Skip to main content

धनगढी न्यूज

सुदूरपश्‍चिम प्रदेश

धनगढी एफसी र कैलाली जिल्ला फुटबल संघवीच समझदारी पत्रमा हस्ताक्षर

धनगढी एफसी र कैलाली जिल्ला फुटबल संघवीच समझदारी पत्रमा हस्ताक्षर

धनगढी एफसी युवा एकेडेमीका लागि कैलाली जिल्ला फुटबल संघ सँग आधिकारिक रूपमा समझदारी पत्र(MOU)मा हस्ताक्षर सम्पन्न भएको छ । धनगढी लगायत सिंगो सुदूर पश्चिम प्रदेश क्षेत्रमा युवा फुटबल प्रतिभा फस्टाउनका लागि सहकार्य गरिने गरि एउटा महत्वपूर्ण कदमको सुरुवात भएको आज आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै धनगढी एफसीका अध्यक्ष सुवास शाहीले जानकारी गराए ।"हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा, विशेष गरी नेपाल सुपर लिग (NSL) मार्फत धनगढी एफसी द्वारा खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्नका लागि अवसरहरू प्रदान गर्ने लक्ष्य राख्छौं। "उनले भने । फुटबल जगतमा नव प्रतिभा जन्माउने उद्देश्य राखेको उक्त प्राजेक्टको लक्ष्य १४ वर्ष र सो भन्दा मुनिका युवाहरूको प्रतिभा विकासमा केन्द्रित हुनेछ।…
Read More
डोटीमा एक जना मृत अवस्थामा फेला

डोटीमा एक जना मृत अवस्थामा फेला

डोटीः डोटीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला स्थित पक्कि पुल नजिकै सेती नदीमा घोप्टो अवस्थामा शव फेला परेको हो। शिखर नगपालिका–६ तलकोटका २८ वर्षिय कैलाश लुहार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ।
Read More
धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ८ करोड ६२ लाखमा ठेक्का

धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ८ करोड ६२ लाखमा ठेक्का

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ठेक्का सम्झौता गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले ८ करोड ६२ लाख ५० हजार सात सय नौ रुपैयाँमा उद्यान निर्माणका लागि ठेक्का सम्झौता गरेको हो। नेशनल/पवन जेभीसँग २०८१ असार १७ गते वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणका लागि सम्झौता गरिएको हो। धनगढी पार्कका नाउले परिचित वीरेन्द्र–ऐश्वर्य उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी सौरभ कलौनीले बताए। वीरेन्द्र–ऐश्वर्य उद्यानसँगै धनगढीमा एक हजार दुई सय ५० मिटर सडक समेत निर्माण गर्न सम्झौता भएको हो। निर्माण कम्पनीले २०८३…
Read More
बाढीबाट डेढ हजार परिवार प्रभावित

बाढीबाट डेढ हजार परिवार प्रभावित

धनगढी, भदौ ६ गते । कैलालीमा बाढी डुबानका कारण डेढ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान भएको छ । मोहना, कटैनी, पथरैया, कान्द्रा, घुरहा लगायतका नदीमा आएको बाढीले करिब पाँच सय घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । डुबानबाट एक हजार सात सयभन्दा बढी परिवार प्रभावित भएको उहाँले जानकारी दिनुभयो । प्रभावितमध्ये कैलारी गाउँपालिका –५ बन्दरगौढीको पाँच परिवारका १० जनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । पानी पर्न नरोकिएकाले नदीमा पानीको बहाव बढ्ने क्रम अझ नरोकिएको जिल्ला प्रशासन…
Read More
जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

गोदावरी (कैलाली), भदौ ६  गते ।  चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् ।   कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो । ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।” गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह,…
Read More
कैलालीको मोहना, कान्द्रा नदीमा बाढी, सतर्क रहन आग्रह

कैलालीको मोहना, कान्द्रा नदीमा बाढी, सतर्क रहन आग्रह

धनगढीः कैलालीको अधिकांश स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ। कैलालीको मोहना, कान्द्रा लगाएत नदीमा बाढी आएको छ। मङ्गलवार रातिदेखिको वर्षाले मोहना, कुलरिया, कान्द्रा, घुराहा लगायत अन्य सहायक नदीहरूमा आकस्मिक बाढी तथा होचो भू–भागमा डुबानको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले नदी क्षेत्र तथा नदीका कारण डुबान हुने भू–भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ। पूर्वी कैलालीका धेरे स्थानमासमेत वर्षाको पानीका कारण डुबान भएका छन्।
Read More
डोटीमा हँसियाले घाँटी रेटेर एक पुरुषले गरे आफ्नै श्रीमतीको हत्या

डोटीमा हँसियाले घाँटी रेटेर एक पुरुषले गरे आफ्नै श्रीमतीको हत्या

डोटीः डोटीमा एक पुरषले हँसियाले घाँटी रेटेर आफ्नो श्रीमतीको हत्या गरेका छन्। जिल्लाको पूर्विचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी ४५ वर्षीया नरु साउदको हत्या गरेका हुन्। आज (बुधवार) दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले बताए। श्रीमान् श्रीमतीबिचमा भएको विवादले यस्तो घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टराईले बताए। घटनामा संलग्न साउदलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ। लासलाई पोष्ठमार्टमको लागि जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ।
Read More
कैलालीमा पानीको वहाव बढेपछि हुलाकी सडक खण्ड भत्कियो

कैलालीमा पानीको वहाव बढेपछि हुलाकी सडक खण्ड भत्कियो

धनगढीः कैलालीमा वर्षाका कारण पानीको वहाव बढ्दै गएपछि हुलाकी सडक खण्ड भत्किएको छ। जिल्लाको कैलारी गाँउपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडकखण्डमा पानीको वहाव बढेपछि सडकको केही केही भाग भत्किएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। पानीको तहत सडकमाथि पुगेपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो। अहिले ७ वटा सवारी साधन समेत जाममा परेका छन्। सो स्थानमा बिआपि खोनपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गान्धीपराज स्याङताङको कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिएको छ। बस्ती नै डुबानमा अबिरल वर्षाका कारण कटैनि नदीको वहाव बढेपछि कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर वस्तीमा २४ घरधुरी डुबानमा…
Read More
सुदूरपश्चिमेलीहरुको महान पर्व ‘गौरा’ भदौ १० गते

सुदूरपश्चिमेलीहरुको महान पर्व ‘गौरा’ भदौ १० गते

अत्तरिया : सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही भदाै १० गते सोमवारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमवार जारी विज्ञप्तिमा यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कृष्णपक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ ।’ अठोला पञ्चाङ्गका अनुसार भदौ ८ गते बिरुडा पञ्चमी, ९ गते षष्ठि तिथि, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरा पर्व मनाइनेछ ।   भदौ ११ गतेपछि आ-आफ्नो अनुकूलता अनुरूप गौरा सेलाउने चलन रहेको जनाइएको छ ।  
Read More
धनगढीको मोहना नदीमा बाढी, सतर्क रहन आग्रह

धनगढीको मोहना नदीमा बाढी, सतर्क रहन आग्रह

धनगढी: कैलालीस्थित धनगढीको मोहना नदीमा बाढी आएको छ। मङ्गलवार रातिदेखिको वर्षाले मोहना नदीमा बाढी आएको हो जल तथा मौसम विज्ञान विभागले कैलालीको मोहना र यसका सहायक नदीहरूमा पानीको बहाउ सतर्कता तह नजिक रहेको बताएको छ। विभागले मोहना नदी क्षेत्र तथा मोहना नदीका कारण डुबान हुनु भू–भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ। पूर्वी कैलालीका धेरे स्थानमासमेत वर्षाको पानीका कारण डुबान भएको छ।
Read More