्रम बढेसँगै फेसबुकले नेपालबाट उल्लेख्य व्यापार गरेको छ । नेपालबाट चुनाव केन्द्रित विज्ञापनस्वरुप हजारौँ डलर खर्च भएको हो । पछिल्लो ३० दिनमा मात्रै फेसबुकमार्फत् ९६० जनाले विज्ञापन गरेका छन् । त्यसमध्ये १०० डलरभन्दा धेरै खर्च गर्ने १२२ जनाले मात्रै ५६ हजार ७३९ डलर खर्च गरेको मेटाको एड लाइब्रेरी रिपोर्टमा उल्लेख छ । यो रिपोर्ट जनवरी २९ देखि फेब्रुअरी २७ सम्मको हो । बाँकीले भने १०० डलरभन्दा कम खर्च गरेको रिपोर्टमा उल्लेख छ । यो अवधिमा सबैभन्दा धेरै खर्च ‘माइ भ्वाइस काउन्ट’ले गरेको छ । सो संस्थाले ३,९६० डलर खर्च गरेको मेटाको विवरण छ ।…
Read More
के तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

के तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

काठमाडौँ निर्वाचन आयोगले ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावलीमा नाम भएको मतदान केन्द्रमा मतदाता परिचयपत्र देखाएर भोट हाल्न सकिनेछ। मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिनेछ। उनले मतदातालाई आफ्नो परिचय खुल्ने काजजात लिएर निर्धारित समयमा आफ्नै मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गरे। मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तय गरिएको छ। मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। मतदाताले सम्बन्धित लाइनमा बसेर आफ्नो…
Read More
प्रतिनिधिसभा निर्वाचन २०८२ : आयोगले कसरी गरिरहेको छ ‘मौन अवधि’को अनुगमन ?

प्रतिनिधिसभा निर्वाचन २०८२ : आयोगले कसरी गरिरहेको छ ‘मौन अवधि’को अनुगमन ?

काठमाडौँ : यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार मध्यराति मौन अवधि शुरु भएको छ। मतदान सम्पन्न नभएसम्मका लागि लागू भएको यो अवधिमा कसैले पनि कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन। मौन अवधिको पूर्ण पालना भए/नभएकोबारे निर्वाचन आयोगले विभिन्न ढंगले अनुगमन गरिरहेको छ। आयोगकी सहप्रवक्ता सीता पुन श्रीसका अनुसार आयोग २४सै घण्६ा आचारसंहिता उल्लंघनको अनुगमन गरिरहको छ। कसरी भइरहेको छ मौन अवधिको अनुगमन ? जेनजी विद्रोहपछिको विषम परिस्थितिमा हुन लागेको चुनाव भएकाले अझ शान्ति सुरक्षासँगै निष्पक्ष र स्वस्थ प्रतिस्पर्धाका लागि आयोग लागिपरेको छ। त्यसैका लागि मौन अवधि विपरीत हुन सक्ने कार्य रोक्न अनुगमनलाई थप प्रभावकारी बनाइएको आयोगको भनाइ…
Read More
वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

१९ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्सकसहितको ‘र्‍यापिड रेस्पोन्स टिम’ (आरआरटी) गठन गरेको छ । निर्वाचनका क्रममा हुन सक्ने दुर्घटना, झडप वा अन्य आकस्मिक स्वास्थ्य समस्यालाई तत्काल सम्बोधन गर्न २६ सदस्यीय उच्चस्तरीय टोली तयार पारिएको छ । अस्पतालका अनुसार आकस्मिक विभागका प्रमुख डा. सुरेशप्रसाद नेपालको संयोजकत्वमा गठन गरिएको टोली निर्वाचन अवधिभर ‘हाइ अलर्ट’मा रहनेछ । निर्वाचनका बेला उत्पन्न हुन सक्ने स्वास्थ्य चुनौतीको व्यवस्थापनका लागि विज्ञहरूको टोली तयारी अवस्थामा राखिएको अस्पतालका निर्देशक डा. दिलीप शर्माले बताए । टोलीमा आकस्मिक, शल्यचिकित्सा, मेडिसिनलगायत विभिन्न विभागका विशेषज्ञ चिकित्सक,…
Read More