धनगढी न्यूज

बागमती

प्रतिनिधिसभामा रास्वपाको विरोध नारा : ‘गृहमन्त्री राजीनामा देउ’

प्रतिनिधिसभामा रास्वपाको विरोध नारा : ‘गृहमन्त्री राजीनामा देउ’

काठमाडौं : प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।   गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेस, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राप्रपा लगायतका दलले अवरोध गरेका हुन्। बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन्। बैठकमा रास्वपा सांसदहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।थाहा खबर बाट साभार
Read More
झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते भएका छन्।   बिजुलीबजार-नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोडन् खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपकम ३६ जना शिक्षक, ५ प्रहरी र १ पत्रकार घाइते भएका हुन्। आन्दोलनको क्रममा घाइते भएकाहरुलाई काठमाडौँका विभिन्न अस्पतालमा लगिएको छ। शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहरासमेत हानेको थियो। माइतीघर मण्डलाबाट बिहान ११ बजे विरोध जुलुस सुरु भएको थियो। शिक्षकहरु आज २६औँ दिनको आन्दोलनमा सडकमा थिए।थाहा खबर बाट साभार
Read More
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

काठमाडौं : २०७२ साल वैशाख १२ गतेको भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्विक सम्पदा क्षतिग्रस्त हुन पुगे।   भूकम्पमा परी काठमाडौंको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए। भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो। भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदि पुनर्निर्माण सकिएको छ। वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन्। पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो।थाहा खबर बाट शाभार
Read More
काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाउन मानव अधिकार आयोगको निर्देशन

काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाउन मानव अधिकार आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले भोलि हुने विभिन्न प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोजकलाई अपील गरेको छ । आयोगले विज्ञप्ति निकालेर समाजवादी मोर्चा र राजावादी समूहलाई प्रदर्शन शान्तिपूर्ण बनाउन अपील गरेको हो । प्रदर्शनीका क्रममा दुवै पक्ष भेट हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको छ । आयोगले काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाण्डाै र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात् गर्नसमेत निर्देशन दिनुभएको…
Read More
धरौटी बुझाएर रवि आज छुट्ने

धरौटी बुझाएर रवि आज छुट्ने

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ बढी अनियमितता भएको प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् । अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् । उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । तर,…
Read More
काठमाडौं महानगरभित्र सञ्चालित होस्टलको अभिलेखीकरण शुरु

काठमाडौं महानगरभित्र सञ्चालित होस्टलको अभिलेखीकरण शुरु

काठमाडौं : काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको होस्टलको अभिलेखीकरण शुरु गरेको छ। महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइनेछ। विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० जारी भएबमोजिम सोही मापदण्डको दफा (३) मा व्यवस्था भएअनुसार होस्टल सञ्चालनका लागि महानगरसँग स्वीकृत लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार अनुगमन समितिबाट अनुगमनका क्रममा नियमअनुसार मापदण्ड पूरा भएको छ वा छैन अध्ययन समेत गर्ने प्रमुख शर्माको भनाइ छ। अभिलेखीकरण गर्न तत्कालीन जिल्ला शिक्षा कार्यलयबाट अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन भएका छात्रावासले विवरण पेश गर्नुपर्नेछ। अनुमति नलिई होस्टल सञ्चालन भएको पाए कानूनबमोजिम कारबाही गर्ने विभागले जनाएको छ। नियमअनुसार होस्टल…
Read More
मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल  आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली  बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई…
Read More
पक्राउ गरिए प्रतिवाद गर्ने रवि लामिछानेको चेतावनी

पक्राउ गरिए प्रतिवाद गर्ने रवि लामिछानेको चेतावनी

६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताएका छन् । आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका हुन् । ‘.. ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ । कुनै हालतमा हुन दिदैनौ’, उनले भने । आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सभापति लामिछानेले कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए । ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले…
Read More
गट्ठाघर दुर्घटना ट्रकचालकको लापर्बाही

गट्ठाघर दुर्घटना ट्रकचालकको लापर्बाही

काठमाडौँ, भदौ ५ गते । भक्तपुरको गट्ठाघरमा साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे छानबिन समितिले ट्रकचालकको लापर्बाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ । बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुङ्गाको चिसङ्खुगढी–४ का उत्तम कोइरालाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वको छानबिन समितिले सो दुर्घटनाबारे तयार पारेको प्रतिवेदन मङ्गलबार उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण वज्राचार्यलाई बुझाएको छ । वज्राचार्यले ट्रकचालकको गम्भीर लापर्बाहीका कारण दुर्घटना भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिनुभयो । समितिले दुर्घटनास्थलको सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा घटनास्थलमा तैनाथ ट्राफिक…
Read More
डाक्टर सा’ब पनि बेरोजगार !

डाक्टर सा’ब पनि बेरोजगार !

सरकारीमा काम पाउँदैनन्, निजीले कम पैसामा पेल्छन्  काठमाडौँ, भदौ ५ गते । नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ । नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर एमबिबिएस पास भएका चिकित्सकसमेत बेरोजगार छन् । एमबिबिएस मात्र होइन, काठमाडौँ उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन् । मणिपाल मेडिकल कलेजबाट एमबिबिएस पास गर्नुभएकी निष्मा शाक्य (नाम परिवर्तन) ले हरेक सरकारी अस्पतालमा करारमा खुल्दा आवेदन दिएको धेरै भयो । उहाँले हालसम्म कुनै अस्पतालमा नाम निकाल्न सक्नुभएन । त्यसबाहेक निजी अस्पतालमा समेत आफ्नो बायोडाटा छाड्नुभएको छ तर कुनै पनि अस्पतालले उहाँलाई बोलाएका…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×