Skip to main content

धनगढी न्यूज

धनगढी विशेष

धनगढीस्थित एशियन व्यवस्थापन कलेजको स्वागत कार्यक्रम बर्दियामा सम्पन्न

धनगढीस्थित एशियन व्यवस्थापन कलेजको स्वागत कार्यक्रम बर्दियामा सम्पन्न

धनगढीमा अवस्थित एशियन व्यवस्थापन कलेजले पुष२८ गते नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम बर्दियामा सफलतापूर्वक सम्पन्न गरेको छ। कलेज व्यवस्थापन, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम संयोजक राम सिंह साउद ज्यूले स्वागत कार्यक्रमको उद्देश्य नयाँ विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम–कानुन तथा गतिविधिबारे जानकारी गराउनु रहेको बताउनुभएको छ। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास र कलेजप्रतिको अपनत्व बढाउन सहयोग पुग्ने गर्दछ। कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा परिचयात्मक सत्रसमेत समावेश गरिएको थियो। कलेज प्रशासनले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा प्रेरणामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।
Read More
थारु समुदायमा माघी पर्व आजबाट सुरु

थारु समुदायमा माघी पर्व आजबाट सुरु

धनगढीः थारु समुदायमा आजबाट माघी पर्व सुरु भएको छ। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका थारू बस्तीलाई यतिबेला माघी पर्वको रौनकले छपक्कै छोएको छ। हरेक वर्ष आउने थारू समुदायको प्रमुख पर्व माघी इतिहास परापूर्वकालदेखि मनाउदै आईरहेको थारू अगुवाहरुको भनाइ छ। पुस अन्तिम दिन आज जिता मारेसँगै (सुङ्गुर काट्ने) सुरुहुने पर्व तीन दिनसम्म धुमधामसँग थारु समुदायले मनाउने गर्छन्। माघी थारू समुदायको प्रमुख चाड मात्रै नभएर नयाँ वर्षका रुपमा समेत विविध रुपमा मनाउने गरिएको छ। भोलि माघ १ गतेबाट थारु सम्वत २६४९ सुरु हुने कैलालीको गोदावरी नगरपालिका-८ फकलपुरका थारु अगुवा तथा अभियान्ता माधब थारुले बताए। थारू समुदायका गाउँबस्तीमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकमा रमेका…
Read More
एस.पी.ए. कलेज नेपालका उत्कृष्ट १० होटल म्यानेजमेन्ट कलेजमध्ये सूचीकृत

एस.पी.ए. कलेज नेपालका उत्कृष्ट १० होटल म्यानेजमेन्ट कलेजमध्ये सूचीकृत

धनगढी — सुदूरपश्चिमाञ्चल क्याम्पस (एस.पी.ए. कलेज) सन् २०२५ का लागि Asia Education Review द्वारा नेपालका उत्कृष्ट १० होटल म्यानेजमेन्ट कलेजमध्ये एकका रूपमा सम्मानित भएको छ। यस उपलब्धिलाई सुदूरपश्चिम प्रदेशको उच्च शिक्षाको क्षेत्रमा एक महत्वपूर्ण कोशेढुंगा मानिएको छ। एस.पी.ए. कलेज सुदूरपश्चिम प्रदेशमै त्रिभुवन विश्वविद्यालय अन्तर्गत Bachelor of Hotel Management (BHM) कार्यक्रम सञ्चालन गर्ने एकमात्र शैक्षिक संस्था हो। नेपालकै सबैभन्दा पुरानो र ठूलो राष्ट्रिय विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयसँग आबद्ध यो कलेजको यो मान्यताले कलेजको शैक्षिक गुणस्तर, उद्योगमैत्री शिक्षण पद्धति तथा अन्तर्राष्ट्रिय पहुँचलाई थप पुष्टि गरेको छ। Asia Education Review ले एस.पी.ए. कलेजलाई बलियो शैक्षिक संरचना, व्यावहारिक सिकाइमा केन्द्रित शिक्षण प्रणाली तथा दक्ष होटल…
Read More
एसपिए कलेजसँग जोडिएका १७ अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरू, जसमा १४ कलेजकै विद्यार्थी

एसपिए कलेजसँग जोडिएका १७ अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरू, जसमा १४ कलेजकै विद्यार्थी

  शैक्षिक उत्कृष्टता र खेल प्रतिभालाई एउटै धारमा जोड्ने एसपिए कलेजले, आफ्ना विद्यार्थीहरु लाई स्थानीय मैदानबाट अन्तर्राष्ट्रिय रंगशालासम्म पुर्‍याएको छ। City of Cricket धनगढीको पहिचान निर्माणमा कलेजले आफ्नो स्थानबाट पुर्‍याएको योगदानको कुरा होस् अथवा १४ जनाभन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीलाई अध्यापन गराउँदै आएको कुरा होस्, कलेजले नेपाली क्रिकेट जगतमा आफ्नो क्षेत्रबाट राम्रै भूमिका निर्वाह गरेको देखिन्छ। शिक्षा र खेलकुदको अद्वितीय संगम एसपिए कलेजको दर्शन स्पष्ट छ, शिक्षा र खेलकुद अलग होइनन्, दुवै एक अर्काका पूरक हुन्। यही सोचका कारण कलेजले विद्यार्थीलाई किताबी ज्ञानसँगै प्रतिस्पर्धात्मक खेलकुदमा समेत सक्षम बनाउँदै आएको छ। परिणामस्वरूप, यहाँ अध्ययन गरेका तथा अध्ययनरत १४ भन्दा बढी खेलाडीहरूले नेपाललाई…
Read More
स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

धनगढीः कैलालीको गेटामा रहेको सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। मंगलबार शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको दोस्रो बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको हो। शिक्षा मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभाले उपकुलपतिमा प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिष्ट्रारमा डाक्टर खेमराज जोशीलाई नियुक्त गरेको सभाका सदस्य डाक्टर डम्बर पालले बताए। यसअघि विश्वविद्यालयको पहिलो सभाले उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसका आधारमा दोस्रो सभाले उपकुलपति तथा रजिष्ट्रार नियुक्त गरेको हो। सिफारिस समितिले उपकुलपतिका लागि एक जना र रजिष्ट्रार लागि तीन जनाको नाम सिफारिस गरेको थियो। रजिष्ट्रार लागि सिफारिस गरिएको…
Read More
जेन्जी युवा जैनुल सिद्दिकीले गरे सिसीटिभीको बहुराष्ट्रिय ब्रान्ड युएनभीको धनगढीमा नयाँ शोरुम उद्घाटन

जेन्जी युवा जैनुल सिद्दिकीले गरे सिसीटिभीको बहुराष्ट्रिय ब्रान्ड युएनभीको धनगढीमा नयाँ शोरुम उद्घाटन

सिसीटिभी सर्भिलेन्स क्षेत्रमा विशेषज्ञता हासिल गरेको विश्वप्रसिद्ध बहुराष्ट्रिय ब्रान्ड युएनभीले नेपालमा आफ्नो सेवा विस्तार गर्दै धनगढीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक प्ला सेल्स प्रा. लि. को  निरन्तर समर्थन र मार्गदर्शनमा, उक्त शोरूम उग्रतारा टेक्निकल गुड्स सप्लायर्ससँगको साझेदारीमा सुरु गरिएको हो । सोमबार धनगढी रातोपुलमा आयोजित कार्य क्रममा जेन्जी युवा जैनुल सिद्दिकीले एआई प्रविधिको प्रयोगबाट  दियो बालेर शोरूमको औपचारिक उदुघाटन गरे ।उक्त कार्यक्रममा युएनभि नेपाल का सेल्स डाइरेक्टर सर्दक अधिकारी , प्लाजा सेल्स मेनेजिंग डाइरेक्टर अभिनास बन्सल तथा विभिन्न आइटी ब्यबसायी र पत्रकार ज्यु हरुको उपस्थिति थियो । नेपालमा पनि युएनभि ले आफ्नो विश्वसनीयता र गुणस्तर…
Read More
हिमशिखर सहकारीको १७औँ वार्षिक साधारण सभा

हिमशिखर सहकारीको १७औँ वार्षिक साधारण सभा

हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औँ साधारण सभा उद्घाटनसत्र आज सम्पन्न भएको छ । विभिन्न सरोकालाहरुको सहभागितामा उक्त साधारणसभा सम्पन्न गरिएको हो । साधारण सभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए । संस्थाका हाल धनगढी उप महानगरपालिका , गोदावरी न.पा. , गौरीगंगा न.पा. र कैलारी गा.पा. कार्यक्षेत्र रहेको समेत जानकारी गराइएको छ । संस्थाले कैलारी गाँउपालिकाको विसनपुरमा आफ्नै १२ कठ्ठा जमिनमा विउ प्रशोधन केन्द्र संचालनमा ल्याउने तयारीमा समेत रहेको व्यवस्थापकद्धारा प्रस्तुत वित्तिय विवरणमा जानकारी गराइयो । संस्थाका व्यवस्थापक महेन्द्र शाहिले संक्षिप्त विवरणसहितको प्रतिवेदन पेश गर्दै गत आव.२०८०/०८१ मा कुल सम्पत्ति ७५ करोड २८ लाख ५३…
Read More
धनगढी उमनपासहित विद्युत प्राधिकरणका उत्कृष्ट १० ग्राहक सम्मानित

धनगढी उमनपासहित विद्युत प्राधिकरणका उत्कृष्ट १० ग्राहक सम्मानित

धनगढीः नेपाल विद्युत प्रधिकरणले सुदूरपश्चिम प्रदेशका उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ। शनिवार प्राधिकरणको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा सबैभन्दा बढी विद्युत खपत गर्ने र नियमित महसुल बुझाउने ग्राहक सम्मानित भएका हुन्। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले धनगढी उपमहानरपालिका सहित उत्कृष्ट १० ग्राहकलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन्।   सम्मानित हुनेमा धनगढी उपमहानगरपालिका, गोदावरी-५ मा रहेको लक्ष्मी कत्था उद्योग प्रालि, आरपी एग्रो ईन्डस्ट्रिज प्रालि, रौराबाबा ग्रामीण विद्युत सहकारी संस्था, भागेश्वर फ्लोर मिल, सेती प्रादेशिक अस्पताल, भाटभटेनी सुपरमार्केट, मल्टी पोलिमर प्रालि र नेपाल टेलिकम रहेका छन्। यी दश वटा ग्राहकले सबैभन्दा बढी विद्युत खपत गरेर सबैभन्दा बढी महसुल तिरेको आधारमा…
Read More

एसपिए कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायरको सह-सचिवमा बढुवा

विगत २३ वर्षदेखि सुदूर पश्चिमाञ्चल क्याम्पसमा कार्यरत प्रकाश बहादुर बलायरको सह-सचिव पदमा बढुवा भएको छ । क्याम्पस व्यवस्थापन समितिको निर्णय अनुसार बलायरलाई उप-सचिव पदबाट सह-सचिव पदमा बढुवा गरिएको जनाइएको छ । यही माघ १ गतेबाट लागु हुने गरि उक्त निर्णय गरिएको हो । आज आयोजित कार्यक्रममा बलायरलाई नियुक्ति पत्रसहित बधाई ज्ञापन गर्दै सुदूर पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख बुद्धराम चौधरीले शैक्षिक तथा प्रशासनिक दक्षताका आधारमा गरिने यस किमिमका बढुवाले शिक्षक तथा कर्मचारीको मनोबलमा थप उर्जाको विकास हुने बताउनु भयो । प्रशासनिक दक्षतामा अब्बल मानिएका बलायरले क्याम्पस व्यवस्थापन समितिले आफ्नो योगदानको कदर गर्दै गरेको यस निर्णयप्रति हृदयदेखि नै आभारी रहेको तथा आगामी…
Read More
स्थानीय सेवा ऐन पहिलो संशोधन विधेयक प्रदेश सभामा टेबल

स्थानीय सेवा ऐन पहिलो संशोधन विधेयक प्रदेश सभामा टेबल

धनगढीः सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) पहिलो संशोधन विधेयक २०८२ प्रदेश सभामा टेबल भएको छ । आज बसेको सभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हीरासिंह सार्कीले संशोधन विधेयक टेबुल गर्नु भएको हो । गत असारमा मात्रै प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन निर्माण गरेको थियो । यसैगरी सार्वजनिक लेखा समितिको तेस्रो वार्षिक प्रतिवेदन २०८२ सभाबाट सर्वसम्मतले स्वीकृत गरिएको छ । समितिको सभापति अक्कलबहादुर रावलको प्रस्तावमा प्रतिवेदनलाई सर्वसम्मतले स्वीकृत गरिएको हो । प्रदेशसभा बैठकमा दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गरिएको थियोे । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य ललिता सुनारले…
Read More