Skip to main content

धनगढी न्यूज

Month: July 2025

एक वर्षमा साढे दुई लाखभन्दा बढी पर्यटकले गरे टीकापुर पार्क अवलोकन

एक वर्षमा साढे दुई लाखभन्दा बढी पर्यटकले गरे टीकापुर पार्क अवलोकन

कैलालीः गत आर्थिक वर्षमा कैलालीको टीकापुर पार्कमा साढे दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। विज्ञापन आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ५३ हजार चार सय ६८ जना आन्तरिक पर्यटकले टीकापुर पार्कको अवलोकन गरेका हुन्।   टीकापुर नगरपालिकाको मातहतमा रहेको टीकापुर पार्कबाट नगरपालिकाले गत आवमा रु ९३ लाख ४४ हजार चार सय १०  राजस्व सङ्कलन गरेको छ । आ.व. २०८०/८१ मा नगरपालिकाले पार्कबाट रु ६३ लाख ९७ हजार एक सय ७५ राजस्व सङ्कलन गरेको थियो। विज्ञापन टीकापुर नगरपालिकाका राजस्व शाखा प्रमुख नन्द केसीले दिएको जानकारीअनुसार गतवर्ष दुई लाख १८ हजार दुई सय ८ जना स्वदेशी पर्यटकले पार्कको अवलोकन गरेका थिए। जसबाट…
Read More
मीनकृष्ण महर्जन भन्छन् :  मुख्यमन्त्री लामाले नैतिकताको आधारमा दलको नेताबाट राजीनामा दिनुपर्छ

मीनकृष्ण महर्जन भन्छन् : मुख्यमन्त्री लामाले नैतिकताको आधारमा दलको नेताबाट राजीनामा दिनुपर्छ

हेटौँडा । बागमती प्रदेश सरकारमा सत्तारुढ दल नेपाली कांग्रेसभित्रको विवाद चुलिँदै गएको छ । प्रदेशसभामा कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँको पक्षमा समर्थन जनाउँदै पदबाट राजीनामा दिएका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले २०५६ सालमा कृष्णप्रसाद भट्टराईको प्रसङ्ग स्मरण गराउँदै मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुपर्ने बताएका हुन् । कांग्रेस संसदीय दलको नेता परिवर्तनको पक्षमा उभिएर मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर गरेका उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् । मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन हस्ताक्षर गरेका उनले शुक्रबार दिउँसो मन्त्री पदबाट राजीनामा दिएर ह्वाट्स एपबाट राजीनामा पत्र पठाएका थिए भने मुख्यमन्त्री लामाले उनलाई पदबाट…
Read More
नक्कली लालपुर्जा बनाएको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ

नक्कली लालपुर्जा बनाएको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ

नक्कली लालपुर्जा प्रकरणमा बुटवल मालपोत कार्यालयका अधिकृत पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गर्दै अर्कै व्यक्तिको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार नक्कली लालपुर्जा प्रकरणमा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवट र तिलोत्तमाकी रञ्जना थापा पनि पक्राउ परेकी छन्। उनीहरूलाई सरकारी छापको दुरुपयोग र नक्कली लालपुर्जा बनाइदिएको अभियोगमा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए। उक्त प्रकरणमा संलग्न अन्य मालपोत कर्मचारी विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको बताइएको छ। पक्राउ…
Read More
सिजेरियन प्रसूति बढ्दो, रहर कि बाध्यता ?

सिजेरियन प्रसूति बढ्दो, रहर कि बाध्यता ?

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार १० देखि १५ प्रतिशतभन्दा बढी शिशु शल्यक्रियाबाट जन्माउन आवश्यक पर्दैन । तर नेपालमा सरकारी अस्पतालमै झन्डै ५० प्रतिशतले शल्यक्रिया अर्थात् सिजेरियन गरी बच्चा जन्माउँछन् । यसबाट देखिन्छ पछिल्लो समय नेपालमा सिजेरियनबाट बच्चा जन्माउने क्रम ह्वात्तै बढेको छ । चिकित्सकका अनुसार स्वास्थ्यमा जटिल अवस्था नआएसम्म शल्यक्रियाबाट प्रसूति गराउनु उचित हुँदैन । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल देशभरमै सबैभन्दा धेरै प्रसूति गराउने अस्पताल हो । यो अस्पतालमा पनि शल्यक्रियामार्फत प्रसूति गराउने दर बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार अझै सरकारी भन्दा निजी अस्पतालहरूले ९० प्रतिशत शल्यक्रियामार्फत प्रसूति गराउँदै आएका छन् भने…
Read More
बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने एपस्टिनको ५० औं जन्मदिनमा बिल क्लिन्टनले पनि लेखेका थिए पत्र

बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने एपस्टिनको ५० औं जन्मदिनमा बिल क्लिन्टनले पनि लेखेका थिए पत्र

बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनको ५० औं जन्मदिनमा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि पत्र लेखेको खुलासा भएको छ। सन् २००३ मा एपस्टिनको ५० औं जन्मदिनको अवसरमा ट्रम्पले पत्र लेखेको गत हप्ता अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले खुलासा गरेको थियो। एपस्टिनकी प्रेमिका गलिन म्याक्सवेलको अनुरोधमा एपस्टिनका करिब ५ दर्जन साथीहरूले उनलाई पत्र लेखेका थिए। तिनीहरूमध्ये २००१ मा अमेरिकी राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल पूरा गरेका क्लिन्टन पनि भएको जर्नलले लेखेको छ। ट्रम्पले लेखेको अश्लिल पत्रमा एक नग्न महिलाको आकृतिभित्र शब्दहरू लेखिएका थिए। तर क्लिन्टको पत्र भने त्यस्तो नभएर सामान्य खालको छ। ट्रम्पको पत्र जस्तै क्लिन्टको पत्र…
Read More
प्रधानमन्त्रीले गरे मधेसका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन (तस्बिरहरू)

प्रधानमन्त्रीले गरे मधेसका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गरेका छन्। उनले आज बारा र महोत्तरीका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गरेका हुन्। देशव्यापी मनसुनी वायुको प्रभाव कमजोर हुँदा पर्याप्त वर्षा भएको छैन। मधेसमा त झन् वर्षा भएको छैन। पानी नपरेकाले मधेसमा ४० प्रतिशत पनि रोपाइँ भएको छैन। रोपाइँ नहुँदा धानको उत्पादन घट्ने विज्ञहरूले बताएका छन्। सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ। प्रधानमन्त्रीले आजै दिउँसो १:४० बजे जनकपुर-कुर्था-सम्सी सडक खण्डको रौजा स्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस्तै दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्घाटन गर्नेछन् भने दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम…
Read More
बाजुरा दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

बाजुराः जिल्लाको हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सोही गाउँपालिका–५ क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा कच्ची सडक र क्षमताभन्दा बढी यात्रु बोकेर आएको बा प ०३–००१ ज ०३३८ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। विज्ञापन जीप दुर्घटनामा परी घाइते भएका जीप चालक २३ वर्षीय गौरी बुढा, सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया,…
Read More
संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता गर्दा राष्ट्रपतिले लिएका ५ आधार

संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता गर्दा राष्ट्रपतिले लिएका ५ आधार

राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता पठाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाएका हुन्। सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधि सभामा बिहीबार फिर्ता पठाएको  राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। दुवै सदनबाट पारित भई आएको सो संशोधन विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष पेस भएको थियो। संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पाँच आधार लिएका छन्। १. नेपालको संविधानको…
Read More
त्रि.वि.ले BIM कार्यक्रमलाई अब BITM कार्यक्रमको रुपमा अगाडि बढाउने

त्रि.वि.ले BIM कार्यक्रमलाई अब BITM कार्यक्रमको रुपमा अगाडि बढाउने

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित BIM कार्यक्रमलाई परिवर्तन गरी BITM(Bachelor of Information Technology Management) को रुपमा अगाडि बढाइने भएको छ । व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन हुँदै आएको कार्यक्रममा समयानुसार केही परिवर्तन गर्दै यसै शैक्षिक सत्र २०८२०८३ देखि लागु हुने गरी यसको नाम BITM राखिएको हो । व्यवस्थापन संकाय अन्तर्गत राखिएको भएतापनि यसमा प्रत्येक सेमेष्टरमा व्यवस्थापन तथा आइटीका बराबर विषयहरु रहेका छन् । त्यसको अलावा विद्यार्थीहरुलाई कम्प्युटरका विभिन्न प्रयोगात्मक ज्ञान , सीप तथा प्रोजक्टमा आधारित शिक्षणसिकाइ पनि पाठ्यक्रमले निर्दिष्ट गरेको छ । साथै , अन्तिम वर्षमा विद्यार्थीहरुलाई प्रतिपर्धात्मक बजारको व्यवहारिक ज्ञान प्रदान गर्ने हेतुले इन्टर्नसीपको पनि व्यवस्था गरिएको छ ।…
Read More
कागजात किर्ते : शैल्यशिखरका नगर प्रमुखका छोरा र कृषि शाखा प्रमुख पक्राउ

कागजात किर्ते : शैल्यशिखरका नगर प्रमुखका छोरा र कृषि शाखा प्रमुख पक्राउ

दार्चुलाः दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कर्मचारी सरकारी कागजात किर्ते र जालसाजी अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। विज्ञापन जनकसिंह नगर प्रमुख विजयसिंह धामीका छोरा समेत हुन्। जिल्ला अदालतबाट अनुमति लिएर बुधवार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले बताए। उनीहरूमाथि जालसाजी र सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान भइरहेको छ। कृषि शाखा प्रमुख विष्ट र भेटेरिनरी प्राविधिक धामीले मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाएर झूटा कागजात तयार गरेका थिए। समूहको निष्क्रिय बैंक खाता सक्रिय बनाएर ‘ओखर पकेट…
Read More