Skip to main content

धनगढी न्यूज

पालिका

अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते

अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते

त्रिवेणी (रुकुमपश्चिम), भदौ  ६ गते । रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ । जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो । अरिङगालको टोकाइबाट घाइते हुनुभएका सिस्ने गाउँपालिका–७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्ने गाउँपालिका–५ स्थित  धौलापैरा जङ्गलमा अरिङगाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउलेलाई अरिङगालले टोकेर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको…
Read More
कैलालीको मोहना, कान्द्रा नदीमा बाढी, सतर्क रहन आग्रह

कैलालीको मोहना, कान्द्रा नदीमा बाढी, सतर्क रहन आग्रह

धनगढीः कैलालीको अधिकांश स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ। कैलालीको मोहना, कान्द्रा लगाएत नदीमा बाढी आएको छ। मङ्गलवार रातिदेखिको वर्षाले मोहना, कुलरिया, कान्द्रा, घुराहा लगायत अन्य सहायक नदीहरूमा आकस्मिक बाढी तथा होचो भू–भागमा डुबानको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले नदी क्षेत्र तथा नदीका कारण डुबान हुने भू–भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ। पूर्वी कैलालीका धेरे स्थानमासमेत वर्षाको पानीका कारण डुबान भएका छन्।
Read More
डोटीमा हँसियाले घाँटी रेटेर एक पुरुषले गरे आफ्नै श्रीमतीको हत्या

डोटीमा हँसियाले घाँटी रेटेर एक पुरुषले गरे आफ्नै श्रीमतीको हत्या

डोटीः डोटीमा एक पुरषले हँसियाले घाँटी रेटेर आफ्नो श्रीमतीको हत्या गरेका छन्। जिल्लाको पूर्विचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी ४५ वर्षीया नरु साउदको हत्या गरेका हुन्। आज (बुधवार) दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले बताए। श्रीमान् श्रीमतीबिचमा भएको विवादले यस्तो घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टराईले बताए। घटनामा संलग्न साउदलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ। लासलाई पोष्ठमार्टमको लागि जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ।
Read More
कैलालीमा पानीको वहाव बढेपछि हुलाकी सडक खण्ड भत्कियो

कैलालीमा पानीको वहाव बढेपछि हुलाकी सडक खण्ड भत्कियो

धनगढीः कैलालीमा वर्षाका कारण पानीको वहाव बढ्दै गएपछि हुलाकी सडक खण्ड भत्किएको छ। जिल्लाको कैलारी गाँउपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडकखण्डमा पानीको वहाव बढेपछि सडकको केही केही भाग भत्किएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। पानीको तहत सडकमाथि पुगेपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो। अहिले ७ वटा सवारी साधन समेत जाममा परेका छन्। सो स्थानमा बिआपि खोनपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गान्धीपराज स्याङताङको कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिएको छ। बस्ती नै डुबानमा अबिरल वर्षाका कारण कटैनि नदीको वहाव बढेपछि कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर वस्तीमा २४ घरधुरी डुबानमा…
Read More
धनगढीको मोहना नदीमा बाढी, सतर्क रहन आग्रह

धनगढीको मोहना नदीमा बाढी, सतर्क रहन आग्रह

धनगढी: कैलालीस्थित धनगढीको मोहना नदीमा बाढी आएको छ। मङ्गलवार रातिदेखिको वर्षाले मोहना नदीमा बाढी आएको हो जल तथा मौसम विज्ञान विभागले कैलालीको मोहना र यसका सहायक नदीहरूमा पानीको बहाउ सतर्कता तह नजिक रहेको बताएको छ। विभागले मोहना नदी क्षेत्र तथा मोहना नदीका कारण डुबान हुनु भू–भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ। पूर्वी कैलालीका धेरे स्थानमासमेत वर्षाको पानीका कारण डुबान भएको छ।
Read More
बुधबार कृष्णको पूजा गर्नुहोस्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल भदौ ५ गते बुधबार तदनुसार सन् २०२४ अगष्ट २१ तारिख । भद्र कृष्ण पक्षको द्वितीया तिथि । रोपाइँ जात्रा । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन…
Read More
कैलालीमा खोलामा डुबेर एक बालिकाको मृत्यु

कैलालीमा खोलामा डुबेर एक बालिकाको मृत्यु

धनगढी – कैलालीमा खोलामा ड डुबेर एक बालिकाको मृत्यु भएको छ। सोमबार घोडाघोडी नगरपालिका–१० आमखोईयाकी ८ वर्षीय कल्पना रोकायको खोलामा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएकी थिइन्। खोजतलास गर्दा सोमवार साँझ खोलामा शव फेला परेको प्रहरीले जनाएको छ ।
Read More
गोदावरी-८ मा तीज महोत्सव हुँदै

गोदावरी-८ मा तीज महोत्सव हुँदै

धनगढीः कैलालीको गोदावरी नगरपालिका-८ मा तीज महोत्सव हुने भएको छ। “कला संस्कृतिको जोगेर्ना हाम्रो चाहना“ भन्ने मुल नाराका साथ वाईएन प्रोडक्सन र ऐजे डान्स स्टुडियोको संयुक्त आयोजनामा गोदावरी नगरपालिका-८ मा स्याउले बजारको बिस्वनाथ शिव मन्दिरको प्राङ्गणमा तीज महोत्सव हुने भएको आयोजकले जनाएको छ। यही भदौ २० र २१ गते आयोजना गरिएको महोत्सवमा विभिन्न कलाकारको बेजोड प्रस्तुती हुने भएको जनाएको छ। साथै स्थानिय कला संस्कृतीको झल्को दिने खुला महिला नृत्य प्रतियोगता गरिएको जनाइएको छ। उत्कृष्ट नृत्य गर्ने महिलालाई विशेष पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।
Read More
गोदावरी धाममा १ महिना सम्म बिशेष पूजाआजाको कार्यक्रम बिर्सर्जन, रुद्री पूजा पनि समापन

गोदावरी धाममा १ महिना सम्म बिशेष पूजाआजाको कार्यक्रम बिर्सर्जन, रुद्री पूजा पनि समापन

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को गोदावरी धाममा धार्मिक महिना साउन महिनाको अबसरमा साउन महिनाको पहिलो दिन देखि लागेको पूजाआजा आज विशेष पूजा आराधनाको कार्यक्रम गरी बिबिधव बिर्सर्जन गरिएको छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने…
Read More
धनगढीमा आस्था मृत्युकाण्ड: नाङ्गो शरीरमा निलडाम, साथी कता ?

धनगढीमा आस्था मृत्युकाण्ड: नाङ्गो शरीरमा निलडाम, साथी कता ?

धनगढी:धनगढीमा मृत अवस्थामा फेला परेकी युवतीको शरीरमा निलडाम रहेको खुलेको छ। पीडित परिवारका आफन्तले मृतकको शरीर नाङ्गै रहेको र निलडाम पनि देखिएको जनाएका छन्। हिजो (आइतबार) धनगढी उपमहानगरपालिका-१ काे चकमेली चाेक नजिकै युवती मृत अवस्थामा फेला परेकी थिइन्। कञ्चनपुरकाे बेलाैरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएकि थिइन्। आफन्तले भने उनको हत्या भएको भनेका छन्। यस्तै उनीहरूले घटनाको दिन उनकी साथी मोनिका कोठामा नरहेको र महेन्द्रनगर जान्छु भन्दै एक दिन अगाडि गएको बताएका  छन्। तिनै साथी फर्किएपछि घटनाको बारेमा जानकारी भएको आफन्तहरुको भनाई छ। अहिले अस्पतालमा राखिएको थापाको शव आफन्तले बुझेका छैनन्।…
Read More