28
Jul
भैरहवा, रौतहट, कपिलवस्तु र नेपालगन्ज — रूपन्देहीको कोटहीमाई–५ मझगावाँका अलिम पठान बिहानै साइकल चढेर मलको खोजीमा गाउँ चहार्छन् । स्थानीय सहकारीमा मल नभएको जवाफ पाएपछि भारतीय मलको खोजीमा सीमा क्षेत्रतर्फ जान्छन् । कहिलेकाहीँ गाउँमा ल्याइएको भारतीय मल खरिद गर्छन् । पठानले १० कट्ठामा धान रोपेका छन् । अहिले मल छर्ने बेला हो, मल नछरे बाला राम्रो लाग्दैन । भारतबाट मल किन्दा महँगो पर्छ । पठानका अनुसार गाउँमा सहुलियतको युरिया प्रतिबोराको ९ सय रुपैयाँ पर्छ । भारतबाट ल्याउँदा एउटै बोराको १ हजार ५ सय रुपैयाँ पर्छ । ‘सीमा वारिपारिका सुरक्षाकर्मीलाई चिया खर्च दिनुपर्छ,’ उनले भने, ‘त्यसमा २/३ सय रुपैयाँ खर्च हुन्छ ।’ भारतबाट डीएपी मल ल्याउँदा प्रतिबोरा २ हजार ७…






