07
Dec
भारतको उत्तरी गोवाको अर्पोरास्थित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। राजधानी पनजीबाट २५ किलोमिटरको दूरीमा रहेको बर्च बाई रोमियो लेन नाम गरेको नाइट क्लबमा मध्यरातमा भीषण आगलागी हुँदा २३ जनाको मृत्यु भएको भारतीय पत्रिका हिन्दस्तान टाइम्सले जनाएको छ। गोवाका प्रहरी प्रमुख आलोक कुमारका अनुसार ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी सुरु भएको थियो। आगलागीका कारण क्लबभित्र रहेका मानिसहरू भाग्न नपाउँदै धुवाँ र आगोको लप्कामा परेका थिए। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये अधिकांश क्लबका किचनमा काम गर्ने कर्मचारी रहेको जानकारी दिएका छन्। मृतकमध्ये तीनजना महिला रहेका छन् भने तीन–चार जना पर्यटक पनि रहेको उनले बताएका छन्। मुख्यमन्त्री सावन्तका अनुसार २३ मृतकमध्ये तीन जनाको…






