14
Aug
अत्तरिया- अत्तरियाको लोटस गल्लीमा रहेको थ्रिडिभिएल जुस सेन्टरमा राति प्रहरी आएर दुर्व्यवहार गरेको जुस सेन्टरमा कार्यरत क्षितिज साउदले बताएका छन् । उनले राति १० बजेपछि खाना खाइरहेका बेला प्रहरी आएर दुर्व्यवहार गरेको बताएका हुन् । साउदले राति पसल बन्द गर्ने बेलामा भ्यानसहित आएको प्रहरी टोलीले पसल बन्द गर भनेको तर आफूहरु खाना खाइरहेकाले खाएर बन्द गर्छु भन्दा प्रहरीले गाडीमा जबरजस्ती हाल्न खोजेको बताए । राति सवा १० बजे थ्रिडिभिएलकै चार जना बसेर खाना खाइरहेका बेला प्रहरीले खाना खाएर बन्द गर्छौँ भन्दा नमानी गाडीमा हालेर लगौँ भनेर दुर्व्यवहार गरेको उनले बताए । प्रहरीले थ्रिडिभिएलकै डबल साउँदलाई भ्यानमा हालेर चौकी लगेका थिए ।…






