02
Jan
धनगढीः गत आर्थिक वर्षमा प्रदेश सरकारले अधिकांश योजना कोटेसनबाट कार्यान्वयन गरेको प्रदेशसभा सदस्य शिवसिंह ओलीको दाबी छ। उनले काँग्रेस र एमाले निकट ठेकेदारहरूलाई फोन गरेर सरकारले कोटेसनमा अधिकांश साना योजनाको काम गराएको सांसद ओलीको दाबी छ। प्रदेश सभा बैठकमा समेत सुदूरपश्चिम प्रदेश सरकारले उपभोक्ता समितिमार्फत् कार्यान्वयन हुने योजना कार्यान्वयनमा लगएको बन्देजको सांसद ओलीले बिरोध गरेका थिए। उनले सरकारले सर्वोच्चको आदेशकै अवज्ञा गरेको बताएका थिए। जेन्जी विद्रोहपछि सरकारहरुमाथि खर्च घटाउनु पर्ने चौतर्फी दबाब थियो। त्यही जगमा सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्ले असोज १० गते खर्च कटौति गर्न विभिन्न निर्णय गरेको थियो। ती निर्णयहरुमा मुख्य गरी चालु आर्थिक वर्षको बजेटमा विनियोजित पुँजीगत निर्माणतर्फ…






