Skip to main content

धनगढी न्यूज

Month: August 2024

टीकापुरमा चितुवाको त्रास: दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ।

टीकापुरमा चितुवाको त्रास: दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ।

कैलाली: एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ। चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिए। ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उनले नागरिकलाई नआत्तिन आग्रह गरे। “स्थानीयले तीन चितुवा देखेको बताएका छन्। हामी चितुवा नियन्त्रणको प्रयासमा छौँ”, उनले भने। चितुवाले खोर नै रित्याउने गरी बाख्रा मारेपछि यहाँ त्रास फैलिएको छ। दैनिक बाख्रा मार्न थालेपछि टीकापुर नगरपालिकाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली टीकापुर पुगेको छ। बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्राविधिक जगनारायण चौधरी, राष्ट्रिय…
Read More
सर्पले टोकेर बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते

सर्पले टोकेर बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते

बर्दिया : बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ।   गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको हो। मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते भएकी छन्। घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्‍याएकोमा चिकित्सकले सर्पको टोकाइबाट मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। प्रहरीका अनुसार बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि…
Read More
माओवादीमा दाहालमाथि प्रश्नैप्रश्न

माओवादीमा दाहालमाथि प्रश्नैप्रश्न

काठमाडौँ — माओवादी केन्द्रको शुक्रबार सुरु हुने स्थायी समिति र त्यसपछि हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरूबाट दर्जनौं प्रश्न सामना गर्नुपर्ने भएको छ । ३६ वर्षदेखि पार्टीको मुख्य नेतृत्वमा रहेका उनीमाथि सत्ता मोहका कारण पटकपटक गठबन्धन फेरेको, पार्टीमा सामूहिक निर्णय नगरेको, दोस्रो तहका नेताहरूको नेतृत्व विकासका लागि बाटो खुला नगरेको जस्ता प्रश्न उठाउने तयारीमा नेताहरू रहेका छन् । माओवादीको गत साता भएको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले खुलेर धारणा राख्न भनेपछि पदाधिकारीहरूले सत्ताका लागि पटकपटक गठबन्धन फेर्दा सर्वसाधारणमा गलत सन्देश गएको, संगठनले गति लिन नसकेको, नेता तथा कार्यकर्ताको कार्यशैली झन् बिग्रिएको टिप्पणी गरेका थिए । उनीहरूले कांग्रेस–एमालेको गठबन्धन बनेपछि माओवादीलाई संगठन…
Read More
नाग पञ्चमी : किन नेपालीहरूले यसलाई मनाउँछन्?”

नाग पञ्चमी : किन नेपालीहरूले यसलाई मनाउँछन्?”

नागराजसँग ब्रह्माको संवाद भएको तिथिका रूपमा श्रावन शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाइन्छ। यो पर्वमा नागको अष्टकूल अर्थात् अनन्त, वाशुकी, पद्म, महापद्म, तत्क्षक, कुलीर, कर्कट र शंख नागको चित्रमा दुध, दही, अक्षता, फूल, दुबो, आदिले विधिपूर्वक पूजा गरेर दुध र नैवद्ध चढाइन्छ। यस्तो विधि सकिएपछि नागको तस्बिरलाई घरको मूल ढोकामा टाँसिन्छ। यसरी नागको तस्बिर टाँस्नाले घरमा चट्याङ, आगो र सर्पको डर हुँदैन भन्ने धार्मिक मान्यता छ। भगवान श्री कृष्णको पद चिन्हलाई कलीय नागले आफ्नो शिरमा राख्ने सौभाग्य पाएकाले उसका सन्तानलाई मार्नु हुँदैन भन्ने विश्वासका साथ पनि नागको पूजा गरिने व्रह्मण पुराणमा उल्लेखित छ। नागपञ्चमीको दिनदेखि वर्षा याम समाप्त भई हिउँद…
Read More
मध्यराति किशोरीलाई जंगलमा लगेर सामूहिक बलात्कार, एक जना पक्राउ

मध्यराति किशोरीलाई जंगलमा लगेर सामूहिक बलात्कार, एक जना पक्राउ

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१० का पदम थापा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। साउन ९ गते राति गोदावरी नगरपालिका-३ की १७ वर्षीया किशोरी लक्ष्मी (नाम परिवर्तन) लाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा थापा पक्राउ परेका हुन्। पीडित किशोरीले प्रहरीमा उजुरी दिएपछि घट्ना अहिले वाहिर आएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले साउन १५ गते थापालाई घरबाटै पक्राउ गरिएको जानकारी दिए। थापाले फेसबुकमा फेक आइडी बनाएर लक्ष्मीसँग कुरा गर्दै आइरहेका थिए। परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति लक्ष्मीलाई घर बाहिर भेट्न बोलाए। लक्ष्मीलाई बाइकमा राखेर राति झण्डै १ः३० बजे गोदावरी नगरपालिका-१० को…
Read More
स्कूल बस खोलामा खस्यो, ११ विद्यार्थीको उद्धार

स्कूल बस खोलामा खस्यो, ११ विद्यार्थीको उद्धार

सुर्खेतको वीरेन्द्रनगरमा स्कूल बस खोलामा खसेको छ । डीभी निकेतन बोर्डिङ स्कूलको बस वीरेन्द्रनगर नगरपालिका– ७ स्थित​ इत्राम खोलामा खसेको हो । विद्यार्थी बोकेको उक्त बस ३/४ मिटर तल खोलामा पल्टिएको नेपाल प्रहरीले शुक्रवार आफ्नो फेसबूक पेजमार्फत जनाएको छ । स्कूल बस खसेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । बसभित्र रहेका ११ जना विद्यार्थीलाई सकुशल उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्था पठाइएको प्रहरीले जनाएको छ ।
Read More
SPA कलेजका BIM विद्यार्थीहरूको महेन्द्रनगरको वेबसरफरको शैक्षिक अवलोकन भ्रमण

SPA कलेजका BIM विद्यार्थीहरूको महेन्द्रनगरको वेबसरफरको शैक्षिक अवलोकन भ्रमण

महेन्द्रनगर, कञ्चनपुर – सैद्धान्तिक ज्ञान र व्यावहारिक अनुप्रयोगको अन्तरलाई कम गर्नको लागि, SPA कलेजका Bachelor of Information Management (BIM) संकायका विद्यार्थीहरूको एक समूहले महेन्द्रनगर, कञ्चनपुरको प्रख्यात ब्रॉडब्याण्ड इन्टरनेट सेवा प्रदायक (ISP) वेबसरफरको एक दिने अवलोकन भ्रमण सम्पन्न गरे। यस भ्रमणको क्रममा, विद्यार्थीहरूले वेबसरफरको सञ्चालनको आधारभूत संरचना र अत्याधुनिक प्रविधिहरूको अवलोकन गर्ने अवसर प्राप्त गरे। यस अवलोकनले विद्यार्थीहरूलाई वास्तविक संसारको नेटवर्क सञ्चालन र व्यवस्थापनको कार्यप्रवाहबारे बहुमूल्य जानकारी प्रदान गर्‍यो, जसले ISP सेवाको विश्वसनीयता र कार्यक्षमता कायम राख्नका लागि आवश्यक चुनौतीहरूमा झलक दियो। यो अनुभवले विद्यार्थीहरूलाई प्रेरणा र शिक्षा प्रदान गरेको थियो, जसले भविष्यका प्राविधिक व्यवसायीहरूमा गहिरो छाप छोडेको छ। यस भ्रमणले…
Read More
जापानमा ७.१ म्याग्निच्यूडको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्यूडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ — जापानमा ७.१ म्यानिच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामी आउने चेतावनी दिइएको छ  । जापानको मौसम विज्ञान एजेन्सीले क्युसु र सुकोकु टापु क्षेत्रमा सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा सुरूमा ६ भूकम्प गएको थियो अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समुन्द्रको पानीको छाल बढेको र सुनामीको संकेत देखिएको रिपोर्ट गरिरहेका छन् । एक मिटरसम्म पानी बढ्नसक्ने चेतावनी दिइएको छ ।
Read More
सुदुरपश्चिम प्रदेश सरकारले नयाँ बजेट सदनमै पेश गर्ने

सुदुरपश्चिम प्रदेश सरकारले नयाँ बजेट सदनमै पेश गर्ने

धनगढी: सुदुरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउन लागेको छ । तत्कालिन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट फेल भए सगैं प्रदेशमा बजेट शुन्यता शुरु भएको थियो । साउन १ गतेदेखी प्रदेश सरकारले राजश्व समेत सकंलन गर्न पाएको थिएन । राजश्व सकंलनका लागी प्रदेशको मन्त्रीपरिषद बैठकले कर संकलन सम्बन्धी अध्यादेश पारित गरिसकेको छ । अब केही दिन भित्रे नयाँ बजेट सदनमा पेष गर्ने सरकारको तयारी छ । बिगतको सरकारले ल्याएको बजेट फेल भइसक्यो हामीले तत्कालको समस्या हल गर्न राजश्व सम्बन्धी अध्यादेश पास गरेका छौँ मुख्यमन्त्री कमल बहादुर शाहले भने “अब बजेट शुन्यताको समस्या हल गर्ने गरी चाँडै प्रदेशसभामा बजेट पेस गरेर…
Read More
डुबेर दुई बालबालिकाको मृत्यु, एक घाइते

डुबेर दुई बालबालिकाको मृत्यु, एक घाइते

कञ्चनपुरः कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्य भएको छ भने एक बालिका घाईते भएकी छिन्। शुक्लाफाटा नगरपालिका–४ आसपुरी स्थित माछा पोखरीमा नुहाउने क्रममा सोही ठाउँकी १३ वर्षीया बिपना चुनाराको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। सोही ठाउँकी १३ वर्षीया दिविका सुनारलाई घाईते अवस्थामा उद्दार गरीएको प्रहरीले जनाएको छ। उनको अहिले उपचार भईरहेको छ। यस्तै भीमदत्त नगरपालिका–१९ बागँफाटा स्थित वडा नम्बर १९ को कार्यालय पछाडी रहेको पानीको तलावमा सोही ठाउँ बस्ने ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको छ।
Read More