Skip to main content

धनगढी न्यूज

Month: July 2024

आठबिसकोटमा बाढीले घर बगाउँदा ३ जनाको मृत्यृ, १  बेपत्ता

आठबिसकोटमा बाढीले घर बगाउँदा ३ जनाको मृत्यृ, १ बेपत्ता

रुकुम पश्चिम — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जनाको ज्यान गएको छ । त्यस्तै नजिककैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका छन् । त्यस्तै बेपत्ता हुनेमा ४० वर्षीय डिल्ली बुढाथोकी रहेका छन् ।     साथै यही बाढीमा परेर ७ जना घाइते भएको नगरप्रमुख रवि केसीले जानकारी गराए । घाइतेहरूको उपचारका लागि नगर अस्पताल लगिएको उनले बताए । घाइते हुनेहरूमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४…
Read More
कैलालीको खुटिया नदीमा हाम फालेर एक जनाको मृत्यु

कैलालीको खुटिया नदीमा हाम फालेर एक जनाको मृत्यु

धनगढीः कैलालीमा पुलबाट नदीमा हाम फालेका पुरुषको मृत्यु भएको छ। गोदावरी नगरपालिका–८ स्याउले स्थित खुटिया नदीको पुलबाट नदीमा हाम फालेका सोही ठाउँ बस्ने ५५ वर्षीय जोक्करबहादुर गुरुङको मृत्यु भएको हो। गुरुङ्ले सोमवार राति ११ः३० बजे नदीबाट हाम फालेका थिए। पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरुङको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। उनलाई डाक्टरले राति साढे १२ बजे मृत घोषणा गरेका थिए। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। दिनेस खबर बाट साभार
Read More
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ । निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।
Read More
तीन वर्षपछि सिंहदरबार फर्किए ओली, यसरी गरियो स्वागत (तस्बिरहरू)

तीन वर्षपछि सिंहदरबार फर्किए ओली, यसरी गरियो स्वागत (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि देशको कार्यकारी पद सम्हालेका छन् । उनले तेस्रो पटक देशको कार्यकारी पदको कुर्सी सम्हालेका हुन् । सोमबार राष्ट्रपति निवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ लिएसँगै सहिदहरूलाई श्रद्धाञ्जली दिइसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई त्यहाँ कर्मचारीहरूले स्वागत गरे । पदभार ग्रहणअघि ओली लैनचौरस्थित सहिद स्मारक पुगे । उनले सहिदहरूको शालिकमा माल्यार्पण गरे । त्यसअघि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका थिए । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएसँगै उनी असार २८ गते पदमुक्त भएका थिए । प्रचण्ड पदमुक्त भएसँगै कांग्रेससहितको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त…
Read More
बझाङमा बालिका करणी आरोपमा एक जना पक्राउ

बझाङमा बालिका करणी आरोपमा एक जना पक्राउ

बझाङः बझाङमा दुई बालिका करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१० मा सोमबार दुई बालिकालाइ करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका हुन। ती बालिकाका आफन्तले जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका–७ का ५१ वर्षीया धनबहादुर रोकायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक भरत शाहले बताए। रोकायामाथि अनुसन्धान भइरहेको उनले बताए। दिनेस खबर बाट साभार
Read More

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । लिसान्द्रो मार्टिनेजले मैदानको मध्यभागमा गरेको उत्कृष्ट ट्याकलपछि प्राप्त मौकामा उनले गोल गरेका थिए । ६६औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोटका कारण गुमाएको अर्जेन्टिनाले उपाधि भने जित्न सफल रह्यो । सन्‌१९९४ पछि लामो समय कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले पछिल्लो ३ वर्षमा लगातार तीन…
Read More
स्पेनलाई युरो कप उपाधि

स्पेनलाई युरो कप उपाधि

एजेन्सी – स्पेनले युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्ड माथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । स्पेनका लागि दुई युवा विंगर गोलमा संलग्न रहे । लामिन यमालको पासमा निको विलियम्सले गोल गरे । ७३औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । गोल गर्ने खेलाडी कोल पालमर रहेका थिए । तीन मिनेट अघि मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई…
Read More
SPA BIM विद्यार्थीहरूले आदरणीय शिक्षक इञ्जिनियर भीम बहादुर पुनको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरे

SPA BIM विद्यार्थीहरूले आदरणीय शिक्षक इञ्जिनियर भीम बहादुर पुनको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरे

असार ३०** - आदरणीय शिक्षक इञ्जिनियर भीम बहादुर पुनको असामयिक निधनको सम्झनामा आज BIM विभागका विद्यार्थीहरूले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्। गेटाको ६ लेनमा मोटरसाइकल दुर्घटनामा परी निधन भएका पुनको सम्झनामा विद्यार्थीहरू भावपूर्ण श्रद्धाञ्जली दिन भेला भएका थिए। आज SPA कलेजमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक र समुदायका सदस्यहरूले इञ्जिनियर पुनको सम्झनामा मैनबत्ती बालेर मौनधारण गरेका थिए। यस अवसरमा धेरैले इञ्जिनियर पुनले आफ्नो जीवनमा पुर्‍याएको गहिरो प्रभावबारे स्मरण गरे। इञ्जिनियर भीम बहादुर पुन हाल फर्वेस्ट विश्वविद्यालयमा प्राध्यापकको रूपमा कार्यरत थिए। SPA कलेजको BIM विभागको प्रमुखको रूपमा उनको कार्यकाल महत्वपूर्ण उपलब्धिहरूले भरिएको थियो र उनले शैक्षिक उत्कृष्टताको लागि गहिरो प्रतिबद्धता देखाएका…
Read More
पलियामा सडक अवरुद्ध भएपछि इन्धनको आपूर्ति बन्द

पलियामा सडक अवरुद्ध भएपछि इन्धनको आपूर्ति बन्द

धनगढी :भारतको पलियामा शारदा नदीले पुलको उत्तर तिरको सडक बगाउँदा हजारौँ यात्रु समस्यामा परेका छन् । गत साता आएको अविरल वर्षाका कारण आइतबारदेखि नेपाल(भारत जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग बगाएपछि एक सातादेखि पलिया गौरी फण्टा सीमा नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द भएको छ । गौरीफण्टा नाका भएर भारतबाट आउने नेपालीहरू टिकापुरको खक्रौला, नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल भित्रिन बाध्य भएका छन् । राजमार्ग बगाएपछि लामो तथा छोटो दुरीका कुनैपनि सवारीसाधन चल्न सकेको छैन । त्यसको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपाली बजारमा परेको छ । गौरिफण्टा नाका भएर भित्रिने सामानको अभाव भएको छ भने खाद्यान्न लगायतको मूल्य आकासिएको छ…
Read More
प्रधानमन्त्री र मन्त्रीहरुको शपथग्रहण सोमबार ११ बजे

प्रधानमन्त्री र मन्त्रीहरुको शपथग्रहण सोमबार ११ बजे

काठमाडौँ — राष्ट्रपति कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरुलाई सोमबार बिहान ११ बजे शपथग्रहण गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समय आइतबार साँझ ५ बजे सकिदैछ । राष्ट्रपतिको आह्वानबमोजिम कांग्रेस र एमालेको समर्थनमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन् । शितलनिवास स्रोतका अनुसार आइतबार साँझ ५ बजेपछि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ । कान्तिपुर दैनिक बाट साभार प्रधानमन्त्रीको शपथग्रहण भने सोमबार बिहान ११ बजेमात्रै हुने भएको छ । 'प्रधानमन्त्री र मन्त्रीहरुको समेत सोमबार बिहान ११ बजे शपथग्रहण कार्यक्रमको तयारी भएको छ,' शितलनिवास स्रोतले भन्यो । राष्ट्रपति…
Read More