04
Aug
सुलीकोट समाचारदाता सुलीकोट, साउन २० गते । गोरखाको बेनी खोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत गरिदिएको छ । गोरखा नगरपालिका–३ र ५ का स्थानीय किसानले लगाएको धान खेत लगातार परेको वर्षाका कारण बाढी आएर रोपोसहित बगाउँदा बगरमा परिणत भएको हो । बेनी खोलामा आएको बाढीले १९ वटा कुलो र दुई सय रोपनी खेत बगायो, स्थानीय किसान खिलबहादुर कुमालले भन्नुभयो, “बेनी खोलाको सयाैँ रोपनीमा रोपिएको खेत पूर्ण रूपमा बगर बनेको छ ।” बेनी खोलामा आएको बाढीले गोरखा नगरपालिकाभित्रका सयौँ किसान मर्कामा परेका छन् । माथिबाट ल्याएको ढुङ्गा, माटो, गेग्य्रान, रुखका हाँगाबिँगा, बालुवा र लेदोले पुरेपछि धेरै नै क्षति भएको छ । उहाँले…






