Skip to main content

धनगढी न्यूज

स्थानीय तह विशेष

मृतक युवकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध राजमार्ग खुल्यो

मृतक युवकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध राजमार्ग खुल्यो

डोटीः मृतक युवकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध केआइसिंह राजमार्ग खुलेको छ। मृतकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध गरिएको राजमार्ग सुचारु भएको हो। सोमबार रातिदेखि अवरुद्ध राजमार्ग मंलगबार मध्यान्ह १२ बजेदेखि सूचारु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सन्दिप शाहका अनुसार पीडित परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि राजमार्ग खुलेको हो। जिल्लाको दिपायल–सिलगढी नगरपालिका–१ मा मृतकका आफन्तले सडक अवरुद्ध पारेका थिए। शनिबार शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो। सो जिप भरत सिंहले चलाएका थिए।…
Read More
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्याली

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्याली

रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्यालीमा हजारौंको सहभागिता रहेको थियो । र्यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडीको सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, टोली मालिक स्वतन्त्र प्रताप शाह, ओलम्पियन तथा रोयल्सका ब्रान्ड एम्बेसडर दीपक विष्ट, फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही, लगायत क्यान कार्यसमिति सदस्यहरु, विभिन्न खेलका प्रदेश तथा जिल्ला संघका पदाधिकारी, खेलाडीहरु लगायत ठूलो संख्यामा स्थानीय सहभागिता रहेको थियो । र्यालीमा स्थानीय संस्कृति र…
Read More
अबरुद्ध बैतडी–दार्चुला सडक खण्ड सुचारु

अबरुद्ध बैतडी–दार्चुला सडक खण्ड सुचारु

बैतडीः बैतडी–दार्चुला अवरुद्ध सडकखण्ड सुचारु भएको छ। आइतबार साँझ ६ देखि अवरुद्ध बनेको दशरथचन्द राजमार्ग सोमबार बिहान १० बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार अवरुद्ध सडक सुचारु भएपछि यातायातका साधन गन्तव्यतिर लागेका छन्। बैतडीको पाटन नगरपालिका–४ को जेउडेमा मोड सुधारको क्रममा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। बिहान ५ बजेदेखि ३ वटा स्काभेटर प्रयोग गरेर १० बजेबाट सडक खुलाइएको हो। अहिले दुवै जिल्लाबाट छुटेका छोटो तथा लामो दुरीका सवारीसाधन चल्न थालेका छन्। दशरथचन्द राजमार्गस्थित जेउडेमा मोड सुधारका लागि कटिङ भइरहेको समयमा आइतबार साँझ ६ बजे माथिबाट पहिरो खसेको…
Read More
सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

धनगढीः सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ। यहि मंसिर २२ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगाएत महोत्सव आयोजक टीमले आइतवार निमन्त्रणा गरेका हुन्। प्रधानमन्त्री लगाएत अर्थ मन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई निमन्त्रणा गरेको आयोजक टीमले जनाएको छ। दिनेश खबर बाट शाभार
Read More
सुदूरपश्चिम रोयल्सको धनगढीमा आइतबार टाइलेण्ट हण्ट र सोमबार र्‍याली

सुदूरपश्चिम रोयल्सको धनगढीमा आइतबार टाइलेण्ट हण्ट र सोमबार र्‍याली

नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार टाइलेण्ट हण्ट आयोजना गर्ने भएको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि टाइलेण्ट हण्ट सुरु हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ । टाइलेण्ट हण्ट छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी पुगिसकेको छ । टाइलेण्ट हण्टमा सहभागी हुन चाहाने खेलाडीहरुका लागि सुदूरपश्चिम रोयल्सले अनलाइन रजिष्टेसन मार्फत खेलाडी दर्ताको लागि १५ दिन अगाडी नै सूचना जारी गरेको थियो । टाइलेण्ट हण्टमा सहभागी हुन अहिलेसम्म सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई सय भन्दा बढी खेलाडीहरुले नाम दर्ता गराएको रोयल्सले जनाएको छ । नेपाल क्रिकेट संघ…
Read More
एसपिए कलेजको क्याम्पस उपप्रमुखमा रघुनाथ जोशी नियुक्त

एसपिए कलेजको क्याम्पस उपप्रमुखमा रघुनाथ जोशी नियुक्त

धनगढीस्थित सुदूर पश्चिमाञ्चल क्याम्पसको उप प्रमुख पदमा क्याम्पसमा लामो समयदेखि कार्यरत उप प्राध्यापक रघुनाथ जोशी नियुक्त भएका छन् । विगत ३ वर्षदेखि उप प्रमुख विहिन रहेको क्याम्पसले आजबाट उप प्रमुख पाएको हो । आज क्याम्पसको सभाहलमा सम्पूर्ण प्राध्यापक तथा कर्मचारीको उपस्थितिमा आयोजित एक कार्यक्रममा सो नियुक्ति प्रदान गरिएको हो । कार्यक्रममा बधाई मन्तव्य प्रदान गर्दै क्याम्पसका प्रबन्ध निर्देशक सुवास शाहीले सबैले रुचाएका , विगतमा समेत जिम्मेवारी कुशलतापूर्वक निभाएको व्यक्तिलाई सही समयमा क्याम्पस उप प्रमुखमा नियुक्ति गरिएको र निजको नियुक्तिसँगै क्याम्पसले नयाँ उचाइ प्रदान गर्ने कुरामा आफू लगायत क्याम्पस व्यवस्थापन आशावादी रहेको बताउनु भयो । कार्यक्रममा बधाई मन्तव्य प्रदान गर्दै पूर्व…
Read More
धनगढीमा महिलालाई स्वरोजगार बनाउन ‘शनिवारे’ मेला लाग्ने

धनगढीमा महिलालाई स्वरोजगार बनाउन ‘शनिवारे’ मेला लाग्ने

धनगढीः कैलालीको धनगढीमा महिलालाई स्वरोजगार बनाउन ‘शनिवारे’ मेला लाग्ने भएको छ। धनगढी उपमहानगरपालिकाले आगामी मंसिर १ गतेबाट प्रत्येक शनिवार महिला लक्षित मेलाको आयोजना गर्ने भएको छ। धनगढी उपमहानगरपालिका–१ पार्कमोडमा शनिवार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मेला लाग्ने भएको हो। यसका लागि ३५ वटा स्टल तयार गरिन लागेको छ। खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्थासमेत गरिन लागेको उपमहानगरपालिकाले जनाएको छ। धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूले आफ्नो सीप अनुसारका सामाग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिन लागिएको नगरप्रमुख गोपाल हमालले बताए। उनले भने, ‘धनगढी उपमहानगरपालिकाले विशेष गरेर महिलालाई लक्षित गरेर, महिलालाई स्वरोजगार बनाउने लक्ष्यसहित…
Read More
धनगढीबाट एक बालकलाई नाका कटाउन खोज्ने व्यक्ति पक्राउ

धनगढीबाट एक बालकलाई नाका कटाउन खोज्ने व्यक्ति पक्राउ

धनगढीः कैलालीको धनगढीस्थित त्रिनगर–गौरिफन्टा नाका हुँदै भारत जाने क्रममा एक बालकसहित भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो (शुक्रबार) बेलुका त्रिनगर प्रहरीले भारतीय नागरिकलाई बालकसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतीय नागरिक सलिम खान पक्राउ परेका हुन्। उनी धनगढी उपमहानगरपालिका–३ का एक बालकलाई ट्याक्सीमा राखेर नाका कटाउन खोज्दा पक्राउ परेका हुन्। मनहेराका ३ कक्षामा पढ्ने ती बालकलाई खानले भारत लैजान लागेका थिए। बेचविखनको आंशकामा खानलाई प्रहरीले नियन्त्रणमा छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले ती व्यक्ति र गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको बताए। ती व्यक्तिले बयान फेर्दै गएकाले यही नै कारण हो भनेर एकीन भइनसकेको…
Read More
छठको समापनः उदाउँदो सूर्यलाई अर्घ्य

छठको समापनः उदाउँदो सूर्यलाई अर्घ्य

धनगढीः कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज (शुक्रबार) अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ। कैलालीको धनगढीको मोहना नदी घाट , अत्तरियाको गोदावरी नदी घाट लगायत देशभरका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठको बिदाइ गरिएको हो। देशभर बौद्धस्थित बागमतीघाट, पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठघाटसँगै तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै समापन गरिएको छ। छठको मुख्यदिन बिहीबार निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। यसपछि उनीहरू रातभर छठघाटमै जाग्राम बसेका थिए। छठको विधि भने कोजाग्रत पूर्णिमाका भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै…
Read More
धनगढीमा तिहारका लागि पर्याप्त सयपत्री फूल उत्पादन

धनगढीमा तिहारका लागि पर्याप्त सयपत्री फूल उत्पादन

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ का सुशीला बिष्टको बारीमा यो वर्ष डेढ विघा जग्गामा सयपत्री फूल लटरम्म फुलेको छ। गत वर्षदेखि पुष्पखेती गरिरहेकी बिष्टले यो वर्ष पाँच किसिमको सयपत्री फूल रोपेकी छन्। बिष्टले दसैंदेखि नै फूल तथा माला बिक्री गर्न थालेकी हुन्। डेढ विघामा लगाइएको सयपत्री र सुपारी फूल तिहारमा बिक्री गर्न तयार हुने किसान सुशीला बिष्टले बताइन्। उनले पाँच किसिमको सयपत्री र एक किसिमको सुपारी फूल तिहारका लागि तयार भइरहेको बताइन्। ’यो वर्ष हामीले डेढ बिघामा पुष्पखेती गरेका छौँ,’ उनले भनिन्, ‘दसैंदेखि नै फूल बिक्री गर्न थालेका छौँ र तिहारलाई लक्षित गरेर पाँच किसिमको सयपत्री तयार भइरहेको छ।’ फूल अन्यत्र पठाउन…
Read More