Skip to main content

धनगढी न्यूज

Year: 2026

हेर्नुस् ०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

हेर्नुस् ०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

१९ फागुन, काठमाडौं । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । सोही अनुसार, सरकारले मंगलबार सार्वजनिक बिदाको सूची राजपत्रमा सार्वजनिक गरेको हो ।अन्लाईन खबर बाट साभार
Read More
एक महिनामै भित्रिए १ लाख ५ हजार पर्यटक

एक महिनामै भित्रिए १ लाख ५ हजार पर्यटक

१९ फागुन, काठमाडौं । फेब्रुअरी २०२६ मा १ लाख ५ हजार ४ सय ४१ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस महिना गत वर्ष सोही अवधिको तुलनामा ११ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् । फेब्रुअरी २०२५ मा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका थिए । गत वर्षको तुलनामा यस वर्ष ८.८ प्रतिशत पर्यटक बढेका हुन् । २०१९ को तुलनामा समेत आगमनमा सुधार भएको छ । त्यस वर्ष १ लाख २ हजार ४ सय २३ पर्यटक आएको बोर्डको तथ्यांक छ । नेपाल आगमनमा सुधार आउनुमा भारतीय पर्यटक आगमनमा…
Read More
मतदाता गाउँ फर्किँदा धनकुटा बजार सुनसान

मतदाता गाउँ फर्किँदा धनकुटा बजार सुनसान

धनकुटाः केही दिन अघिसम्म निकै भिडभाड र चहलपहल देखिएको धनकुटा बजार अहिले सुनसान बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा बजारमा बसोबास गर्ने राजनीतिक दलका नेताकार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि गाउँ फर्किएपछि बजार सुनसान बनेको हो। जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ। अधिकांश विद्यार्थी अन्य जिल्ला तथा गाउँबाट अध्ययनका लागि धनकुटा बजारमा बस्दै आउने गरेका छन्। त्यस्तै, अन्य जिल्लाबाट व्यापार–व्यवसाय गर्न आएका व्यापारी र रोजगारीका सिलसिलामा आएका कर्मचारीसमेत सदरमुकाममै बसोबास गर्ने गर्दछन्। मतदानको दिन नजिकिएसँगै मतदाता गाउँ फर्किदा धनकुटामा सोमबारको फागुको रौनकसमेत देखिएन। निर्वाचनसँगै बजार क्षेत्रमा बस्दैआएका प्रायः सबैजसो गाउँ फर्किएका छन्…
Read More
मौन अवधि सुरु, प्रचार बन्द

मौन अवधि सुरु, प्रचार बन्द

काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि बिहीबार हुने निर्वाचनका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ। Set featured image निर्वाचन आचारसंहिताअनुसार मतदानको दिन सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म कायम हुने मौन अवधिमा प्रचार, भाषण, भेला, छलफल, समीक्षा लगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन। मौन अवधिमा मत माग्न, सामाजिक सञ्जालमा पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ। यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरेको भेटिए उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने गरी कारबाही हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। मतदानको समयमा…
Read More
खोटाङमा मतगणना स्थल तयार, लगाइयो तारजाली

खोटाङमा मतगणना स्थल तयार, लगाइयो तारजाली

१९ फागुन, खोटाङ । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले मतगणना स्थल तयार पारेको हो । जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अदालतकै तीन वटा कोठामा मतगणना स्थल तयार पारेको सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले जानकारी दिए । उनका अनुसार अदालतका तीन कोठामध्ये एक कोठामा मतपेटिका भण्डारण गर्ने र दुई वटा कोठामा मत गणना हुने छ । मत गणना हुने कोठामा तारजालीको बार लगाइएको छ । तारजालीको पार्टेसन गरेर कर्मचारी भित्र–बाहिर गर्न मिल्ने ढोका बनाइएको छ । फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ…
Read More
१९ फागुन, काठमाडौं । नेपालको संसदीय इतिहासमा आठवटा निर्वाचनहरू सम्पन्न भइसकेका छन् । पहिलो आमनिर्वाचन (२०१५) देखि दोस्रो संघीय प्रतिनिधि सभा निर्वाचन (२०७९) सम्म आइपुग्दा नेपालमा आठ पटक संसदीय निर्वाचन सम्पन्न भइसकेको छ । पहिलो पटक २०५६ मा मतदाता परिचय पत्र लागू गरिएको थियो । नेपालको संसदीय निर्वाचन इतिहासमा यो वैज्ञानिक व्यवस्थाको विशेष महत्व छ । यही निर्वाचनलाई संसदीय इतिहासको ‘हिंसाको छायामा भएको निर्वाचन’ का रूपमा पनि चिनिन्छ । तत्कालीन विद्रोही नेकपा (माओवादी) को सशक्त बहिष्कारकाबीच सम्पन्न यो निर्वाचनमा आमनागरिकहरू सशस्त्र युद्धमा होमिएको माओवादी र सरकारबीच जारी द्वन्द्वको डर र त्रासमा मतदान गरेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा कुनै…
Read More
रुकुमपूर्वका मतदानस्थलमा निर्वाचन सामग्री पुर्‍याउन महाभारत

रुकुमपूर्वका मतदानस्थलमा निर्वाचन सामग्री पुर्‍याउन महाभारत

१९ फागुन, रोल्पा । भौगोलिक विकटताका कारण रुकुममा निर्वाचन गराउन सहज छैन । नेकपाका संयोजक प्रचण्डसहित ११ जना उम्मेदवार रहेको रुकुममा कर्मचारीहरु दु:खका साथ मतदानस्थलमा पुगेका छन्। सदरमुकाम रुकुमकोटबाट मतदान केन्द्रसम्म मतपेटिका र निर्वाचन सामग्री पुर्‍यान निकै मुस्किल छ । ​जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका-२ पेल्मास्थित मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मीले दुई दिनको कठिन यात्रा गर्न बाध्य छन् । केही कर्मचारी पुगेपनि निर्वाचन सामग्री र केही कर्मचारी बाटोमै छन् । पहिलो दिन कच्ची सडकबाट सानो गाडी (जीप)को यात्रा गर्न सकिन्छ । दोस्रो दिनको यात्रा झनै कडिन छ र। ‘जीपबाट ओर्लिएपछि सुरु हुन्छ असली परीक्ष’, एक कर्मचारी भन्छन्, ‘दिनभर भीरको बाटो,…
Read More
निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटना, एक जना प्रहरीको मृत्यु

निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटना, एक जना प्रहरीको मृत्यु

रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना भएको छ। सोमबार अपराह्न ४ बजेतिर दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ भने सो गाडीमा सवार ७ जना घाइते भएको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले बताए।उक्त गाडीमा ११ जना सवार रहेको बताइएको छ। उनीहरूमध्ये ३ जना गाडीबाट हाम फालेका थिए। उनका अनुसार मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली  माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको हो। सो दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोर र…
Read More
रामेछाप अपडेट : निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटनामा एक जनाको मृत्यु

रामेछाप अपडेट : निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटनामा एक जनाको मृत्यु

रामेछाप : रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ। जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए। प्रहरी र स्थानीयद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ । थाहा खबर बाट साभार
Read More
सरकारले भन्यो- दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज हुन्छ

सरकारले भन्यो- दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज हुन्छ

काठमाडौँ : सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने बताएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रालयले नियमित अनुगमन प्रक्रियालाई प्रभावकारी तुल्याई अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन नदिने व्यवस्था मिलाउने निर्णय गरेको जनाएको छ। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल आयल निगमले सार्वजनिक बिदाका दिनमा समेत बिक्री डिपो खोल्ने व्यवस्था मिलाउने र यसको अग्रिम जानकारी सम्बन्धित सबैलाई दिने, इण्डियन आयल कर्पोरेसनसँग समन्वय गरी हाल भइरहेको आयात र वितरणलाई थप व्यवस्थित तुल्याउने जनाएको छ। पेट्रोलियम पदार्थका बिक्रेताबाट सवारीसाधनमा भर्नेबाहेक भण्डारण…
Read More