Skip to main content

धनगढी न्यूज

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् । बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइनजिक पुग्छ । तर लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुले एकढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन ।
Read More
प्रधानमन्त्री ओलीलाई कतार भ्रमणको निम्तो

प्रधानमन्त्री ओलीलाई कतार भ्रमणको निम्तो

कतारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने एसियन कोअपरेसन डायलग (एसीडी) सम्मेलनमा सहभागी हुन निम्तो दिएको छ । नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले प्रधानमन्त्री ओलीलाई भेट गर्दै कतारका राजाका तर्फबाट निमन्त्रणा दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्दै निमन्त्रणा दिएको हो । एसीडी मञ्चमा नेपालसहित ३५ मुलुक आबद्ध छन् । उक्त मञ्चको १९ औँ मन्त्रीस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि यसको सदस्य भएको हो । प्रधानमन्त्री ओली र कतारी राजदूत अन्सारीबीच भएको भेटमा अवसरमा दुई देशका आपसी हित र सम्बन्धबारे छलफल भएको…
Read More
बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्याको मुद्दा दर्ता

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्याको मुद्दा दर्ता

गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा को एक अदालतले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उहाँको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ । एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भाग्नुभएको थियो र अहिले भारतमै रहनु भएको छ । उहाँको कठोर कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले ढाकाको सडकमा ठूलो विरोध प्रदर्शन गरेका थिए । उहाँको पतनसम्मको अशान्तिका साताहरूमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए । निजी नागरिकका तर्फबाट मुद्दा ल्याउनु भएका वकिल मामुन मियाले भन्नुभयो, “शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।”   उहाँका अनुसार महानगरीय…
Read More
सुदूरपश्चिममा एक उपाध्यक्षसहित चार वडाध्यक्षका लागी उपनिर्वाचन हुँदै

सुदूरपश्चिममा एक उपाध्यक्षसहित चार वडाध्यक्षका लागी उपनिर्वाचन हुँदै

धनगढी: सुदूरपश्चिममा एक गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्षको पद रिक्त छ। निर्वाचन आयोगका अनुसार बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकामा उपाध्यक्षको पद रिक्त छ। बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त छ। निर्वाचन आयोगले मङ्गलवार विज्ञप्ति जारी गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएका पाँचवटा पद रिक्त रहेको जनाएको छ। निर्वाचन आयोगले आगामी मङ्सिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोग पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटेर स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तयारीबारे छलफल गरेका छन् । प्रधानमन्त्रीले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गराउन…
Read More
‘हेलो सरकार’ प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

‘हेलो सरकार’ प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा सोमबार निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीबारे आमजनताले सहजरुपमा गुनासो र उजुुरी दिने व्यवस्था गरिएकाले उक्त संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाएका छन् । ‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’  बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ निरौलाले सङ्घीय निजामती ऐन चाँडो ल्याउनुपर्नेलगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।
Read More
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ-प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा छ । त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन् । यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो…
Read More
घुस दिएर सुदूरपश्चिममा रिसोर्ट र केबलकार बनाउँदै ढकाल

घुस दिएर सुदूरपश्चिममा रिसोर्ट र केबलकार बनाउँदै ढकाल

धनगढी: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिममा केबलकार सहितको रिसोर्ट सञ्चालनमा ल्याउने भएका छन्। ढकालले कैलालीको चिसापानी क्षेत्रमा केबलकार बनाउन लागेका हुन्। त्यसकै सिलसिलामा आज बिहान कैलालीको चिसापानी क्षेत्रको पहाडी भूभागतिर ढकाल ट्रेकिङमा गएका थिए।उनले राजमार्गसँगैको चिसापानीदेखि राजकाँडासम्म उनले लौरो टेकेर यात्रा गरेका थिए। करिब साढे तीन घण्टा लामो ट्रेकिङ गर्दै उनी राजकाँडा पुगेको बताइन्छ। सोही स्थानमा उनी अध्यक्ष रहेको आईएमई ग्रुपले केबलकार र रिसोर्ट निर्माण गरिरहेको छ। जाल्पादेवी केबलकार निर्माणपछि सो क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्धन हुने ढकालको विश्वास छ। तर ढकालले सो क्षेत्रमा आफ्नो योजना लागू गराउन घुस दिनेदेखि शक्तिकेन्द्रलाई खुसामद गराउनेसम्मको हतकन्डा अपनाएको पनि…
Read More
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गरेका छन्

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गरेका छन्

मुख्यमन्त्री शाहले गरे भेटघाट बन्द, भने “भदौ १५ सम्म बधाई दिनपनि नआउनु” कार्य व्यस्तताका कारण उनले भेटघाट बन्द गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । हालै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह विश्वासको मत लिने तयारीमा रहेका छन् शाहको कार्य व्यस्तता रहेकाले बधाइका कार्यक्रमहरु पनि भदौ १५ गतेसम्म बन्द गरिएको उनको सचिवालयले जनाएको छ ।  
Read More
गेटाबाट लागूऔषध सहित एक युवक पक्राउ

गेटाबाट लागूऔषध सहित एक युवक पक्राउ

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर—५ स्थीत गेटाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका १३ बस्ने २६ वर्षीय अनिल राना रहेका छन् । रानालाई हिँडिरहेको अवस्थामा दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले आज दिउँसो पक्राउ गरेको हो । उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । '  
Read More
सत्ताबाट हटेपछि पार्टी पुनर्निर्माणमा तात्दै माओवादी

सत्ताबाट हटेपछि पार्टी पुनर्निर्माणमा तात्दै माओवादी

काठमाडौँ — संघ र सातै प्रदेश सरकारबाट बाहिरिएपछि माओवादी केन्द्र पार्टी पुनर्निर्माणमा तातेको छ । माओवादीले यही साता केन्द्रीय पदाधिकारी, स्थायी समिति बैठक र कोशी प्रदेशस्तरीय भेला एवं प्रशिक्षण गरेको छ । स्थायी समिति बैठकपछि पूर्ण केन्द्रीय समितिको बैठक गर्ने तयारी छ । शुक्रबार सुरु भएको स्थायी समिति बैठकले पार्टीले चलाउने देशव्यापी अभियानको प्रस्ताव तयार गर्नेछ । प्रवक्ता अग्नि सापकोटाका अनुसार उक्त प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेपछि देशव्यापी रूपमा पार्टी संगठन सक्रिय हुनेछ । स्थायी समिति बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहालले पार्टी निर्माणका लागि जनतामा जाने अभियान चलाउनुपर्ने प्रस्ताव राखेका थिए । आफ्नो नेतृत्वको सरकारले सुरु गरेको सुशासन, सामाजिक न्यायका मुद्दा लिएर जनतासमक्ष जाने कार्यक्रम…
Read More