Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

स्कुलमा बेहोस भएर ढलेपछि खुल्यो बालिकामाथि बुवाले बलात्कार गरेको घटना

स्कुलमा बेहोस भएर ढलेपछि खुल्यो बालिकामाथि बुवाले बलात्कार गरेको घटना

सरकारी वकिल कार्यालयले काठमाडौंमा एक पुरूषमाथि १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ। सरकारी वकिल कार्यालयले छोरीमाथि बलात्कार गरेको भन्दै ती पुरूषविरूद्ध 'हाडनातामा जबर्जस्ती करणी' मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। १३ वर्षीया बालिका बेहोस भएर स्कुलमा ढलेपछि उपचारका लागि वीर अस्पताल पुर्‍याउँदा उनीमाथि बलात्कार भएको खुलेको सरकारी वकिल कार्यालयले राखेको अभियोग पत्रमा उल्लेख गरिएको छ। सिन्धुपाल्चोक स्थायी घर भएका बालिकाको परिवार काठमाडौं कालिमाटीमा डेरा गरी बस्दै आएका थिए। बालिकाको ३७ वर्षीय बुवा गाडी चलाउँछन्। आमा बिहान-बेलुका चिया बेच्छिन्। बालिकाको एक भाइ छ। १३ वर्षीया बालिका कालिमाटीको एक विद्यालयमा कक्षा-७ मा पढ्छिन्। उनी घरकी जेठी हुन्।…
Read More
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल

चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल

२३ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् । बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताए । ‘म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठने वा नउठने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु–म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको…
Read More
फैसला कार्यान्वयनको दबाबपछि मन्त्री थापासहित १२ जनाले कैद किने

फैसला कार्यान्वयनको दबाबपछि मन्त्री थापासहित १२ जनाले कैद किने

धनगढी:  सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिरबहादुर थापासहित १२ जनाले कैद सट्टा जरिबाना तिरेका छन्। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार उनीहरूले कैद किनेका हुन्। जेल ब्रेकसम्बन्धी मुद्दामा मन्त्री थापासहित २१ जनालाई छ महिना कैद सजाय बाँकी थियो। तीमध्ये १२ जनाले प्रतिदिन ३०० रुपैयाँका दरले जरिबाना तिरेका छन् भने चार जनाको मृत्यु भइसकेको छ। पाँच जनाले अझै कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला अदालत कञ्चनपुरका तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए। “उहाँहरूलाई छ महिनाको कैद भएको थियो,” ओझाले भने, “दिनको तीन सय रुपैयाँका दरले कैदको जरिबाना तिर्न सकिने दफा १५५ को सुविधा छ। सोही अनुसार रकम…
Read More
मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीको निर्देशन- राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस्

मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीको निर्देशन- राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस्

२२ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिकमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छन् । चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब तत्काल पद छोड्न भनेकी हुन् । ‘हामी अहिले फरक परिस्थितिमा छौं । यस अवधिसम्म तपाईंहरूले सरकारमा बसेर राम्रो योगदान गर्नुभयो । तर अब हामी अर्को चरणमा प्रवेश गर्दैछौं । यस्तो अवस्थामा केही साथीहरू राजनीतिमा जान चाहेको, चुनाव लड्न चाहेको प्रस्ट देखिएको छ । त्यसो हुँदा उहाँहरूले राजनीतिमा जाने हो भने तत्काल मार्गप्रशस्त गर्दा राम्रो हुन्छ’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने,’…
Read More
स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

धनगढीः कैलालीको गेटामा रहेको सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। मंगलबार शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको दोस्रो बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको हो। शिक्षा मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभाले उपकुलपतिमा प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिष्ट्रारमा डाक्टर खेमराज जोशीलाई नियुक्त गरेको सभाका सदस्य डाक्टर डम्बर पालले बताए। यसअघि विश्वविद्यालयको पहिलो सभाले उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसका आधारमा दोस्रो सभाले उपकुलपति तथा रजिष्ट्रार नियुक्त गरेको हो। सिफारिस समितिले उपकुलपतिका लागि एक जना र रजिष्ट्रार लागि तीन जनाको नाम सिफारिस गरेको थियो। रजिष्ट्रार लागि सिफारिस गरिएको…
Read More
जेन्जी युवा जैनुल सिद्दिकीले गरे सिसीटिभीको बहुराष्ट्रिय ब्रान्ड युएनभीको धनगढीमा नयाँ शोरुम उद्घाटन

जेन्जी युवा जैनुल सिद्दिकीले गरे सिसीटिभीको बहुराष्ट्रिय ब्रान्ड युएनभीको धनगढीमा नयाँ शोरुम उद्घाटन

सिसीटिभी सर्भिलेन्स क्षेत्रमा विशेषज्ञता हासिल गरेको विश्वप्रसिद्ध बहुराष्ट्रिय ब्रान्ड युएनभीले नेपालमा आफ्नो सेवा विस्तार गर्दै धनगढीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक प्ला सेल्स प्रा. लि. को  निरन्तर समर्थन र मार्गदर्शनमा, उक्त शोरूम उग्रतारा टेक्निकल गुड्स सप्लायर्ससँगको साझेदारीमा सुरु गरिएको हो । सोमबार धनगढी रातोपुलमा आयोजित कार्य क्रममा जेन्जी युवा जैनुल सिद्दिकीले एआई प्रविधिको प्रयोगबाट  दियो बालेर शोरूमको औपचारिक उदुघाटन गरे ।उक्त कार्यक्रममा युएनभि नेपाल का सेल्स डाइरेक्टर सर्दक अधिकारी , प्लाजा सेल्स मेनेजिंग डाइरेक्टर अभिनास बन्सल तथा विभिन्न आइटी ब्यबसायी र पत्रकार ज्यु हरुको उपस्थिति थियो । नेपालमा पनि युएनभि ले आफ्नो विश्वसनीयता र गुणस्तर…
Read More
गण्डकीबाट एमालेका उम्मेदवार सिफारिस: गुन्डा नाइकेदेखि ८ पटक चुनाव लडेकासम्म

गण्डकीबाट एमालेका उम्मेदवार सिफारिस: गुन्डा नाइकेदेखि ८ पटक चुनाव लडेकासम्म

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशबाट उम्मेदवार आकाङ्क्षीको नाम सिफारिस गरेको छ । प्रदेशका सबैजसो क्षेत्रबाट उम्मेदवारका आकाङ्क्षीहरूको नाम सङ्कलन गरेर जिल्ला हुँदै प्रदेशमा पठाइएको छ । केही जिल्लाको छलफल चलिरहेको छ । मनाङको भने छलफलसमेत सुरु भएको छैन । कास्की, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, नवलपुर, बागलुङ, गोरखा, म्याग्दी र मुस्ताङबाट उम्मेदवार आकाङ्क्षीको नाम सङ्कलन गरेर नामहरू माथिल्लो कमिटीमा पठाइएको एमालेले जनाएको छ । सिफारिस सूचीमा पार्टीका शीर्ष नेता, पूर्वमन्त्री, बहालवाला सांसददेखि डन पृष्ठभूमिका नेता पनि छन् । केही क्षेत्रमा सर्वसम्मत एकल नाम सिफारिस हुँदा बागलुङ–१ मा विवाद भएको छ ।…
Read More
राष्ट्रियसभा निर्वाचनमा प्रमुख तीन दलले यसरी गर्दै छन् उम्मेदवार बाँडफाँट

राष्ट्रियसभा निर्वाचनमा प्रमुख तीन दलले यसरी गर्दै छन् उम्मेदवार बाँडफाँट

नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभामा तालमेल गरेर उम्मेदवारी दिने समझदारी गरेका छन्। यो समझदारीलाई अन्तिम रूप दिन सोमबार राति दुई पार्टीका शीर्ष तहका नेता छलफलमा जुट्न लागेको नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। नेता बस्नेतका अनुसार सोमबार बिहान कांग्रेस र एमालेबीच छलफल भएको थियो। त्यस छलफलमा सिट बाँडफाँट गरेर जाने समझदारी भएको उनले बताए। 'राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमाले मिलेर जाने समझदारी यसअघि नै थियो। आधा–आधा सिट (९–९) बाँड्ने सहमति भएको हो। आइतबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँगको भेटपछि मधेसवादी दलसहित सबै पार्टी मिलेर जाऔं भन्ने कुरा भएको छ,' उनले भने, 'टुंगो लागिसकेको छैन। आज बेलुका…
Read More
बैतडीमा दुई भाइ भण्डारी र दुई भाइ चन्द चुनाव लड्ने दौडमा

बैतडीमा दुई भाइ भण्डारी र दुई भाइ चन्द चुनाव लड्ने दौडमा

बैतडी: बैतडीमा दुई भाइ भण्डारी र चन्दबीच चुनावी प्रतिस्पर्धा हुने सम्भावना बढेको छ। बैतडीबाट दामोदर भण्डारी र हरिमोहन भण्डारी तथा चतुरबहादुर चन्द र भुपेन्द्र चन्दले एक-आपसमा चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। नेकपा एमाले बैतडीले आगामी निर्वाचनका लागि निवर्तमान मन्त्री तथा एमाले केन्द्रीय सदस्य दामोदर भण्डारीको एकल सिफारिस गरेको छ। जिल्ला कमिटीको नवौं पूर्ण बैठकले भण्डारीलाई प्रतिनिधी सभा सदस्यको निर्वाचनका लागि सिफारिस गरेको हो। जेन्जी आन्दोलन अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेको भण्डारीले २०७० सालको संविधान सभाको निर्वाचन यता निरन्तर तीनवटा चुनावमा विजय हासिल गरेका उम्मेदवार हुन्। उनलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको एमालेका जिल्ला अध्यक्ष नरेश विकले बताए। जिल्ला…
Read More
चुनावी तालमेलको विषयमा कांग्रेस, एमाले र नेकपा सहमति नजिक

चुनावी तालमेलको विषयमा कांग्रेस, एमाले र नेकपा सहमति नजिक

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेल अन्तिम चरणमा पुगेको छ । जेनजी विद्रोहका कारण सत्ता गुमाएका कांग्रेस र एमालेले राष्ट्रिय सभा निर्वाचन, संसद् पुनर्स्थापना नभए फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल र सहकार्य गर्ने विषयमा निरन्तर छलफलमा छन् । पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी समेत चुनावी तालमेल र सहकार्यको विषयमा सहभागी भएको स्रोतको दाबी छ । कांग्रेस उच्च स्रोतका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई समेत सहभागी गराउने विषयमा लगभग सहमति नजिक पुगेको छ । सोमबार साँझसम्म भागबन्डा टुङ्गो लगाउने गरी…
Read More