10
Sep
केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा बितिसक्दा पनि आन्दोलन गर्ने 'जेन–जी' समूह र सेना तथा राष्ट्रपतिबीच औपचारिक वार्ता शुरू हुन सकेको छैन । प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति पौडेलले 'जेन–जी' लाई वार्तामा आउन आग्रह गर्नुभएको थियो । यस्तै राति सम्बोधन गर्दै सेनापति अशोकराज सिग्देलले पनि वार्ताका लागि आह्वान गर्नुभयो । गएराति नै सेनापतिसँग 'जेन–जी' का प्रतिनिधिले गरेका छलफलमा संलग्न युवाहरूलाई उद्धृत गर्दै बीबीसी नेपाली सेवाले जनाएको छ । तर आफूहरूलाई एक्कासी बोलाएका कारण तयारी नपुगेको र अहिले वार्ता समिति बनाउने र एजेन्डा तयार गर्ने कामका लागि भर्चुअल बैठक भइरहेको उनीहरूले बताएका छन् । अनौपचारिक भेटमा सेनापतिले अबको प्रधानमन्त्रीका बारेमा जिज्ञासा राख्नुभएको भए…






