Skip to main content

धनगढी न्यूज

धनगढी विशेष

अत्तरियादेखि धनगढीसम्म भोलि वृहत मोटरसाईकल र्‍याली

अत्तरियादेखि धनगढीसम्म भोलि वृहत मोटरसाईकल र्‍याली

अत्तरिया– कैलालीको अत्तरियादेखी धनगढीसम्म वृहत मोटरसाईकल र्‍याली निकालिने भएको छ । भोली (मंगलबार) राष्ट्रवादी युवा समुहले राष्ट्रिय झण्डासहितको वृहत र्‍याली निकाल्ने भएको हो । र्‍यालीको संयोजन गरिरहेका युवा विराज बिष्टले सार्वभौमता, स्वाधिनता र राष्ट्रिय एकता कायम राख्नका लागि र्‍याली आयोजना गर्न लागिएको बताए । त्यसका साथै पछिल्लो केही समययता अन्तरराष्ट्रिय स्तरमा देशको स्वाभिमान घट्दै आएको बेलामा राष्ट्रवादी योद्धाहरु जाग्न जरुरी रहेको सन्देश दिनलाई पनि र्‍याली आयोजना गर्न लागिएको बताए । उनले देशमा घटिरहेका विभिन्न घटनाक्रमहरुका विरुद्ध युवाहरुले आवाज उठाउन जरुरी रहेको समेत बताए । अत्तरिया बसपार्कबाट मंगलबार दिउँसो १२ बजेदेखी धनगढीसम्मका लागि र्‍याली आयोजना हुने बताउदै उनले र्‍यालीमा सहभागी भईदिन सम्पुर्णलाई…
Read More

चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा नियुक्त

कैलालीको धनगढीमा रहेको शिक्षा र संस्कारको सङ्गम, प्रकृति र संस्कृतिको सम्मान, वेद र विज्ञानको संयोजन चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा नियुक्त भएका छन् । करिव ३७ वर्ष लामो समय देखि शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल ओझा आज देखि चैतन्य पाठशालाको प्राचार्यको रुपमा सक्रिय हुनु भएको छ । विद्यालयको बिहानी सत्रमा औपचारिक कार्यक्रमको आयोजना गर्दै वैदिक विधि विधानसहित उहाँलाई प्राचार्यको जिम्मेवारी दिइएको हो । नव नियुक्त प्राचार्यलाई पाठशालाले एक कार्यक्रमका बिच स्वागत गरेको छ । नव नियुक्त प्राचार्य ओझाले पाठशालाको प्राचार्यको जिम्मेवारी पाएको सुखद क्षणमा सम्बोधन गर्दै अहिले चैतन्य पाठशालाको शिक्षा प्रणाली उत्कृष्ट रहेको र आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ…
Read More
धनगढीमा “प्रादेशिक ललितकला प्रदर्शनी” हुने

धनगढीमा “प्रादेशिक ललितकला प्रदर्शनी” हुने

धनगढीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनीमा विभिन्न हस्तकला , चित्रकला , मूर्तिकला तथा लोककला प्रदर्शनी प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ । विशेषगरी सुदूरपश्चिमका कलाकारद्धारा निर्मित तथा सिर्जित कला प्रस्तुत गर्नु यस प्रदर्शनीको उद्देश्य रहेको छ । यही फागुन ८ गतेदेखी १२ गतेसम्म आयोजना गरिने उक्त प्रदर्शनीको यही फागुन ८ गते दिउँसो १ बजेदेखि समुद्घाटन समारोह रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले बताए । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कार्यालय हसनपुर धनगढीमा आयोजना हुने प्रदर्शनीमा दर्शकले हरेक दिन विहान…
Read More
कैलालीमा २ जना मृत फेला

कैलालीमा २ जना मृत फेला

धनगढीः कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन्। जानकी गाउँपालिका–५ को नवलपुर र घोडाघोडी नगरपालिका–१ को लक्ष्मीपुरमा सोमवार दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा डडेल्धुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत फेला परेको जानकारी दिए। उनकाअनुसार कामीको शव दिउँसो ४ बजेतिर भेटिएको हो। उनी मृत भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको छ। यस्तै, जानकी गाउँपालिका–१ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया मृत भेटिएको डीएसपी बोहराले बताए। उनी दिउँसो ३ बजे आफ्नै घरमा खटियामा मृत भेटिएका हुन्। प्रहरीले कठरीयाको शव परीक्षणका लागि टीकापुर…
Read More
गेटामा अन्योल : सुदूरपश्चिम सरकारद्वारा सेती प्रादेशिक अस्पताललाई गाभ्ने प्रस्ताव

गेटामा अन्योल : सुदूरपश्चिम सरकारद्वारा सेती प्रादेशिक अस्पताललाई गाभ्ने प्रस्ताव

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई गेटामा गाभ्ने प्रस्ताव अघि सारेको छ। गेटाको भौतिक संरचना जीर्ण बन्दै गएपछि सरकारले उपयोगको उद्देश्यसहित सेतीलाई गाभ्ने प्रस्ताव अघि बढाएको जनाएको छ। अर्बौँका संरचना खेर जान दिनुभन्दा सेती प्रादेशिक अस्पताललाई नै गाभेर भए पनि बिरामीलाई सेवा दिने उद्देश्यले संघीय सरकारलाई प्रस्ताव पत्र पठाइएको सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काले जानकारी दिए। विश्वविद्यालय विधेयक अघि नबढ्ने र सञ्चालनमा आएको अस्पतालमा उपकरण, सेवा सुविधा नभएपछि गेटामा अहिले बिरामी पनि नआउने अवस्था छ। सुदूरपश्चिम प्रदेश सरकारले गत कात्तिक ८ मा संघीय सरकारलाई उक्त प्रस्ताव पत्र पठाएको थियो। त्यसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सहमति जनाइसकेको छ। हाल…
Read More
‘सुदूरपश्चिम सिङ्गिङ’ स्टारको उपाधि समिर परियारलाई

‘सुदूरपश्चिम सिङ्गिङ’ स्टारको उपाधि समिर परियारलाई

अछाम चौरपाटी गाउँपालिका-५ लुङ्ग्राका समिर २५१ जनालाई उछिन्दै चर्चित गायन ‘रियालिटि शो’ “सुदूरपश्चिम सिङ्गिङ स्टार”  बनेका हुन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा असोज १२ गतेदेखी ‘रियालिटि शो’ संचालनमा आएको थियो । ड्रिम्स इन्टरटेनमेन्ट प्रिजेन्टले आयोजना गरेको सिङ्गिङ एन्ड डान्सिङ स्टारको प्रतियोगिताको गायन तर्फ समीरले सेमिफाइनल पार गर्दै फाइनल राउन्डमा पुगेका थिए । आधुनिक,लोक,पप सबै जनराका गीत गाउन सक्ने भर्सटायल आवाज भएका समिर पछिल्लो युवा पुस्ताका चर्चित गायक हुन् । विभिन्न मेला महोत्सवमा व्यस्त उनि विगत केही बर्षदेखी धनगढीमा सांगितिक क्षेत्रमा संघर्ष गरिरहेका छ्न् । धनगढीमा विभिन्न दोहोरी साझहरुमा लाईभ म्यूजिक गायनमा समेत उनको अनुभव रहेको छ । उनले फाइनल…
Read More
धनगढीको फूलबारीमा गौशाला उद्घाटन, १५० पशुकाे व्यवस्थापन गरिने

धनगढीको फूलबारीमा गौशाला उद्घाटन, १५० पशुकाे व्यवस्थापन गरिने

धनगढी : कैलालीस्थित धनगढीको फूलबारीमा गौशालाको उद्घाटन गरिएको छ। धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा निर्माण गरिएको गौशालाको उद्घाटन गरिएको हो। एक करोड २० लाख बढीमा निर्माण गरिएका गौशालाका संरचनाहरू प्रदेश सभा सदस्य धर्मराज पाठकले आइतवार उद्घाटन गरेका हुन। धनगढी उपमहानगरपालिका–१६ रामपुर र १८ फूलबारीमा गौशाला निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। धनगढी उपमहानगरपालिकाको एक करोड २० लाख ९ हजार ६ सय ५५ रुपैयाँ आन्तरिक स्रोतबाट फूलबारीमा गौशाला निर्माणको काम भएको हो। फूलबारीमा गौशालाको २ वटा ट्रस निर्माणको काम उपभोक्ता समितिले गरेको छ। ६० लाख ८९ हजार पाँच सय ९६ रुपैयाँमा २ वटा ट्रस निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिकाले ४९ लाख ९१ हजार नौ सय…
Read More
गौरीगंगा फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि हुने

गौरीगंगा फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि हुने

धनगढी : कैलालीमा गौरीगंगा फुटबल प्रतियोगिता फागुन ७ गतेबाट हुने भएको छ। जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि सञ्चालन हुने भएको हो। गौरीगंगा–११ स्पोर्टस क्लबले धनगढीमा पक्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका विषयमा जानजकारी दिएको छ। क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्, गौरीगंगा नगरपालिकाको सहयोग राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ। उपविजेताले दुई लाख पचास हजार नगदसहित ट्रफी मेडल पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्ट रक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार…
Read More
शिक्षाविद् डा. पन्तलाई नागरिक अभिनन्दन

शिक्षाविद् डा. पन्तलाई नागरिक अभिनन्दन

शिक्षाविद् डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै पन्तलाई नागरिक अभिनन्दन गरिएको हो । धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज (बुधबार) धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरिएको थियो । नगरप्रमुख गोपाल हमालले माला, खादा र सम्मानपत्रसहित पन्तलाई अभिनन्दन गरेका थिए । नगरप्रमुख हमालले शिक्षा विद् हमालले २०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बताए । धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पन्तलाई नागरिक अभिनन्दन गरिएको हो ।…
Read More
धनगढीको जाखोर तालमा चरा अवलोकन

धनगढीको जाखोर तालमा चरा अवलोकन

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको काखमा रहेको जाखोर ताल यतिखेर चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–७, देवहरिया वनस्पति उद्यानमा रहेको यो तालमा विभिन्न प्रजातिका रैथाने र आगन्तुक जलपन्छीको उपस्थितिले जाखोर ताल चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनेको हो। देहरिया वनस्पति उद्यानमा १२.५ हेक्टर क्षेत्रफलमा फैलिएको जाखोर तालमा हरिहाँस, नकटा, सिलसिले हाँस, बगाले सिम कुखुरा, लामऔँले, कुर्मा, कर्रा साउँरी, जलेवा, बकुल्लालगायत विभिन्न प्रजातिका जलपन्छी देखिने गरेका छन्। चरा अवलोकनका लागि विभिन्न ठाउँबाट चराप्रेमी जाखोर ताल पुग्ने गरेका छन्। धनगढी बजारनजिकै रहेको जाखोर तालमा यस वर्ष १७ प्रजातिका जलपन्छी अभिलेख भएको चराविद् एवं अनुसन्धानकर्मी हिरूलाल डङ्गौराले जानकारी दिए।…
Read More