20
Dec
खबर सम्वाददाता :पुष्प राज ओझा आज धनगढी उप महानगरपालिकाको वडा नं. २ बैयावेहडी शिवमन्दिर परिसर वरपर सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । यसैविच सोही कार्यक्रममा उदयमान क्रिकेट खेलाडी शेर मल्ललाई सम्मान पनि गरिएको छ । मल्ल सोही के.आई.सिंह गाउँपालिकाका राष्टिय क्रिकेट खेलाडी समेत हुन् । उनले भर्खरै सम्पन्न नेपाल पिर्मियर लिग (NPL) मा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको स्थानिय अभिभावकको भूमिका निर्वाह गरिरहनुभएका एसपिए कलेजका प्रमुख प्रशासकिय अधिकृत प्रकाश बहादुर बलायरले शेर मल्लले क्रिकेट खेलको माध्यमबाट के.आइ.सिंह गाउँपालिका मात्र नभई सिंगो राष्टको शिर उचो बनाउनेमा आफू विश्वस्त रहेको बताउँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । उक्त कार्यक्रममा…






