10
Aug
धनगढी । कैलालीमा १३ औं वृहत रक्तदान महोत्सव सम्पन्न भएको छ । “रक्तदान जीवन् दान“ को मुल मर्मलाई आत्मसात गर्दै कैलाली उद्योग बाणिज्य संघ, कैलालीको सहकार्य र रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा उत्तरबेहडीस्तिथ पदमा हेल्थ (नर्सिङ) कलेजको प्राङ्गणमा बैतडी समाज कैलालीले १३औँ रक्तदान महोत्सव सम्पन्न भएको हो । सो रक्तदान महोत्सवमा ७७ जनाले रगत दान गरेका छन् । जस मध्ये ३० जनाले पहिलो पटक गरेको बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले बताए । बैतडी समाज कैलाली हरेक बर्ष रक्तदान महोत्सवको आयोजना गरी रगत अभावलाई केही हद सम्म भए पनि सहयोग गरी रहेको समाजका अध्यक्ष भट्टले बताए । यसपटकको उक्त…






