17
Jul
सर्लाही, साउन ३ गते। सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगर आले टोलमा श्रीमती र छोरी मिलेर एक पुरुषको हत्या गरेका छन्। स्थानीय ५९ वर्षीय जङ्गलबहादुर बलको आफ्नै परिवारका सदस्यबाट हत्या भएको हो। प्रहरीले जङ्गलबहादुरको हत्यामा संलग्न श्रीमती ६६ वर्षीया रिता बल र विवाहित छोरी सिरहा जिरोमाइल घर भएकी २५ वर्षीया शीतल लामालाई नियन्त्रणमा लिएको छ। श्रीमती रिता र छोरी शीतल मिलेर घरायसी विवादमा जङ्गलबहादुरलाई मरणासन्न हुने गरी कुटपिट गरी शरीरमा तातो पानी खन्याइदिएका थिए। कुटपिट र शरीरमा तातो पानी खन्याउँदा जङ्गलबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना बुधबार दिउँसोतिरकै भए पनि प्रहरीमा बेलुकातिर मात्रै जानकारी प्राप्त भएको थियो। गाउँलेबाट घटनाबारे जानकारी पाउनासाथ…






