Skip to main content

धनगढी न्यूज

Month: July 2024

अमेरिकी राष्ट्रपतिमाथि भएका आक्रमण

अमेरिकी राष्ट्रपतिमाथि भएका आक्रमण

न्यूयोर्क : अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गत आइतबार एउटा र्‍यालीका क्रममा गोली प्रहार भयो। गोली ट्रम्पको दाहिने कानमा लागेर निस्कियो। आक्रमणमा एक व्यक्तिको मृत्यु भयो भने दुईजना घाइते भए। ट्रम्पमाथि भएको आक्रमणलाई सुरक्षामा भएको गम्भीर गल्ती मानिएको छ। एफबीआईका अधिकारीहरूले गोली चलाउने २० वर्षका थोमस म्याथ्यु क्रुक्सको तत्काल हत्या गरिएको बताएका छन्। अमेरिकाको राजनीतिक इतिहासमा कुनै राजनेताको ज्यानै जाने गरी आक्रमण भएको यो पहिलो घटना होइन। यसअघि पनि अमेरिकाका अन्य राष्ट्रपतिहरूमाथि यसप्रकारका आक्रमण भइसकेका छन्। आक्रमणमा ज्यान गुमाएका राष्ट्रपतिहरू ​जोन एफ.केनेडी : केनेडी अमेरिकाका ३५ औं राष्ट्रपति थिए। सन् १९६३ नोभेम्बर २५ मा उनको गोली हानी हत्या गरिएको थियो। एउटा खुला कारमा डल्लसको यात्रामा निस्किएका वेला उनीमाथि गोली…
Read More
मनसुनअवधिको विपत्तिमा १२४ को मृत्यु, १४० जना घाइते

मनसुनअवधिको विपत्तिमा १२४ को मृत्यु, १४० जना घाइते

काठमाडौँ : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्‍मा परी आजसम्म मृत्यु हुनेको सङ्ख्या एक सय २४ पुगेको छ। बाढीपहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा १२४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्‍चिम प्रदेशमा ११ गरी जम्मा १४० जना घाइते भएका…
Read More
रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता

रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता

काठमाडौं– फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन् । गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले आज औपचारिक सम्झौता गरेको हो । यसअघि उनले आजै मेडिकल समेत गरेका थिए । रियल म्याड्रिडले आजै एम्बाप्पेलाई आफ्नो स्टेडियममा फ्यानहरु समक्ष प्रस्तुत गरेको छ । २५ बर्षिया एम्बाप्पे फ्री-ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन् । एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् । पिएसजीमा उनले करिब २५ मिलियन युरो वार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् । मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरेपनि…
Read More
सुदूरपश्चिमको पुँजीगत खर्च ६२ प्रतिशत

सुदूरपश्चिमको पुँजीगत खर्च ६२ प्रतिशत

धनगढी, साउन २ गते । सुदूरपश्चिम प्रदेशको पुँजीगत बजेट (विकास बजेट) खर्च प्रगति अघिल्लो आर्थिक वर्षकै हाराहारीमा भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ मा ६२.०९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो । पुँजीगततर्फ १७ अर्ब दुई करोड ५४ लाख ३९ हजार रुपियाँ बजेट विनियोजन गरेको सरकारले १० अर्ब ५७ करोड १० लाख ५७ हजार रुपियाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा पुँजीगततर्फ छुट्याइएको २२ अर्ब ८४ करोड ५७ लाख ६९ हजार रुपियाँ बजेटमध्ये १५ अर्ब ८१ करोड ६७ लाख ६२ हजार रुपियाँ (६१.२२ प्रतिशत) बजेट खर्च भएको थियो । यसैगरी,…
Read More
धनगढीमा नगर बस चलाउन बोलपत्र आह्वान

धनगढीमा नगर बस चलाउन बोलपत्र आह्वान

धनगढीः कैलालीको धनगढीमा नगर बस चलाउन बोलपत्र आह्वान गरिएको छ। नगर बस चलाउन मंगलबार धनगढी उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेको हो। फूलबारी–धनगढी चौराहा–सहिद गेट–क्याम्पस रोड हुँदै पुनः फूलबारीसम्म सार्वजनिक सवारीका रुपमा नगर बस चलाउन उपमहानगरले बोलपत्र आह्वान गरेको हो। नगर बसका रुपमा चलाउन ६ वटा बसलाई १० वर्षका लागि ठेक्का लगाउन ३० दिने सूचना निकालिएको छ। वार्षिक न्यूनतम ठेक्का मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार तोलिएको छ। बस सेवा सञ्चालनको ठेक्का सम्झौता गर्न इच्छुक कम्पनी तथा फर्मलाई बोलपत्र पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ। दिनेश खबर बाट साभार
Read More
बाढी र डुबानले आकासियो तरकारीको भाउ

बाढी र डुबानले आकासियो तरकारीको भाउ

कञ्चनपुर : गत साताको अविरल वर्षापछि तरकारीको मूल्य आकासिएको छ । लगातारको वर्षा र डुबानका कारण बोट नै कुहिएपछि तरकारीको भाउ आकासिएको हो । अहिले बजारमा तरकारीको मूल्य तीन गुणाले बढेको छ । टमाटर प्रतिकिलो दुई सय, लौका र फर्सी डेढ सय, करेला दुई सय, आलु एक सय, काक्रा दुई सय रुपैयाँमा बिक्री भइरहेको छ । एक साताअघिसम्म यीनै तरकारीको मूल्य प्रतिकिलो ५०/६० रुपैयाँ हाराहारी थियो । ‘अहिले त तरकारी छोइसक्नु छैन, मूल्य मात्रै बढेको छैन सहजै पाउन पनि गाह्रो छ,’ महेन्द्रनगर बजारका बासिन्दा वीरेन्द्र जोशी भने, ‘एकै पटक तीनरचार गुणाले मूल्य बढेको छ ।’ एकातिर बाढी र डुबानका कारण स्थानीय…
Read More
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् धारा ७६ (४) अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर प्रधानमन्त्री ओलीले सपथ लिएकै दिन ६ गते विश्वासको मत लिन चाहेको मौखिक जानकारी संसद सचिवालयलाई गराएका थिए । बुधबार औपचारिक पत्र गएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले समर्थन गर्ने बताएका छन् । अन्लाईन खबर बाट साभार
Read More
सुदूरपश्चिममा ९४ प्रतिशत खेतमा रोपाइ सकियो

सुदूरपश्चिममा ९४ प्रतिशत खेतमा रोपाइ सकियो

धनगढीः सुदूरपश्चिम प्रदेशमा असार सकिएसँग ९४ प्रतिशत खेतमा रोपाइ सकिएको छ। प्रदेशका नौवटै जिल्लामा गरेर ९३ दशमलव ६५ प्रतिशत खेतमा रोपाइ सकिएको हो। प्रदेशभित्र एक लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा असार अन्तिमसम्म एक लाख ६३ हजार हेक्टरमा धान खेतीको काम सकिएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निमित्त कृषि निर्देशक नरेन्द्र पनेरुले बताए। उनले भने, ‘एक लाख ६३ हजार हेक्टर क्षेत्रफलमा रोपाइ भएको छ। १० हजार हेक्टर बाँकी होला। दार्चुला जिल्लामा भने सबैभन्दा बढी क्षेत्रफलमा रोपाइ सकिएको छ। दार्चुलामा ९७ प्रतिशत खेतमा रोपाइ सकिएको छ। कैलालीमा ९६ प्रतिशत खेतमा रोपाइ सकिएको छ।  कञ्चनपुरमा ९५ प्रतिशत, डडेल्धुरा, बैतडी र…
Read More
सिमलताल दुर्घटना : सिँदुरेगैरामा कहाँबाट आयो बस बगाउने लेदो ?

सिमलताल दुर्घटना : सिँदुरेगैरामा कहाँबाट आयो बस बगाउने लेदो ?

चितवन — नारायणगढ–मुग्लिन सडकमा पहिरो आएको सुन्दा धेरैलाई सडक बिस्तारका बेला काटेको पाखाबाटै खसेको लाग्छ । शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर सडकबाट खसेका दुई वटा बस त्रिशूलीमै बगेर बेपत्ता भएपछि धेरैको मनमा सडक बिस्तारका बेला काटेको पहाड गाडीमाथि झरेको होला भन्ने छ । तर ६५ जना यात्रु सवार दुई वटा बस बेपत्ता बनाउने पहिरो सडकआडबाट आएको छैन । घटनास्थलमा सडकआडको भित्तामा घाँसपात र बोटबिरुवा यथावत छन् । दुई वटा बस बगाउने गरी त्यो पहिरो कसरी आयो ? डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्की दुर्घटनाको भोलिपल्ट नै बस पल्टाउने पहिरोको मूल खोज्न निस्किए । सिमलताल नारायणगढ बजारबाट २३ किलोमिटर जति उत्तरपूर्व मुग्लिन तर्फ पर्छ ।…
Read More
सुदूरपश्चिममा आजदेखि बजेट शून्यता, सरकारले खर्च गर्न र कर संकलन गर्न नपाउने

सुदूरपश्चिममा आजदेखि बजेट शून्यता, सरकारले खर्च गर्न र कर संकलन गर्न नपाउने

धनगढी  सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिममा बजेट शून्यताको अवस्था आएको छ। असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ। सोमबार राति १२ बजेसम्म बजेट पास नभएपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए। तर उक्त बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेन। असार १ गते आएको बजेटमा असारको २० गतेसम्म छलफलसमेत भएन। सत्ता गठबन्धन फेरिएसँगै असार २० गते नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन। एमालेले समर्थन फिर्ता लिएपछि,…
Read More