07
Oct
काठमाडौं : नेपाल प्रिमियर लिगको अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाखमा बिक्री भएका छन्। गुलशन कुमार झा ललित राजवंशी, अनिल कुमार शाह, भीम सार्की, आरिशफ शेख, विवेक कुमार यादव, शाहब आलमलगायत खलाडी सर्वाधिक १५ लाख मुल्यमा बिक्री भएका हुन्। अक्सनको पहिलो चरणमा विनोद भण्डारी, पुथु वास्कोटा, शरद भेषावकरजस्ता उत्कृष्ट खेलाडी पनि अनसोल्ड भएका थिए। एक सय ६२ खेलाडी समावेश गरिएको अक्सनमाको पहिलो चरणमा ६४ खेलाडी बिकेका थिए। ए र बी श्रेणीमा नविकेका खेलाडीलाई श्रेणी घटाएर दोस्रो चरणमा विसलिस्टसहित अक्सन भएको थियो। पहिलो चरणमा ए श्रेणीका १० खेलाडी अनसोल्ड भएका थिए। सर्वाधिक १५ लाखमा विकेका गुल्सन कुमार झालाई लुम्बिनी बाहेक ७ टिमले…






