Skip to main content

धनगढी न्यूज

Month: August 2024

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गरेका छन्

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गरेका छन्

मुख्यमन्त्री शाहले गरे भेटघाट बन्द, भने “भदौ १५ सम्म बधाई दिनपनि नआउनु” कार्य व्यस्तताका कारण उनले भेटघाट बन्द गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । हालै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह विश्वासको मत लिने तयारीमा रहेका छन् शाहको कार्य व्यस्तता रहेकाले बधाइका कार्यक्रमहरु पनि भदौ १५ गतेसम्म बन्द गरिएको उनको सचिवालयले जनाएको छ ।  
Read More
३ दिन सम्म मौसम सक्रिय सतर्क रहन आग्रह

३ दिन सम्म मौसम सक्रिय सतर्क रहन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । २०८१ साउन २८ गते (सोमबार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको…
Read More
साउनको अन्तिम सोमबार साउनको अन्तिम सोमबार

साउनको अन्तिम सोमबार साउनको अन्तिम सोमबार

काठमाडौं– आज साउन महिनाको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवजीको प्रिय महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ…
Read More
दुई लाख बालबालिका आर्थिक काममा

दुई लाख बालबालिका आर्थिक काममा

काठमाडौँ, साउन २८ गते । नेपालमा ठुलो सङ्ख्यामा बालबालिका आर्थिक काममा संलग्न रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदनले छ महिनाभन्दा बढी समय आर्थिक गतिविधिमा करिब दुई लाख बालबालिका सक्रिय रूपमा संलग्न रहेको देखाइएको हो । १० देखि १७ वर्ष उमेर समूहका कुल ४६ लाख ६३ हजार बालबालिकामध्ये चार प्रतिशत अर्थात् करिब एक लाख ८६ हजार पाँच सय बालबालिका आर्थिक गतिविधिमा संलग्न रहेको पाइएको हो । छ महिनाभन्दा कम समय आर्थिक गतिविधिमा संलग्न बालबालिकाको सङ्ख्या भने अत्यन्त धेरै छ । प्रतिवेदन अनुसार उक्त उमेर समूहका कुल बालबालिकामध्ये १५.७ प्रतिशत अर्थात् सात लाख ३२ हजार बालबालिका तीन महिनाभन्दा…
Read More
भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु भएको छ । शिष्टाचार भेटका लागि नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको हो । प्रधानमन्त्री ओलीसमक्ष  नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै सुदृढ बनाउने बारेमा छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।
Read More
आदिवासी जनजातिका भाषा संस्कृति, देशको सम्पत्तिः प्रदेश प्रमुख भट्ट

आदिवासी जनजातिका भाषा संस्कृति, देशको सम्पत्तिः प्रदेश प्रमुख भट्ट

'जनजाति पत्रकारहरूले मातृभाषामासमेत पत्रकारिता गर्न आवश्यक' पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आदिवासी जनजातिका भाषा र संस्कृति देशको सम्पत्ति रहेको बताएका छन् । उनले आदिवासी जनजाति पत्रकारहरूले आफ्नो भाषा, संस्कृति, रहनसहनलाई जीवन्त राखिरहन आफ्नो मातृभाषामासमेत पत्रकारिता गर्न आवश्यक रहेकोमा जोड दिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समिति र कास्की समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा उनले सञ्चार क्षेत्र समावेशी हुन आवश्यक रहेको उल्लेख गरे । पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी रहेको उनले बताए । ‘महिला, आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम तथा पछाडि परेका अल्पसंख्यक लोपोन्मुख जाति समुदाय,…
Read More
कैलालीमा चट्याङ लागेर १० जना घाइते

कैलालीमा चट्याङ लागेर १० जना घाइते

धनगढी ।  कैलालीमा चट्याङ लागेर १० जना घाइते भएका छन् ।  जिल्लाको बर्दगोरिया गाउँपालिका १ उत्तरमुडामा चट्याङ लागेर १० जना घाइते भएका हुन् । प्रहरीका अनुसार आइतबार (आज) बेलुकी उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा १३ दिने पुण्य तिथिमा स्थानीयहरु घर अगाडि अमट्टाको रूखमुनि टेन्ट हाली खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा घाइते भएका हुन् । घाइते हुनेमा उत्तरमुडाकी ५० वर्षीया फिरिया देवी चौधरी, ३५ वर्षीया रिता देवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी, ३२ वर्षीया किरन चौधरी, ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फूलकुमारी चौधरी, ३५ वर्षीया निर्मला देवी थारु र घोडाघोडी नगरपालिका(३ ढुसर बस्ने…
Read More
रौतहटमा दुर्घटनामा प्रहरी जवानको मृत्यु

रौतहटमा दुर्घटनामा प्रहरी जवानको मृत्यु

काठमाडौं: रौतहटमा मोटरसाईकल दुघर्टनामा परी प्रहरी जवानको मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका–६ स्थित तल्लोबजारमा आईतबार भएको मोटरसाईकल दुघर्टना प्रहरी जवानको मृत्यु भएको हो। चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो। मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षिय प्रहरी जवान नविनकुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। मोटरसाईकल दुर्घटनामा परि जवान यादव गम्भीर घाईते थिए। उनलाई तत्कालै चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा लगिएको थियो। यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी गुल्म बारा दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट लँगडा चोक बारामा कार्यरत प्रहरी जवान यादव कार्यालयको काम…
Read More
सातै प्रदेशमा क्यान्सर अस्पताल कुन प्रदेशमा कहाँ बाट हुदै छ उपचार ?

सातै प्रदेशमा क्यान्सर अस्पताल कुन प्रदेशमा कहाँ बाट हुदै छ उपचार ?

चितवन: चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताए । हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उनले जानकारी दिए । क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्नुपर्ने आवश्यकता भएको हो । कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने छ । कार्यकारी निर्देशक डा…
Read More