Skip to main content

धनगढी न्यूज

प्रदेश

लेखराज भट्ट नेकपा एमालेको सुदुरपश्चिम इन्चार्ज

लेखराज भट्ट नेकपा एमालेको सुदुरपश्चिम इन्चार्ज

नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज तोकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । जस अनुसार सुदुरपश्चिमको इन्चार्जमा पार्टी सचिब लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । यस अघि भट्ट कर्णाली प्रदेशका इन्चार्ज थिए । यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको हो । कुन प्रदेशमा को ? शेरधन राई – कोशी लीलानाथ श्रेष्ठ – मधेश डा. राजन भट्टराई – बागमती किरण गुरुङ – गण्डकी पद्मा अर्याल – लुम्बिनी गोरखबहादुर बोगटी – कर्णाली लेखनाथ भट्ट – सुदूरपश्चिम
Read More
धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु

धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु

धनगढी- कैलालीको धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको प्रहरीले बताएको हो । धनगढी–८ मै रहेको तौलाहा तालमा डुबेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Read More
कञ्चनपुरमा बाघको आक्रमणमा परी केटीको ज्यान गयो

कञ्चनपुरमा बाघको आक्रमणमा परी केटीको ज्यान गयो

कञ्चनपुरः कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ। जिल्लाको दोधारा चाँदानी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो। उनलाई खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। बुधवार बेलुकी ५ बजे तिर सोही वडाका दीपक पन्तको खेतमा बाघ देखिएको थियो। स्थानीय पन्तका अनुसार वन, नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरी टोलीले ड्रोनको सहायताले खोजी गर्दा समेत उखुबारीमा पसेको बाघ नदेखिएपछि उक्त टोली फिर्ता भएको छ।
Read More
उच्च जोखिममा विमानस्थल र बस्ती

उच्च जोखिममा विमानस्थल र बस्ती

काठमाडौँ, साउन १७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ । त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामङ्गलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो । विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि एक सय मिटर दुरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए त्यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ । हवाई इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनासँगै सो डिपोको स्थापना गरिएको थियो । निगमले हवाई इन्धन डिपोमा सुरक्षाका मापदण्ड अपनाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै बेला गम्भीर…
Read More
केआईसिंह राजमार्ग अवरुद्ध

केआईसिंह राजमार्ग अवरुद्ध

(धनगढी)- डडेल्धुरामा पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । बुधबार जिल्लाको गन्यापधुरा गाउँपालिका-३ पुलाउ खोला, खडाखोला र कोरालखोलामा पहिरो जाँदा डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आलिताल गाउँपालिका-८ सुनखोलामा पहिरो जाँदा बुडर-जोगबुढा भित्रि सडकखण्ड पनि अवरुद्ध भएको छ ।  
Read More
साउन १८ मा मुख्यमन्त्री दिर्घराज सोडारीको विश्वासको मतको प्रक्रिया

साउन १८ मा मुख्यमन्त्री दिर्घराज सोडारीको विश्वासको मतको प्रक्रिया

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दिर्घराज सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन् । सत्तासिन दल नेकपा एमाले गत असार २० गते सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएका हुन् । विश्वासको मतको प्रायोजनको लागि आज उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा सदस्यहरुलाई सूचना पनि सम्प्रेषण गरिसकेको छ । सभामुख भण्डारीले विश्वासको मतको लागि आह्वान हुने बैठकबारे प्रदेशसभा सदस्यहरुलाई सूचना पनि जारी गरिसकेको जानकारी दिए ।
Read More
एक यात्रु शिवराज: श्री एयरमा लफडादेखि हिरासतसम्म

एक यात्रु शिवराज: श्री एयरमा लफडादेखि हिरासतसम्म

धनगढी : काठमाडौं-धनगढी उडानका क्रममा मंगलबार श्री एयरलाइन्सको विमानमा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको भन्दै कैलालीका शिवराज ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले उडानका क्रममा एयरहोस्टेज मात्र नभएर अन्य यात्रुहरू समेत असर पर्ने खालका गतिविधि देखाएको बताइएको छ। त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलान्सको उडान नंम्बर २२५ को जहाज ५० मिनेट ढिलोगरी ४ः५० मा धनगढीका लागि उडेको थियो। उमेरले नाबालक रहेको ओझा गोदावरी नगरपालिका १ का हुन्। उनी १७ वर्षका मात्रै रहेका खुलेको छ। जहाज उडेलगत्तै देखि ओझाले दुई जना एयरहोस्टेज मध्ये एकलाई जिस्काउन थालिसकेका थिए। श्रीएयरलाईन्सका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिटबेल्ट…
Read More
साँफे–मार्तडी सडक अवरुद्ध

साँफे–मार्तडी सडक अवरुद्ध

  बाजुरा: लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ। बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ। एक महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक भने अझै बन्द छ। उक्त सडकमा पर्ने बाउली र अनाइ खोलामा पानीको सतह निरन्तर बढेको तथा बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। यो सडक खुलाउन प्रयास भए तापनि लगातारको वर्षाका कारण सम्भव नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
Read More
बल्खु पुलमुनि पुरुषको शव भेटियो: जलमग्न काठमाडौँ

बल्खु पुलमुनि पुरुषको शव भेटियो: जलमग्न काठमाडौँ

काठमाडौँ, साउन १६ गते । काठमाडौँको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ । बाँके घर भई मृतक सुकुम्वासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो । कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । मृतका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् । मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी-खोला किनारा डुबानमा परेको छ । बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ ।…
Read More
भोजपुरमा बाढी: जलविद्युत् आयोजनाका दुई मजदुर हराए

भोजपुरमा बाढी: जलविद्युत् आयोजनाका दुई मजदुर हराए

भोजपुर — अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् । बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ । प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी…
Read More