Skip to main content

धनगढी न्यूज

प्रदेश

कर्णाली पुलबाट हाम फालेर व्यक्ति लापत्ता

कर्णाली पुलबाट हाम फालेर व्यक्ति लापत्ता

धनगढीः कर्णाली पुलबाट हाम फालेर एक जना नदीमा बेपत्ता भएका छन्। आज (शनिवार) लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषले कर्णाली पुलबाट हाम फालेको प्रहरीले जनाएको छ। नदीमा बेपत्ता भएका उनको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।
Read More
अत्तरियामा लागूऔषध सहित एक अभियुक्तको गिरफ्तारी

अत्तरियामा लागूऔषध सहित एक अभियुक्तको गिरफ्तारी

अत्तरिया – कैलालीको अत्तरियाबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन । शनिबार राती गोदावरी नगरपालिका – १ बिजयनगरबाट लागूऔषध चरेश सहित ५० वर्षीय राम बहादुर रोकाया पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले रोकायाले सञ्चालन गरेको होटलबाट लागूऔषध बरामद गरेको थियो । उक्त होटलको काउन्टरको घर्राबाट २६ ग्राम ५७० मिलीग्राम लागूऔषध चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।
Read More
प्रधानमन्त्रीले आज विश्वासको मत लिनुहुँदै

प्रधानमन्त्रीले आज विश्वासको मत लिनुहुँदै

काठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते नै सङ्घीय संसद्मा पत्राचार गरिसक्नुभएको छ । विश्वासको मत हासिल गर्न प्रतिनिधि सभामा उहाँले कम्तीमा १३८ मत पाउनु पर्छ । असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीले सभामा ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । वर्तमान सरकारमा सहभागी दलहरूको अङ्कगणित अनुसार प्रधानमन्त्रीका पक्षमा सहज बहुमत छ । अहिले सरकारमा कांग्रेस र एमालेसहित जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी…
Read More
कैलालीको सुपली खोलामा बगेर एक महिला हराइन्

कैलालीको सुपली खोलामा बगेर एक महिला हराइन्

कैलालीको सुपली खोलामा बगेर एक महिला बेपत्ता भएकी छिन । शुक्रबार मोहन्याल गाउँपालिका – ४ का २५ वर्षीय कल्पना बम खोलामा बगेर बेपत्ता भएकी हुन् । उनी मोहन्याल गाउँपालिका – ५ मा रहेको माईतिघरबाट फर्कने क्रममा वडा नम्बर ४ मा रहेको सुपली खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले कल्पनाको खोजिका लागि इलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिएर खोजतलास भईरहेको जनाएको छ ।
Read More
धनगढीमा मोेटरसाइकल दुर्घना हुँदा एक जना घाइते

धनगढीमा मोेटरसाइकल दुर्घना हुँदा एक जना घाइते

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना भएको छ। धनगढी–८ क्याम्पस चोक पेट्रोल पम्प नजिक शुक्रवार सुदूरपश्चिम प्रदेश ०२००४ प २९८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक २८ वर्षीय नरेन्द्र राना घाइते भएका छन्। घाइते रानाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Read More
चम्पारणको सिमलताल घटनाः भारतमा दुई शव फेला परेका छन्।

चम्पारणको सिमलताल घटनाः भारतमा दुई शव फेला परेका छन्।

सिमलताल बस दुर्घटनामा ६५ जना यात्रुमध्ये दुई जनाको शव भारतको बिहार राज्यको पश्चिम चम्पारणमा फेला परेको छ भनी सशस्त्र प्रहरी बल (एपीएफ) ले जानकारी दिएको छ। एपीएफले अहिलेसम्म फेला परेका २३ शवमध्ये १५ जनाको पहिचान भइसकेको र आठ पुरुष र एक महिलाको शवको अझै पहिचान हुन बाँकी रहेको बताएको छ। एपीएफका उपप्रवक्ता शैलेन्द्र थापाले मृतकका शव चितवन जिल्लाको गोलाघाट, सालबास र सिसबारबाट उद्धार गरिएको र थप शवहरू नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी बाँध क्षेत्रमा फेला परेको जानकारी दिए। उपप्रवक्ता थापाले गत बिहीबार चम्पारण नागाहा स्थित नारायणी नदीमा दुई शव फेला परेको जानकारी दिए। भारतको एसएसबी टोली र नेपालका एपीएफको सीमा…
Read More
विदेश जान सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति

विदेश जान सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति

धनगढीः विदेश जान सुदूरपश्चिमबाट १० हजारभन्दा बढीले श्रमस्वीकृति लिएका छन्। सुदूरपश्चिमबाट विदेश जानेको संख्या वर्षेनि बढ्दो छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जानेमा पुरुषसँगै महिलाको संख्या पनि बढ्न थालेको छ। साथै वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढ्न थालेको छ। यहाँबाट धेरै संख्यामा जाने तीन देशसहित मलेसिया, ओमन, बहराइन, रोमानिया, जोर्डन, जापान, कोरिया, पोल्यान्ड, कंगो, माल्दिभ्स, इन्डोनेसिया, इजरायल र माल्टा छन्। यसका साथै यूएई, कतार, साउदी र माल्टाका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशबाट ९ हजार ४४७ पुरुषले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका छन्। ९ सय ४२ महिलाले समेत वैदेशिक…
Read More
पूर्वपश्चिम रेलमार्गको लागत ६ खर्ब रुपैयाँले वृद्धि, काम चाहिँ ‘जहाँको त्यहीँ’ हुँदा भविष्य ‘सङ्कटमा’

पूर्वपश्चिम रेलमार्गको लागत ६ खर्ब रुपैयाँले वृद्धि, काम चाहिँ ‘जहाँको त्यहीँ’ हुँदा भविष्य ‘सङ्कटमा’

झन्डै पाँच वर्षअघि ९५५ अर्ब रुपैयाँ अनुमान गरिएको पूर्वपश्चिम विद्युतीय रेलमार्गको संशोधित लागत अहिले बढेर १,५०० अर्ब रुपैयाँ पुगे पनि त्यसका लागि भएका काम 'जहाँको त्यहीँ' जस्तो रहेको जानकारहरूले बताएका छन्। पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्मको पुग्ने ९२५ किलोमिटर लामो रेलमार्गका लागि बहुवर्षीय योजना बनाएर बर्सेनि अर्बौँ रुपैयाँ खर्च गर्नुपर्ने बताइन्छ। तर आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले पूर्वपश्चिम रेलमार्ग समेत समेटिने गरी कुल ३ अर्ब ८८ करोड रुपैयाँ छुट्याएको छ। "रेल पूर्वाधार बनाउनु भनेको पैसा नै भएको अवस्थामा समेत समय लाग्ने काम हो, तर पैसा नै नभईकन कसरी काम सुरु गर्ने?" रेल विभागका प्रवक्ता कमलकुमार शाहले बीबीसीसँग भने।…
Read More
विपद्को त्रासदी, उद्धारकर्तासँगै उपकरण अभाव

विपद्को त्रासदी, उद्धारकर्तासँगै उपकरण अभाव

८ वर्षअघि पूर्वगृहमन्त्री माधव घिमिरे त्रिशूलीमै हराए, ३ वर्षअघि महाकालीमा बेपत्ता जयसिंह धामीको अवस्था अझै अज्ञात, खोज तथा उद्धारमा सरकारी प्रयास दयनीय काठमाडौँ — मनसुनजन्य विपत्तिबाट हुने क्षति न्यूनीकरण, त्यसका लागि प्रभावकारी पूर्वतयारी र विपत्तिपछिको खोज तथा उद्धार कार्यमा सरकारी पहल दयनीय देखिएको छ । बाढी, पहिरो, डुबान/कटानजस्ता प्राकृतिक विपत्तिमा मानवीय नियन्त्रण रहँदैन । तर, प्रकोपजन्य विपत्तिले निम्त्याउने सम्भावित क्षति न्यूनीकरण र त्यसका लागि हुनुपर्ने पूर्वतयारीमा सरकारी प्रयास नाजुक देखिएको छ । जसका कारण वर्षैपिच्छे अकल्पनीय रूपमा जनधनको क्षतिका घटना दोहोरिरहेका छन् । पछिल्लो १० वर्षमा मनसुनजन्य विपत्तिले सिर्जित बाढी/पहिरो र डुबानबाट मात्रै कम्तीमा १ हजार ९ सयले अकालमा ज्यान गुमाएका छन् । ४ सय…
Read More
मोहनाको बाढीमा फसेका ५ जनाको उद्धार

मोहनाको बाढीमा फसेका ५ जनाको उद्धार

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित नुक्लिपुरमा बाढीमा फसेका व्यक्तिको उद्धार गरिएको छ। नुक्लिपुरबाट दक्षिण मोहना नदीमा बर्षाको कारण आएको बाढीमा फसेका ४ जना महिला र १ जना पुरुषको शुक्रवार सकुसल उद्धार गरिएको हो। शुक्रवार बिहान घाँस काटन गएका केही उनीहरू मोहना नदीमा आएको बाढीको कारण पारिपट्टी  थुनिएका थिए। सशस्त्र प्रहरी र नगर प्रहरीले बोटबाट उनीहरूको उद्धार गरेको हो। दिनेश खबर बाट साभार  
Read More