धनगढी न्यूज

मधेश प्रदेश

एआई नीति स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

एआई नीति स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौँ । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ।   मन्त्रिपरिषद्को साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यस्तै बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तरगत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने, राससको महाप्रबन्धकमा सन्दीप राईलाई नियुक्त गर्नेसहितका १८ वटा निर्णय भएका छन् ।रातो पाटी बाट साभार
Read More
मधेसमा बजेट कार्यान्वयन : ११ महिनामा जम्मा २२ प्रतिशत खर्च

मधेसमा बजेट कार्यान्वयन : ११ महिनामा जम्मा २२ प्रतिशत खर्च

मधेस सरकारको चालु आर्थिक वर्षको बजेट खर्च गर्नमा कछुवाको गतिमा छ । चालु आर्थिक वर्षको वर्ष ११ महिनामा प्रदेश सरकारले चार भागको एक भागभन्दा पनि कम बजेट रकम खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रयक कार्यालय जनकपुरका अनुसार जेठसम्म मधेस सरकारको कुल बजेटको २२ दशमलव ४७ प्रतिशत रकम मात्रै खर्च हुन सकेको छ । करिब ७८ प्रतिशत बजेट रकम अझ खर्च हुन नसकेको प्रदेश प्रदेश लेखा नियन्त्रयक कार्यालय जनकपुरका प्रवक्ता निरेन्द्रलाल कर्णले बताए । प्रदेश सरकारले अहिलेसम्म चालु र पुँजीगत गरी ९ अर्ब ८६ करोड ११ लाख ३० हजार ३९५ रुपैयाँ खर्च गरेको छ । यसमा पुँजीगततर्फ ४ अर्ब ५५ करोड १९…
Read More
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्दार

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्दार

जनकपुर भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्दार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्दार गरी ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्डिया संस्थाको समन्वयमा उनीहरुलाई उद्दार गरी नेपाल ल्याइएको हो । बिहीबार साँझ नेपाल ल्याइएका उनीहरुलाई दुवै जिल्लाका मानव बेचविखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो । आज जनकपुरधाममा परिवार मिलन कार्यक्रम गरी परिवारको जिम्मा लगाइएको हो…
Read More
छिमेकीको हत्या गरेको आरोपमा सिरहामा एक जना पक्राउ

छिमेकीको हत्या गरेको आरोपमा सिरहामा एक जना पक्राउ

८ साउन, जनकपुरधाम । सिरहामा छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्नमा गाउँपालिका-२ ब्रह्मपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए । बच्चुले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ । ट्याक्टर लिएर खेतमा पुगेका बुधरामलाई बचाइले कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद थियो । घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिरहाको औरही गाउँपालिका-१ दरहैयास्थित नेपाल-भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको…
Read More
गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

३२ जेठ, बारा । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहारबाट मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी गराए ।
Read More

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

३० जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।           पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।
Read More
देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
Read More
सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…
Read More
बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

  बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस…
Read More
नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि जसरी पनि संसदमा ल्याएर छलफल गराउनुपर्ने माग गरेका छन् । उनले आज (सोमबार) प्रधानमन्त्री दाहालको स्पष्टिकरणपछि यस्तो माग गरेका हुन् । ‘यो विधेयक जसरी पनि ल्याउनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले थप प्रश्न गरे, ‘पहिलो अधिवेशनमा यो विधेयक किन दर्ता गर्नु भएन, किन गर्नुभएन त पहिलो अधिवेशनमा ।’ सरकारले विधेयक ल्याउने कुरामा सरकारले बलजफ्ती गरेको उनले आरोप लगाए । अध्यक्ष ओलीले प्रतिपक्षले ‘हामी यो विधेयकमा छलफल गर्छौ भन्दा भन्दै किन संसद्मा नल्याएको’ भन्दै प्रश्न राखेका थिए । ‘हामी प्रतिपक्षले भनिरहेका छौं । लोकतान्त्रिक प्रणाली र मूल्य मान्यता…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×