Skip to main content

धनगढी न्यूज

Month: August 2024

उडेको ३ मिनेटमै डाइनेस्टीको हेलिकोप्टर दुर्घटना : क्याप्टेनसहित ५ जनाको मृत्यु

उडेको ३ मिनेटमै डाइनेस्टीको हेलिकोप्टर दुर्घटना : क्याप्टेनसहित ५ जनाको मृत्यु

दुई साताअघि पोखराका लागि उड्दाउड्दै सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको घटना सेलाउन नपाउँदै हेलिकोप्टर दुर्घटनाले नेपालको हवाई सुरक्षामा थप प्रश्न काठमाडौँ — एयर डाइनेस्टीका वरिष्ठ क्याप्टेन अरुण मल्लले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुइँ छाड्नुअघि ‘फ्लाइट डिस्प्याचर’ लाई ‘स्याफ्रुबेसीबाट चाँडै फर्किन्छु, अलमलिन्न,’ भनी उडेका थिए । तर त्यसको तीन मिनेटमै शिवपुरी जंगल कट्नासाथ हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा पर्दा उनीसहित चार चिनियाँ नागरिकको घटनास्थलमै मृत्यु भएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा क्याप्टेन मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको हो । हेलिकोप्टर उडानमा ६ हजार ३ सय ३० घण्टा बिताइसकेका ५८ वर्षीय…
Read More
आजको मौसमः आज भारी वर्षा हुने

आजको मौसमः आज भारी वर्षा हुने

काठमाडौँ, साउन २४ गते । देशभर मनसुनी वायुको प्रभाव रहेको र  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ । विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छभने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ…
Read More
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौँ, साउन २४ गते । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर [एटिसी]का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।
Read More
परराष्ट्र मन्त्रालय: बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ

परराष्ट्र मन्त्रालय: बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ

काठमाडौँ,  नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञिप्तिमार्फत बङ्गलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बङ्गलादेश सबै तनावबाट शान्त र संयमताका साथै लोकतान्त्रिक प्रक्रियाको महत्वमा फर्कने विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले बङ्गलादेशी नागरिक सङ्क्रमणको सुनिश्चित गरी सहज रुपमा शान्ति र स्थिरतातर्फ अग्रसरका लागि सक्षम हुने विश्वाससमेत व्यक्त गरेको छ ।
Read More
नेपाल-बङ्गलादेश ‘कनेक्सन’ : वीपीले दिएको हतियारबाट पाकिस्तानविरुद्ध पहिलो फायर

नेपाल-बङ्गलादेश ‘कनेक्सन’ : वीपीले दिएको हतियारबाट पाकिस्तानविरुद्ध पहिलो फायर

काठमाडौं- बङ्गलादेश दक्षिण एसियाको सबैभन्दा कान्छो मुलुक हो । उत्तर, पूर्व र पश्चिम सीमा भारत र दक्षिणपूर्व सीमा म्यानमारसँग जोडिएको बङ्गलादेश सन् १९७१ मा भारतको सहयोगबाट पाकिस्तानबाट छुट्टिएर स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको थियो । सन् १९४७ मा भारत विभाजनका बेला हालको बङ्गलादेशलाई ‘पूर्वी पाकिस्तान’को नामबाट पाकिस्तानको पूर्वी भाग घोषणा गरिएको थियो । पूर्व र पश्चिम पाकिस्तानबीच झण्डै १६ सय किलोमिटर अर्थात्‌ एक हजार माइलको भौगोलिक दूरी थियो । पाकिस्तानका दुवै भागका जनताको धर्म इस्लाम भए पनि उनीहरूबीच जाति र भाषागत दूरी थियो । पाकिस्तानको तत्कालीन सरकारले गरेको अन्यायविरुद्ध सन् १९७१ मा भारतको सहयोगमा शुरू भएको स्वतन्त्रता आन्दोलनपछि स्वतन्त्र राष्ट्र बङ्गलादेशको…
Read More
“गोदावरीमा पुरुषको शव भेटियो”

“गोदावरीमा पुरुषको शव भेटियो”

अत्तरिया – कैलालीको गोदावरीमा पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोदावरी नगरपालिका – ३ चौकिडाँडामा प्रहरी बिट नजिकै परुषको शव फेला परेको हो । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा थापाले बताएका छन् । उनका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
Read More
“भारतले जित्यो काभा भलिबल नेसन्स लिग, नेपाल स्तब्ध”

“भारतले जित्यो काभा भलिबल नेसन्स लिग, नेपाल स्तब्ध”

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ। घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक‌ पटक गुमाएको छ। कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अंक जोड्यो। तर बलियो प्रतिद्वन्द्वी भारतले केहि बेरमै ३-३ को बराबरीमा पुर्यायो। अंक जोड्ने होडबाजी दुवै टिमको थियो। नेपाललाई भरपुर दर्शकको साथ थियो। ब्लकमा मजबुत भारतले नेपाललाई चुनौती दिदै १८-१४ को अग्रता बनायो। यही अग्रतालाई निरन्तरता दिएको भारतले २३-२० को अग्रता बनाउँदा भारत पहिलो सेटको जित…
Read More
सुदूरपश्चिममा छाउगोठ बस्दाको पीडा, पाँच वर्षमा ८ महिलाको मृत्यु

सुदूरपश्चिममा छाउगोठ बस्दाको पीडा, पाँच वर्षमा ८ महिलाको मृत्यु

ऋतु ओझा, धनगढीः सुदूरपश्चिममा पाँच वर्षको अवधिमा छाउपडी गोठमा बस्नुपरेकै कारण आठ महिलाले ज्यान गुमाएका छन्। छाउपडी प्रथाले सुदूरपश्चिममा सबभन्दा कसिलो जरो गाडेको छ। थुप्रै सचेतना अभियान चलाइएका भए पनि महिलालाई कष्ट बेहोर्न बाध्य पार्ने यो चलन अझै हट्न सकेको छैन। छाउपडी प्रथालाइ न्यूनीकरण गर्न थुप्रै अभ्यास भने नभएका होइनन्। तर जे जति लगानी गरियो, त्यसअनुसार प्रतिफल भने पाइएन। यो कुप्रथालाई न्यूनीकरण गर्न भनेर महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य, गैरसरकारी संस्थाअन्तर्गतका धेरै एनजीओ/आईएनजीओले थुप्रै कार्यक्रम गरेका छन्। तर कत्तिको प्रभावकारी भयो? यसको लेखाजोखा न सरकारी कार्यालयले राखेका छन् न त गैरसरकारी संस्थाले नै। जब छाउपडी गोठमा महिलाको ज्यान जान्छ तब…
Read More
कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु

कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु

धनगढी : कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–१२ दुवाहाका ५२ वर्षीय करन सिंह महराको डुबेर मृत्यु भएको हो। महरा सोही ठाउँको कलभर्टमा डुबेको अवस्थामा मङ्गलवार दिउँसो मृत फेला परेका हुन्।
Read More
चन्द्रमा मा राखियो नेपाली छोरीको नाम:

चन्द्रमा मा राखियो नेपाली छोरीको नाम:

नेपाली महिला चन्द्रमामा: पासाङ ल्हामु शेर्पाको सम्मानमा "ल्हामु" नामको क्रेटर एक ऐतिहासिक निर्णयमा, चन्द्रमाको दक्षिण ध्रुवमा रहेको एक क्रेटरलाई पासाङ ल्हामु शेर्पाको सम्मानमा "ल्हामु" नामकरण गरिएको छ, जो सगरमाथाको शिखर चढ्ने पहिलो नेपाली महिला हुन्। यो महत्त्वपूर्ण उपलब्धिले शेर्पाको प्रेरणादायक विरासत र नेपाल र संसारमा उनको महत्वपूर्ण प्रभावलाई मान्यता दिन्छ। पासाङ ल्हामु शेर्पाको १९९३ मा सगरमाथाको शिखर चढ्ने यात्रा एक उल्लेखनीय उपलब्धि थियो जसले बाधाहरू तोड्यो र भविष्यका पुस्ताका महिलाहरूका लागि मार्ग प्रशस्त गर्यो। उनको दृढता र साहसले धेरैलाई प्रेरणा दिन्छ, उनलाई बल र सहनशीलताको एक स्थायी प्रतीक बनाउँछ। शेर्पाको सम्मानमा एक चन्द्रमाको क्रेटर नामकरण गर्ने निर्णय समाजमा महत्वपूर्ण योगदान…
Read More