Skip to main content

धनगढी न्यूज

आजको तस्वीर

नवरात्रि : आश्विन शुक्ल तृतीयाको पूजाविधि

नवरात्रि : आश्विन शुक्ल तृतीयाको पूजाविधि

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।। आज हामी नवरात्रिको तेस्रो दिन अर्थात् आश्विन शुक्ल तृतीयाको पूजाविधि सम्बन्धमा चर्चा गर्नेछौँ । सर्वप्रथम कुरा गरौँ, तिथि र मितिबारे । २०८१ आश्विन महिनाको १९ गते तृतीया तिथि परेको छ । यस दिन सदाजस्तै बिहान ब्रह्म मुहूर्तमा उठेर स्नान गर्नुपर्छ । स्नानपश्चात् शुद्ध र पवित्र वस्तुहरू धारण गरेर पूजाकोठामा प्रवेश गर्नुहोस् । शुद्ध पवित्र आसनमा बस्नुहोस् । आफ्ना अगाडि एक भाग सामान्य पूजासामग्री, पञ्चपात्र, आचमनी, कर्मपात्र, पञ्चामृत, फूलहरू, मालाहरू, चढाउने नैवेद्य लगायत सबै सामग्री तयार पारेर राख्नुहोस् । पूजा गर्दा निम्न मन्त्र भनेर तीनपटक आचमन…
Read More
बाढीपहिरो प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

बाढीपहिरो प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

काठमाडौँ : भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको शुक्रबारको बैठकले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ। प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले बाढी र पहिरोबाट बढी प्रभावित भएका पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरी काम गर्नुपर्ने गरी  सिफारिस भएको जानकारी दिए। अबको मन्त्रिपरिषद्ले उक्त घोषणा गर्ने तयारी गरेको छ। पछिल्लो विपद्‍बाट २४२ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्। अर्बौँको भौतिक सम्पत्ति क्षति भएको छ।थाहाखबर बाट सभार
Read More
धनगढीको केजिष्ट होटेल म्यानेजमेन्टद्वारा टोल सरसफाइ

धनगढीको केजिष्ट होटेल म्यानेजमेन्टद्वारा टोल सरसफाइ

धनगढी । धनगढीको केजिष्ट होटेल म्यानेजमेन्ट इन्स्टिच्युटले टोल सरसफाइ गरेको छ । बुधवार 'हाम्रो रहर सफा सहर'को नारा सहित केजिष्टमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूले आफ्नो क्षत्र भित्रको टोल सरसफाइ गरेका हुन् । शिक्षक र विद्यार्थी सहित केजिष्टको परिवार प्रत्यक्ष सडकमा उत्रिएर आफ्नो आँगन एस.पी.ए मार्ग देखी बैयाहबेहेडी चोक, ब्रेडबक्स २, रुबस होटेल रोड र बस पार्क सम्म सरसफाइ गरेको छ । सरसफाइ कार्यक्रममा उपस्थित विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै आरती विश्वकर्मा र सुशील बोगटीले आफूहरू उपमहानगरको अभियानमा समर्थन जनाउँदै सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउँदै आगामी दिनमा घर परिवार र आफू भन्दा ससाना भाइ बहिनीहरू लाई सरसफाइको महत्त्व बारे बुझाउन थप…
Read More
राज्य व्यवस्था समितिमा गृहमन्त्रीमाथि प्रश्नैप्रश्न

राज्य व्यवस्था समितिमा गृहमन्त्रीमाथि प्रश्नैप्रश्न

१५ असोज, काठमाडौं । सरकारले समयमै ध्यान नदिँदा बाढी, पहिरो र डुवानका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गत शनिबारको बाढी पहिरो र डुवानको समस्यामा सरकारको कामबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । बैठकमा रक्षामन्त्री मानवीर राईलाई पनि बोलाइएको थियो । तर, अधिकांश सांसदले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले विपदका बेला पनि सरकारले नियमित समयमा भन्दा बढी काम नगरेको आरोप लगाए । गृहमन्त्री लेखकले स्रोत साधनले भ्याएसम्म काम गरेको बताएपछि उनले…
Read More
मुग्लिन-काठमाडौं सडक पाँच घण्टापछि खुल्यो

मुग्लिन-काठमाडौं सडक पाँच घण्टापछि खुल्यो

धादिङ : सुख्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग करिब पाँच घण्टापछि एकातर्फी खुलेको छ। पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ मा पर्ने परेवा भिरमा खसेको पहिरोका कारण सोमबार साँझ करिब साढे सात बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। जसले गर्दा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागी आएका सयौँ सवारीका साधनहरूमा यात्रा गर्ने हजारौँ यात्रु सडकमा नै रोकिएको थियो। इलाका प्रहरी कार्यालय गजुरीसहितको टोलीले गजुरी गाउँलेकाको जेसिभी डोजरको सहयोगमा पाँच घण्टा पछि सडक एकातर्फ खुलाउन सफल भएको हो। पर्व नजिकिँदै गर्दा राजमार्गमा सवारी चाप बढेको छ तर बिग्रिएको सडकमा यात्रा गर्न निकै जोखिम भएकोले थप समस्या आएको छ। इलाका प्रहरी गजुरीका प्रमुख…
Read More
ज्यानको बाजी लगाएर हिँडेकाहरु

ज्यानको बाजी लगाएर हिँडेकाहरु

१४ असोज, काभ्रे । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण सयौं यात्रु बीपी राजमार्गमा अलपत्र परे । शनिबारसम्म कुर्दा पनि गाडी अगाडि बढेन, बरु पहिरो र रोशी खोलामा आएको बाढीले न अगाडि बढ्न सक्ने अवस्था रह्यो, न फर्किन सके । रोशी खोलामा आएको बाढीले पनौतीदेखि कुशेश्वर दुम्जासम्म ठूलो क्षति भएको छ । नदी किनार आसपासमा बसेका बस्तीहरु बगाएको छ । बीपी राजमार्गमा ठूलो क्षति भएको छ । काभ्रे भञ्ज्याङदेखि भकुन्डेसम्म घुम्तिबिच्छे पहिरो खसेको छ, रुख लडेको छ । सोमबार डोजरको सहयोगले सडकमाथि थुप्रिएको माटो ढुंगो पन्छाएर भकुन्डेबेसीसम्म एकतर्फी रुपमा सडक खुलाइएको छ । तर थुप्रै ठाउँमा सडकमा चिरा परेको छ…
Read More
सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० सय रुपैयाँ कायम भएको हो। आइतबार प्रतितोला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार चाँदी तोलाको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला चाँदी सोही रकममा खरिदबिक्री भएको थियो।अन्नपूर्ण पोस्ट बाट साभार
Read More
डडेल्धुराको अमरगढी किल्लाको बेहाल, तीनै तहका सरकारको बेवास्ता

डडेल्धुराको अमरगढी किल्लाको बेहाल, तीनै तहका सरकारको बेवास्ता

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगामा रहेको ऐतिहासिक अमरगढी किल्लाको बेहाल भएको छ। राष्ट्रिय बिभुती अमरसिंह थापाले निर्माण गरेको किल्लाको संरक्षण तथा मर्मत–सुधारको अभावमा बेहाल भएको हो। बाइसे–चौबिसे राज्य एकीकरणसँगै डोटेली राज्यमा रहेर पश्चिम प्रशासक भएका बडाकाजी अमरसिंह थापाले कुमाउमा रहेको अग्रेजसँग लडाइँ लड्न अमरगढी किल्ला बनाएका हुन्। समुद्री सतहबाट किल्लाको उचाइ लगभग ६ हजार पाँच सय फिट छ। बडाकाजी थापाले निर्माण गरेको किल्लामा कलात्मक र ठूलाठूला ढुङ्गा प्रयोग गरिएका छन्। तर, अमरगढी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र सङ्घीय सरकारको बेवास्ताका कारण किल्लाको बेहाल भएको छ।   पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासन…
Read More
पक्राउ गरिए प्रतिवाद गर्ने रवि लामिछानेको चेतावनी

पक्राउ गरिए प्रतिवाद गर्ने रवि लामिछानेको चेतावनी

६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताएका छन् । आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका हुन् । ‘.. ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ । कुनै हालतमा हुन दिदैनौ’, उनले भने । आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सभापति लामिछानेले कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए । ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले…
Read More
धनगढी बस्दै आएकी थापामगरको जबरजस्ती करणीपछि हत्या, २ जना पक्राउ

धनगढी बस्दै आएकी थापामगरको जबरजस्ती करणीपछि हत्या, २ जना पक्राउ

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी बिमा थापामगरको जबरजस्ती करणीपछि हत्या भएको खुलेको छ। डडेल्धुराको अमगरगढी नगरपालिका–२ की थापामगरको सामुदायिक वनमा २०८० मङ्सिर ६ गते शव फेला परेको थियो। धनगढी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएकी ३१ वर्षीया थापामगरको २०८० कात्तिक २९ गते राति लागुऔषध सेवन गर्दै जबरजस्ती करणीपछि हत्या भएको खुलेको हो। कैलाली प्रहरीले घटनाको ११ महिनापछि मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय जनक देउवालाई आइतवार सार्वजनिक गरेको छ। जनक देउवाको घरमा २०८० कात्तिक २९ गते बुधवार राति मुस्कान भन्ने बिमा थापा मगरलाई बोलाएको र धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय संजीव चौधरी र जनक देउवाले…
Read More