Skip to main content

धनगढी न्यूज

Month: August 2024

ग्लोबल टी-२० लिग : कप्तान रोहितको टिम ५२ रनमा अलआउट

ग्लोबल टी-२० लिग : कप्तान रोहितको टिम ५२ रनमा अलआउट

काठमाडौं – क्यानडाको ग्लोबल टी–२० लिग अन्तर्गत गएराति भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्स ७ विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको टोरोन्टोले ११.१ ओभरमा अलआउट हुँदा मात्र ५२ रन बनाएको थियो । टस जितेर सुरुमा फिल्ड रोजेको मोन्ट्रियल टाइगर्सका बलरसामू टोरोन्टोका कुनै पनि ब्यासम्यान टिक्न सकेनन् । उसका लागि जतिन्द्रपाल मथारुले १२ रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसकेका हुन् । टोरोन्टोलाई सस्तैमा समेट्न मोन्ट्रियलका लागि कलीम सानाले तीन ओभर बलिङ गर्दा १३ रन खर्चिएर चार विकेट लिए भने अजमातुल्लाह उमरजाई चार ओभर बलिङ गर्दै तीन विकेट लिए…
Read More
हसिना नयाँ दिल्ली नजिक अवतरण

हसिना नयाँ दिल्ली नजिक अवतरण

काठमाडौँ । प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गर्नुभएको छ । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएर देश छाड्नुभएको हो । प्रधानमन्त्री हसिना भारत पुगेपनि उतैबाट बेलायत जान लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरूले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौँ मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् । बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने र अन्तरिम सरकार गठनको तयारी समेत भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका…
Read More
धनगढीमा मोटरसाइकल दुर्घटनाधनगढीमा मोटरसाइकल दुर्घटना

धनगढीमा मोटरसाइकल दुर्घटनाधनगढीमा मोटरसाइकल दुर्घटना

धनगढीः कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१८ तुल्सीबारी चोकमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। कैलारी गाउँपालिका–६ का ४७ वर्षीय लेखराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१००९ प २०६२ नम्बरको मोटरसाइकल र जोशिपुर गाउँपालिकाका अनिस डगौँराले चलाएको सुदूरपश्चिम प्रदेश ०१०११ प ७६६८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर अनिसकी १७ वर्षीया छोरी अनिता चौधरी घाइते भएकी छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Read More
“बङ्गलादेशमा प्रधानमन्त्री हसिनाले राजीनामा गरे, सेनाले नयाँ सरकार गठन गर्दै

“बङ्गलादेशमा प्रधानमन्त्री हसिनाले राजीनामा गरे, सेनाले नयाँ सरकार गठन गर्दै

बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराएका छन्। प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएकी हुन्। उनले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास गणभवन छोडेर सुरक्षित स्थानमा गएकी छन्। “प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ। अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उनले भने। कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नेछन् वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने विषयमा उनले केही बताएका छैनन्। बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो।…
Read More
टीकापुरमा: बाघले ७ बाख्रा खायो

टीकापुरमा: बाघले ७ बाख्रा खायो

बाघले बिष्ट र परियारको गोठबाट ३/३ वटा बाख्रा र ओलीको गोठबाट एक बाख्रा खाएको छ। बाघले आक्रमण गर्दा बस्नेतको गोठमा थप एक बाख्रा घाइते भएको छ। कैलाली प्रहरीले घटनाबारे जानकारी गराउँदै बाघको आक्रमणबाट भएका क्षतिबारे अध्ययन गरिरहेको बताएको छ। प्रहरीले स्थानीयहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। साथै, वन कार्यालयसँग समन्वय गरेर बाघको नियन्त्रणका लागि आवश्यक कदम चाल्ने योजना बनाएको जानकारी दिएको छ। स्थानीय बासिन्दाहरूले बाघको आतंकले त्रसित बनेका छन् र बाघ नियन्त्रणका लागि तत्काल उपाय खोज्न माग गरेका छन्। बाघको आक्रमणले गाउँमा ठूलो त्रास फैलाएको छ। स्थानीयहरूले रातको समयमा सतर्कता बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन्। बाघको आक्रमणको यो घटना पछिल्लो…
Read More
आज शाहको शपथ ग्रहण, पूर्ण मन्त्रिमण्डल गठनको आशा

आज शाहको शपथ ग्रहण, पूर्ण मन्त्रिमण्डल गठनको आशा

धनगढी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो ३:३० बजे सपथ ग्रहण गर्नेछन्। आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज शपथ लिने तयारी गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहण समारोहका लागि आवश्यक तयारी भइरहेको जनाएको छ। मुख्यमन्त्री शाहले शपथ ग्रहण गरेपछि मन्त्रीपरिषद् विस्तारको तयारी पनि गरेका छन्। त्यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग छलफल गरिरहेका छन् भने कांग्रेसमा पनि मन्त्रीको नाम टुंग्याउन छलफल जारी छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच तीन-तीन मन्त्रालय लिने समझदारी भए पनि कुन मन्त्रालय लिने भन्ने कुरा टुंगो लाग्न बाँकी छ। नागरिक उन्मुक्ति पार्टीलाई पनि एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने मुख्यमन्त्री शाहको तयारी…
Read More
नगरप्रहरीद्वारा अजिङ्गरको उद्दार

नगरप्रहरीद्वारा अजिङ्गरको उद्दार

धनगढीः धनगढीको नगरप्रहरीले अजिङ्गर सपको उद्दार गरेको छ। धनगढी उपमहानगरपालिका–१२ बाट हर्कबहादुर सिंहले दिएको सूचनाको आधारमा गएराति अजिङ्गर्रको उद्दार गरिएको हो। उक्त अजिङ्गरलाई उद्दार गरि सुरक्षित स्थानमा छोडिएको नगरप्रहरीले जनाएको छ।
Read More
धार्मिक तथा ऐतिहासिक सुर्मादेवी बिरी जात मेला सुरु

धार्मिक तथा ऐतिहासिक सुर्मादेवी बिरी जात मेला सुरु

शिवजी मण्डेल, बझाङ – भगवतीका सोह्र शक्ति रुपहरू मध्ये एक सुर्मादेवीको धार्मिक, तथा ऐतिहासिक धरोहरको पर्व सुर्मादेवी बिरी जात मेला सुरु भएको छ । प्रत्येक वर्ष सुदूरपश्चिमको बझाङ र दार्चुलामा लाग्ने धार्मिक तथा ऐतिहासिक सुर्मा देवी बिरिजात मेला आइतबार देखि  सुरु भएको हो । लामो समय सम्म सुर्मा भगवतीको पूजा आराधना गरिने सुर्मा देवी बिरी जात मेला श्रावण महिनाको औँसीबाट सुरु भएर पूर्णिमा सम्म चल्ने गर्दछ । सुर्मा देवी बिरी जात मेलाको समयमा लामो समयसम्म सुर्मा देवी भगवती माताको पूजा आराधना गरिने परम्परा रहेको छबिस पाथिभेरा गाउँपालिका  – ७ का स्थानीय तथा शिक्षक कलक बहादुर मण्डेलले बताए । साउन महिनाको औँसीका…
Read More
बाघको आक्रमणमा ज्यान गुमाएकी शाहको परिवारलाई राहत

बाघको आक्रमणमा ज्यान गुमाएकी शाहको परिवारलाई राहत

कञ्चनपुरः बाघको आक्रमणबाट ज्यान गुमाएकी कञ्चनपुरकी हिरा शाहको परिवारलाई सहयोग गरिएको छ। दोधराचाँदनी नगरपालिकामा बाघको आक्रमणबाट ज्यान गुमाएकी शाहको परिवारलाई हिमालयन मध्यवर्ती उपभोक्ता समितिले किरिया खर्च स्वरुप आर्थिक सहयोग गरेको हो। समितिले बाघको आक्रमणबाट ज्यान गुमाएकी दोधारा चाँदनी–२ की २६ वर्षीया शाहको परिवारलाई किरिया खर्चस्वरुप १ लाख रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ। राहत उपलब्ध गराउने कोषबाट काजकिरिया खर्चबापत एक लाख रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको समितिले जनाएको छ। गत बिहीवार बिहान घाँस काटिरहेकी शाहको बाघले आक्रमण गर्दा ज्यान गएको थियो। दोधराचाँदनी नगरपालिकाले यसअघि घटना घटेको दोस्रो दिन किरिया खर्च स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेको थियो।  
Read More
विवादमा परेका तीजका गीत, प्रतिबन्धको मर्म के?

विवादमा परेका तीजका गीत, प्रतिबन्धको मर्म के?

काठमाडौं– तीजका गीत कस्ता हुनुपर्छ ? बदलिँदो परिवेशमा मनाउने तरिका परिवर्तन भएको चाड तीजको गीतका शब्द चयन कस्तो हुनुपर्छ ? अथवा तीजको झल्को दिने सबै तीजका गीत हुन् ? कस्ता गीतलाई तीजको गीत भनेर दाबी गर्ने ? यी प्रश्नको जवाफ सर्जकहरूले ठोस ढङ्गले बुझ्नु र बुझाउनुपर्ने बेला आएको छ । यसै पनि तीजको छेकोमा अन्य चाडको तुलनामा लोक गीत बढी निस्कने गर्छन् । अहिले तीजलक्षित गीतहरू युट्यूबमा धमाधम सार्वजनिक हुँदैछन् । विवादमा पर्नेको संख्या पनि निकै छ । यतिसम्म कि– तीज आउन एक महिना बाँकी छ, एक दर्जभन्दा बढी गीत आलोचनाका शिकार भएका छन् । पाँच गीतमा प्रतिबन्ध लागेको छ…
Read More