Skip to main content

धनगढी न्यूज

Month: July 2024

धनगढी–अत्तरिया छ लेन सडकमा दुर्घटना, एक जनाको मृत्यु

धनगढी–अत्तरिया छ लेन सडकमा दुर्घटना, एक जनाको मृत्यु

धनगढीः धनगढी–अत्तरिया छ लेन सडकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–५ गेटामा माछापालनको गेट नजिक अत्तरियाबाट धनगढी तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ३३३७ नम्बरको मोटरसाईकल छाडा गोरुसंग ठोक्किदा चालक धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका ३५ वर्षीय भिमबहादुर पुनको गएराति मृत्यु भएको हो। मोटरसाईकल गोरुसंग ठोक्किदा पुन गम्भिर घाईते भएका थिए। उनको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गोरुपनि घटना स्थलमानै मरेको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।  
Read More
तीन वर्षपछि देउवाले नै खोलिदिए ओलीलाई बालुवाटारको ढोका

तीन वर्षपछि देउवाले नै खोलिदिए ओलीलाई बालुवाटारको ढोका

ओलीलाई सर्वोच्चले सत्ताच्यूत गरेकै दिन प्रचण्ड पनि खुमलटार फर्किए काठमाडौं – खारेजीमा परिसकेको नेकपाभित्रको विवादका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुई पटक प्रतिनिधिसभा विघटन गरिदिएका थिए । २०७७ पुस ५ मा गरिएको विघटनलाई ११ फागुन २०७७ मा सर्वोच्च अदालतले अवैधानिक भन्दै खारेज गरिदियो । त्यसपछि फागुन २२ मा तत्कालीन नेकपा पनि खारेजीमा परेर यसअघिका दुई पार्टी पुरानै अवस्थामा फर्किए । तर नेकपा एमाले र माओवादी पुरानै अवस्थामा फर्किए पनि ओलीको तनाव कम भएको थिएन । एमाले पुरानै अवस्थामा फर्किए पनि माधव नेपालहरूसँगको विवाद जारी थियो । त्यसपछि २०७८ जेठ ८ गते दोस्रो…
Read More
दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त

दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौँ — प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसद्बाट विश्वासको मत लिएका थिए । तर उनले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सकेनन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र पर्‍यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका हुन् । उनको विपक्षमा १९४ मत पर्‍यो । मत दिन्न भन्नेमा १ मत परेको थियो । १८ महिनामा एमालेसँग दुई र कांग्रेससँग एक पटक गरेर तीन पटक गठबन्धन बदलेका प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सातबुँदे सहमति भएपश्चात् विश्वासको मत लिन शुक्रबार प्रतिनिधि सभामा…
Read More
पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए

पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनापछि त्रिशूलीमा पौडिएर बाँचेकामध्ये एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँहरू बिहीबार साँझ ७:३० बजे काठमाडौंबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए । तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बता । ‘बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौँ, पौडिएर बाँच्न सफल भयौँ’, उनले जीवन र मृत्युबीचको त्यो समयको बृत्तान्त सुनाए । खाना खाएर बस चढेको एक घण्टापछि दुर्घटना…
Read More
सिमलताल पहिरो : बसका बेपत्ता यात्रुको खोजीमा सेना र प्रहरी[तस्बिरहरू]

सिमलताल पहिरो : बसका बेपत्ता यात्रुको खोजीमा सेना र प्रहरी[तस्बिरहरू]

चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता भएका यात्रुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । बसबाट हाम फालेका यात्रुहरूका अनुसार माथिबाट खसेको पहिरोले बगाउँदा दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसबाट ३ जना यात्रु हाम फालेको प्रहरीले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।  
Read More
अर्जेन्टिनाले कोपा अमेरिका उपाधिका लागि कोलम्बिया विरुद्ध भिड्ने

अर्जेन्टिनाले कोपा अमेरिका उपाधिका लागि कोलम्बिया विरुद्ध भिड्ने

एजेन्सी – साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका उपाधि रक्षा गर्नका लागि फाइनलमा कोलम्बिया विरुद्ध खेल्ने भएको छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियाले उरुग्वे माथि १-० को जित निकालेसँगै अर्जेन्टिनाको फाइनल प्रतिद्वन्दी टुंगो लागेको हो । कोलम्बियाका लागि ३९औं मिनेटमा जेफर्सन लर्माले प्रहार गरेको हेडर नै पर्याप्त बन्यो । पहिलो हाफको अन्त्यमा डेनियल मुनोजले रातो कार्ड पाएपछि दोस्रो हाफ १० जनाले खेलेको कोलम्बियाले गोल भने खाएन । उता उरुग्वेले भने धेरै मौकाहरु सदुपयोग गर्न सकेन । बराबरी गोलको नजिक धेरै पटक पुगेपनि उरुग्वे फाइनल खेल्नबाट वञ्चित भएको छ । फाइनल खेल अब सोमबार बिहान ५:४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाले…
Read More
कैलालीका सहकारी पावर टिलर वितरणको नाममा आधा रकम झ्याप पार्दै

कैलालीका सहकारी पावर टिलर वितरणको नाममा आधा रकम झ्याप पार्दै

धनगढी : सुरो नेपाल संस्था र अखुवा कृषि सहकारी संस्थाको बिचमा २०८१ असार ११ गते सम्झौता भयो। सम्झौतामा सुरो नेपालले ७५ प्रतिशत अनुदानमा किसानलाई पावर टिलर र पानी मोटर वितरण गर्ने भनिएको छ। २५ प्रतिशत रकम किसानको र बाँकी रकम सुरो नेपालको हुने सम्झौतामा उल्लेख गरिएको हो। एक किसानले ५८ हजार सात सय ५० रुपैयाँ पावर टिलरका लागि दिनुपर्ने थियो। तर, कैलारी गाउँपालिकाका किसानहरूले एक लाख २५ हजार रुपैयाँसम्म सहकारीहरूलाई दिएका छन। सहकारी तथा बिचौलियाहरूले ६६ हजार २ सय ५० रुपैयाँ प्रत्येक किसानबाट बढी उठाएका हुन्। अखुवा कृषि सहकारी संस्था लिमिटेड, कैलारी–८ पृथ्वीपुरले ५४ वटा सिफान कम्पनीका पावर टिलर र ४५…
Read More
मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी

मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी

काठमाडौं – सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा गीतालाई बिहीबार दोषी ठहर गरेको हो । गीतामाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी शिक्षकको जागिर खाएको आरोप थियो । त्यही कसुरमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । कैलालीको धनगढी उपमहानगरपालिका-९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी शिक्षिका गीताले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पूरा गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकी थिइन् । अख्तियारको छानबिनमा उक्त प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो । अख्तियारले उनीविरुद्ध २०७९…
Read More
प्रविधिमैत्री किसान, धान रोपाइँ र थ्रेसिङ सँगसँगै

प्रविधिमैत्री किसान, धान रोपाइँ र थ्रेसिङ सँगसँगै

धनगढी । कैलालीको कैलारी गाउँपालिका ६ का प्रभात कुमार चौधरी असारमा पाकेको चैते धान भित्र्याएर बर्खे धान रोप्न भ्याइसकेका छन् । चैते धान काटे लगत्तै उनले बर्खे धानको रोपाइँ गरेका हुन् । प्रविधिको विकाससँगै किसानलाई कृषियन्त्रको प्रयोगले खेतीमा सहजता भएको छ । धानको रोपाइँदेखि खेतमै थे्रसिङ गर्ने कृषियन्त्र प्रयोग गर्न थालेपछि पछिल्लो समय एक लटको धानको थ्रेसिङ र अर्को लटको धानको रोपाइँ सँगसँगै सम्भव भएको हो । प्रभात चौधरीले भने, ‘यन्त्र–उपकरण नभएको भए कहाँ गर्न सकिथ्यो रु यन्त्र–उपकरणले खेती गर्न निकै सहज भएको छ ।’ कैलारी–२, कैलारी गाउँका तिलक चौधरीले पनि एक बिघा जमिनमा रोपिएको चैते धान असारमा भित्र्याएका छन् ।…
Read More
गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहका कम्प्युटर अपरेटर विष्ट पक्राउ

गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहका कम्प्युटर अपरेटर विष्ट पक्राउ

काठमाडौँ — गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्। विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते (शुक्रबार) थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए। प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो। गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते (मंगलबार) विष्टलाई सेवाबाट हटाएका थिए।…
Read More