Skip to main content

धनगढी न्यूज

Month: August 2024

कञ्चनपुरमा भारी वर्षा

कञ्चनपुरमा भारी वर्षा

मनसुन सक्रिय हुँदा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै वर्षा भएको छ । अन्य जिल्लाको तुलनामा सुदूरपश्चिमको कञ्चनपुरमा बढी वर्षा भएको छ । यो समाचार तयार पार्दासम्म विगत ६ घण्टाको अवधिमा कञ्चनपुरको सुन्दरपुरमा ८५.६ र हनुमाननगर (भम्का)मा ५३ मिलिमिटर वर्षा मापन भएको छ । हनुमाननगरमा एक घण्टाको अवधिमा ११.४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । जल तथा मौसम विज्ञान विभागले ती केन्द्रहरुमा थप वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैले सो क्षेत्र भई बग्ने दैजी, चौधर, सुहेली र अन्य साना नदीहरुमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले भनेको छ । तडीको डिनासैली, बाजुराको बाजुरा र अछामको असराघाटमा पनि भारी वर्षा रेकर्ड भएको छ…
Read More
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू मूल एजेन्डा रहेका छन् । महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकबाट पारित नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । पार्टीका भ्रातृ  संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुनेछ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको राजनीतिक, साङ्गठनिक र समसामयिक प्रस्ताव प्रस्तुत…
Read More
बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न युनुस तयार

बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न युनुस तयार

ढाका, साउन २२ गते । बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले लामो समयदेखि शासन गर्नुभएकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि मङ्गलबार कामचलाउ सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताउनु भएको छ । प्रधानमन्त्रीबाट अपदस्थ हसिनाको दुश्मनी र लाखौँ बङ्गलादेशीको व्यापक सम्मान आर्जन गर्नुभएका लघुवित्तका अग्रणी ८४ वर्षीय युनुसलाई लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ । “यदि बङ्गलादेशमा मेरो देश र जनताका लागि साहसको कारवाही आवश्यक छ भने म यो लिनेछु ।” विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उहाँले ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गर्नु भएको छ । छयत्तर वर्षीया हसिना सन् २००९ देखि सत्तामा…
Read More
आश्रय लिएकै घरमा खस्यो पहिरो, ६ जनाको मृत्युले गाउँ नै शोकमा

आश्रय लिएकै घरमा खस्यो पहिरो, ६ जनाको मृत्युले गाउँ नै शोकमा

२२ साउन, पोखरा । बागलुङको बडीगाड गाउँपालिका–१० मा सुरक्षित भनेर शरण लिएकै घरमा पहिरो खस्दा ६ जनाको मृत्यु भएको छ, ४ जना बेपत्ता भएका छन् । पहिरोमा परेर ९ जना घाइते भएका छन् । पहिरो खस्दा घरधनी ७८ वर्षका जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी, ६ महिनाकी सीता विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांग बरालले जानकारी दिए । त्यस्तै जोगबहादुरकी नातिनी ७ वर्षकी मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् । घरमाथिबाट पहिरो खस्दा…
Read More
रानाथारु समुदायमा तीजको रौनक

रानाथारु समुदायमा तीजको रौनक

धनगढी :सुदूरपश्चिम प्रदेशको तराईबासी रानाथारु समुदायमा तीजको रौनक सुरु भएको छ । भोलि श्रावण शुक्ल तृतीयाका दिन मनाउने तीजको एक दिन अगावैबाट यो समुदायमा पर्वको चहलपहल सुरु भएको हो । रानाथारु समुदायका महिलाले आफ्नो दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै तीज व्रत बस्ने चलन छ । यो समुदायको तीज भोलि परेको छ । पर्वको अवसर पारेर रानाथारु गाउँमा सामनको डोलामा रमाउने कार्य भइरहेको रानाथारु समुदायका अगुवा नारायण रानाले बताउनुभयो । उहाँका अनुसार तीजको दिन महिला दिदीबहिनीहरु दिनभरि व्रत बस्ने र पूजाआजा गरेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका परिकार खाएर रमाउने चलन रहेको छ । तीजमा महिलाले सामूहिक रुपमा सामनको डोला…
Read More
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन । आज नै सपथ लिए लगत्तै पदभार ग्रहण गरेका हुन । सो अबसरमा बोल्दै उनले बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने बताए। ‘गठनको प्रक्रियालाई हेरेपछि यो सरकार तीव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ । विगतमा मन्त्री को हुन्छ ? भन्ने बारेमा टाउको दुखाउनुपर्ने हुन्थ्यो,’ शाहले भने, ‘तर योपटक सबै मन्त्रीज्यूलाई एकैपटक शपथग्रहण गराएका छौं । हामी सचिवज्यूहरूसँग बसेर राजस्व र दैनिक खर्चको निकास एक/दुई दिनमै दिन्छौं ।’ शाहले राजस्व र दैनिक खर्चको विषय व्यवस्थापन भइसकेपछि प्रदेश सभाको बैठक बोलाएर पूर्ण बजेट निर्माणको प्रक्रियालाई…
Read More
“भारी वर्षा हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानको सेवा अबरुद्ध”

“भारी वर्षा हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानको सेवा अबरुद्ध”

धनगढी । रातीदेखि परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । अधिक वर्षाका कारण भिजिविलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या भएको हो । सोमबार रातीदेखिको अविरल वर्षाले जहाज उडान तथा अवतरणमा समस्या देखिएको त्रिभुवन विमानस्थलले जनाएको छ । खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् भने केही जाहाजलाई डाइभर्ट गरिएको छ । विमानस्थलबाट बिहानै उड्नु पर्ने जहाज पनि उड्न सकेका छैनन् । खराब मौसमका कारण स्तानाबुलबाट काठमाडौँ आएको तुर्किस्तान एयर उतै डाइभर्ट गरिएको छ भने फ्लाइ दुबई र ड्यूक एयर अवतरण गर्न नसकेर आकाशमै केहीबेर होल्ड भएका थिए…
Read More
प्रधानाध्यापक पक्राउ: बैतडीमा महिलामाथि जबरजस्तीकरणीको घटना

प्रधानाध्यापक पक्राउ: बैतडीमा महिलामाथि जबरजस्तीकरणीको घटना

बैतडीः बैतडीमा महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका १ भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायत रहेका छन्। उनलाई महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रहरीले पक्राउ गरेको हो। स्थानीय ४० बर्षीया महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। जिल्ला अदालत बैतडीबाट सातदिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  
Read More
बैतडीका एक युवकको भारतमा मृत्यु

बैतडीका एक युवकको भारतमा मृत्यु

बैतडीः बैतडीका एक युवकको भारतमा मृत्यु भएके छ। रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीकाको सुर्नया गाउँपालिका–४ नोडालेक घर भएका अन्दाजी २०/२१ वर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले जानकारी दिए। भारतको पानीपथमा काम गर्दै आएका महराको आइतवार राति मृत्यु भएको र सोमवार घरपरिवारलाई खबर आएको उनले बताए। महराको दुर्घटनामा परी मृत्यु भएको भनिएपनि शवको प्रकृति हेर्दा त्यस्तो नदेखिएको महराले बताए। उनको शव रेलको लिकमा फेला परेको थियो।  
Read More
अधुरो धरहराको ‘बेसमेन्ट’मा ओली-बालेनको भेटघाट

अधुरो धरहराको ‘बेसमेन्ट’मा ओली-बालेनको भेटघाट

२२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा सञ्चालनमा रहेको अन्योलबारे १५ साउन मंगलबार विवादाष्पद अभिव्यक्ति दिए । ‘धरहरा कुनै पालिका विशेषको होइन,’ ओलीले धरहराको स्वामित्व काठमाडौं महानगरको नभएको भन्दै आलोचना समेत गर्न भ्याए । ‘बेसमेन्टमा पार्किङ बनिसकेको छैन, निःशुल्क पार्किङ भनेको छ, सरकारले त्यत्रो पैसा खर्च गरेको, अलिकति शुल्क लिए त निर्माणको पैसा उठ्छ नि !,’ सचिवहरूलाई निर्देशन दिने क्रममा ओलीले यो पनि भन्न छुटाएनन् । ओलीले धरहराको लिफ्ट खिया लागेर बसेको समेत बताए । ‘धरहराको टुप्पोबाट देखेको काठमाडौं साँच्चै मनमोहक देखिन्छ, अनि किन सञ्चालन नगर्ने ?,’ उनले कुन मन्त्रालयबाट कसरी सञ्चालन गर्ने हो, त्यसको कार्यविधि बनाउन…
Read More