20
Apr
काठमाडौं : नेपाली विद्यार्थी आन्दोलन अहिले गम्भीर आत्मसमीक्षा, संरचनात्मक सुधार र अस्तित्व रक्षाको चुनौतीपूर्ण मोडमा उभिएको छ। समय र प्रविधिको मागअनुसार पुरानो ढर्रा त्यागेर राजनीतिमा ‘अपडेट’ र शुद्धीकरणको आवश्यकता औँल्याइएको छ। आन्दोलनलाई विचारको ‘नर्सरी’ मान्दै यसलाई उपेक्षा गर्ने र प्रशासनिक बलमा सिध्याउने खेलको प्रतिवाद विद्यार्थी नेताहरूले गरेका छन्। विद्यार्थी नेतृत्वलाई आफ्ना पार्टीका शीर्ष नेताको छायाँ मात्र नबनी शैक्षिक मुद्दामा केन्द्रित भएर सडक संघर्षमा खटिन पूर्व नेतृत्वले निर्देशन दिएका छन्। आन्दोलनको गरिमा फर्काउन बदलिँदो सामाजिक मनोविज्ञान बुझ्ने र आचरणगत सुधार गर्दै नीतिगत लडाई लड्न आफूहरू तयार रहेको विद्यार्थी नेता बताउँछन्। नेपाली कांग्रेसका नेता नैनसिंह महरले परिवर्तनशील समाज र प्रविधिको युगमा पुरानै राजनीतिक…






