Skip to main content

धनगढी न्यूज

राजनीति

बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण

बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उहाँको भूमिकाको शपथ गराउनुभयो । मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् । अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा नागरिक…
Read More
निर्मला कुर्मी प्रक्ररण : पांचौ चरणको आन्दोलन सुरु

निर्मला कुर्मी प्रक्ररण : पांचौ चरणको आन्दोलन सुरु

काठमाडौं–  निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमती गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै महिला अधिकारकर्मी र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेका छन्। तीन बुँदे माग राख्दै उनीहरुले शुक्रबारदेखि पांचौ चरणकोआन्दोलन सुरु गरेका हुन्। निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाईयोस, कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याइयोस् र आन्दोलनकारीहरुको सुरक्षाको ग्यारेन्टी गरियोस भन्दै उनीहरूले आन्दोलन पुनः सुरु गरेका हुन्।
Read More
माओवादीमा दाहालमाथि प्रश्नैप्रश्न

माओवादीमा दाहालमाथि प्रश्नैप्रश्न

काठमाडौँ — माओवादी केन्द्रको शुक्रबार सुरु हुने स्थायी समिति र त्यसपछि हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरूबाट दर्जनौं प्रश्न सामना गर्नुपर्ने भएको छ । ३६ वर्षदेखि पार्टीको मुख्य नेतृत्वमा रहेका उनीमाथि सत्ता मोहका कारण पटकपटक गठबन्धन फेरेको, पार्टीमा सामूहिक निर्णय नगरेको, दोस्रो तहका नेताहरूको नेतृत्व विकासका लागि बाटो खुला नगरेको जस्ता प्रश्न उठाउने तयारीमा नेताहरू रहेका छन् । माओवादीको गत साता भएको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले खुलेर धारणा राख्न भनेपछि पदाधिकारीहरूले सत्ताका लागि पटकपटक गठबन्धन फेर्दा सर्वसाधारणमा गलत सन्देश गएको, संगठनले गति लिन नसकेको, नेता तथा कार्यकर्ताको कार्यशैली झन् बिग्रिएको टिप्पणी गरेका थिए । उनीहरूले कांग्रेस–एमालेको गठबन्धन बनेपछि माओवादीलाई संगठन…
Read More
सुदुरपश्चिम प्रदेश सरकारले नयाँ बजेट सदनमै पेश गर्ने

सुदुरपश्चिम प्रदेश सरकारले नयाँ बजेट सदनमै पेश गर्ने

धनगढी: सुदुरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउन लागेको छ । तत्कालिन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट फेल भए सगैं प्रदेशमा बजेट शुन्यता शुरु भएको थियो । साउन १ गतेदेखी प्रदेश सरकारले राजश्व समेत सकंलन गर्न पाएको थिएन । राजश्व सकंलनका लागी प्रदेशको मन्त्रीपरिषद बैठकले कर संकलन सम्बन्धी अध्यादेश पारित गरिसकेको छ । अब केही दिन भित्रे नयाँ बजेट सदनमा पेष गर्ने सरकारको तयारी छ । बिगतको सरकारले ल्याएको बजेट फेल भइसक्यो हामीले तत्कालको समस्या हल गर्न राजश्व सम्बन्धी अध्यादेश पास गरेका छौँ मुख्यमन्त्री कमल बहादुर शाहले भने “अब बजेट शुन्यताको समस्या हल गर्ने गरी चाँडै प्रदेशसभामा बजेट पेस गरेर…
Read More
परराष्ट्र मन्त्रालय: बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ

परराष्ट्र मन्त्रालय: बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ

काठमाडौँ,  नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञिप्तिमार्फत बङ्गलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बङ्गलादेश सबै तनावबाट शान्त र संयमताका साथै लोकतान्त्रिक प्रक्रियाको महत्वमा फर्कने विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले बङ्गलादेशी नागरिक सङ्क्रमणको सुनिश्चित गरी सहज रुपमा शान्ति र स्थिरतातर्फ अग्रसरका लागि सक्षम हुने विश्वाससमेत व्यक्त गरेको छ ।
Read More
नेपाल-बङ्गलादेश ‘कनेक्सन’ : वीपीले दिएको हतियारबाट पाकिस्तानविरुद्ध पहिलो फायर

नेपाल-बङ्गलादेश ‘कनेक्सन’ : वीपीले दिएको हतियारबाट पाकिस्तानविरुद्ध पहिलो फायर

काठमाडौं- बङ्गलादेश दक्षिण एसियाको सबैभन्दा कान्छो मुलुक हो । उत्तर, पूर्व र पश्चिम सीमा भारत र दक्षिणपूर्व सीमा म्यानमारसँग जोडिएको बङ्गलादेश सन् १९७१ मा भारतको सहयोगबाट पाकिस्तानबाट छुट्टिएर स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको थियो । सन् १९४७ मा भारत विभाजनका बेला हालको बङ्गलादेशलाई ‘पूर्वी पाकिस्तान’को नामबाट पाकिस्तानको पूर्वी भाग घोषणा गरिएको थियो । पूर्व र पश्चिम पाकिस्तानबीच झण्डै १६ सय किलोमिटर अर्थात्‌ एक हजार माइलको भौगोलिक दूरी थियो । पाकिस्तानका दुवै भागका जनताको धर्म इस्लाम भए पनि उनीहरूबीच जाति र भाषागत दूरी थियो । पाकिस्तानको तत्कालीन सरकारले गरेको अन्यायविरुद्ध सन् १९७१ मा भारतको सहयोगमा शुरू भएको स्वतन्त्रता आन्दोलनपछि स्वतन्त्र राष्ट्र बङ्गलादेशको…
Read More
“गोदावरीमा पुरुषको शव भेटियो”

“गोदावरीमा पुरुषको शव भेटियो”

अत्तरिया – कैलालीको गोदावरीमा पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोदावरी नगरपालिका – ३ चौकिडाँडामा प्रहरी बिट नजिकै परुषको शव फेला परेको हो । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा थापाले बताएका छन् । उनका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
Read More
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू मूल एजेन्डा रहेका छन् । महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकबाट पारित नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । पार्टीका भ्रातृ  संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुनेछ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको राजनीतिक, साङ्गठनिक र समसामयिक प्रस्ताव प्रस्तुत…
Read More
बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न युनुस तयार

बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न युनुस तयार

ढाका, साउन २२ गते । बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले लामो समयदेखि शासन गर्नुभएकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि मङ्गलबार कामचलाउ सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताउनु भएको छ । प्रधानमन्त्रीबाट अपदस्थ हसिनाको दुश्मनी र लाखौँ बङ्गलादेशीको व्यापक सम्मान आर्जन गर्नुभएका लघुवित्तका अग्रणी ८४ वर्षीय युनुसलाई लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ । “यदि बङ्गलादेशमा मेरो देश र जनताका लागि साहसको कारवाही आवश्यक छ भने म यो लिनेछु ।” विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उहाँले ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गर्नु भएको छ । छयत्तर वर्षीया हसिना सन् २००९ देखि सत्तामा…
Read More
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन । आज नै सपथ लिए लगत्तै पदभार ग्रहण गरेका हुन । सो अबसरमा बोल्दै उनले बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने बताए। ‘गठनको प्रक्रियालाई हेरेपछि यो सरकार तीव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ । विगतमा मन्त्री को हुन्छ ? भन्ने बारेमा टाउको दुखाउनुपर्ने हुन्थ्यो,’ शाहले भने, ‘तर योपटक सबै मन्त्रीज्यूलाई एकैपटक शपथग्रहण गराएका छौं । हामी सचिवज्यूहरूसँग बसेर राजस्व र दैनिक खर्चको निकास एक/दुई दिनमै दिन्छौं ।’ शाहले राजस्व र दैनिक खर्चको विषय व्यवस्थापन भइसकेपछि प्रदेश सभाको बैठक बोलाएर पूर्ण बजेट निर्माणको प्रक्रियालाई…
Read More