Skip to main content

धनगढी न्यूज

धनगढी न्यूज

2290 Posts
सुर्खेतमा किशोरी बलात्कार घटनाको पोष्टमर्टम रिपोर्ट- अत्यधिक रक्तश्रावका कारण मृत्यु

सुर्खेतमा किशोरी बलात्कार घटनाको पोष्टमर्टम रिपोर्ट- अत्यधिक रक्तश्रावका कारण मृत्यु

किशोरीमाथि बलात्कार भएको घटनाको पोस्टमर्टम रिपोर्टमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको खुलेको छ। शनिबार (फागुन २३) गते वीरेन्द्रनगर नगरपालिका ४ स्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी अचेत अवस्थामा फेला परेकी थिइन्। कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरिदिएको थियो। सोही अस्पतालमा पोस्टमर्टम भएको र रिपोर्टले बालिकाको यौनांगमा चोट देखाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए। उनका अनुसार बलात्कारपछि लागेको चोटका कारण अत्यधिक रक्तश्राव भई बालिकाको मृत्यु भएको रिपोर्टले देखाएको छ। पोस्टमर्टमका लागि कर्णाली अस्पतालमा बाँकेस्थित भेरी अस्पतालबाट फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यलाई बोलाइएको थियो। उनीसहित संलग्न चिकित्सकको टोलीले गरेको पोष्टमर्टम रिपोर्ट बुधबार प्रहरीलाई दिएको थियो। ‘पोस्टमार्टम रिपोर्टमा बालिकाको संवेदनशील अंगमा…
Read More
मध्यपूर्वमा तनाव : तेलको मूल्य आकासियो, प्रतिब्यारेल १०० डलर नाघ्यो

मध्यपूर्वमा तनाव : तेलको मूल्य आकासियो, प्रतिब्यारेल १०० डलर नाघ्यो

२८ फागुन, काठमाडौं । मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ । एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ, जसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपेको छ । यो मूल्यवृद्धि अमेरिका–इजरायल र इरानबीच जारी तनावको प्रत्यक्ष परिणाम हो । ऊर्जा ढुवानीका लागि विश्वकै सबैभन्दा महत्त्वपूर्ण जलमार्ग ‘हर्मुज स्ट्रेट’ आक्रमणको डरले लगभग बन्द छ । इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिका र उसका सहयोगीहरूसँग सम्बन्धित कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २ सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । बढ्दो…
Read More
जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ : कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिकास्थित लालपुरमा केहीबेरअघि से १ च १४०५ को जीपले म २ प ३५०६ को मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले थाहाखबरलाई जानकारी दिए। महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको जीपले विरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै व्यक्तिको घटनास्थलमै मृत्यु भएको उनले बताए। उनीहरू दुवैको नाम खुलेको छैन दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको थापाले जानकारी दिए। जीप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।थाहाखबर बाट साभार
Read More
नयाँ बन्ने सरकारलाई पत्र

नयाँ बन्ने सरकारलाई पत्र

सर्वप्रथम, नयाँ बन्ने सरकारलाई अग्रिम बधाई। यहाँहरूको सफल कार्यकालको लागि भगवान् श्री गणेशसँग प्रार्थना गर्दै उहाँसँग सम्बन्धित एक प्रेरणादायी कथा स्मरण गराउन चाहन्छु । एक दिन शिव र पार्वतीले आफ्ना दुई पुत्र—गणेश र कुमारलाई विशेष लड्डु दिने निर्णय गर्नुभयो। माता पार्वतीले भन्नुभयो, “जसले पहिले सुमेरु पर्वतको परिक्रमा गर्छ, उसैले सबै लड्डु पाउँछ।” यो सुन्नासाथ कुमार आफ्नो मयूर वाहनमा चढेर तीव्र गतिमा सिधै पर्वतको परिक्रमा गर्न निस्किए। उनी उत्साहित थिए र  गति नै सबै कुरा हो भन्ने विश्वास गर्थे। तर गणेश, जसको वाहन मुसा थियो, माता पार्वतीको कुरा सुनेर केही समय सोचमा परे। उनले आफ्ना माता–पिता शिव र पार्वतीलाई नै सुमेरु…
Read More
अमेरिका र इसराइलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते

अमेरिका र इसराइलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते

अमेरिका र इसराइलले गरेको आक्रमणमा परी ‍इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते भएको खुलेको छ। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले स्रोतलाई उद्धृत गरेर लेखेको समाचारमा नयाँ सर्वोच्च नेता मोज्तबा अमेरिका-इसराइलले गरेको पहिलो दिनको हवाई हमलामै घाइते भएको उल्लेख छ। खामेनीको खुट्टा भाँचिएको छ भने अनुहारमा पनि सामान्य चोट लागेको सिएनएनले जनाएको छ। डिसेम्बर २८ मा तेहरानमा भएको आक्रमणमा त्यतिबेला सर्वोच्च नेता रहेका आयातोल्लाह अली खामेनीसहित शीर्ष अधिकारीहरू मारिएका थिए। हमलामा खामेनी परिवारका पाँच सदस्य पनि मारिएका थिए। साइप्रसका लागि इरानी राजदूत अलिरेजा सलारियनले बेलायती पत्रिका  द गार्डियनलाई दिएको जानकारी अनुसार मोज्तबा त्यस दिन आफ्ना पिता अली खामेनी मारिएकै हवाई आक्रमणमा…
Read More
गगनले के गर्लान् ?

गगनले के गर्लान् ?

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा अपेक्षित मतपरिणाम प्राप्त नभएसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । अघिल्लो प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेसले यसपटक प्रत्यक्ष र समानुपातिकतर्फ मत गुमाउँदै दोस्रो दल बनेको छ । पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा कांग्रेसले प्रत्यक्षमा १०७ सिट कम ल्याएको छ । समानुपातिकतर्फ पनि फराकिलो अन्तरले रास्वपाले कांग्रेसलाई पछि पारेको छ । कांग्रेसलाई प्रत्यक्ष एवं समानुपातिक तर्फ उल्लेख्य मत घट्नु र सभापति स्वयं पराजित बनेपछि उनी माथि नैतिक प्रश्न समेत उठेको छ । सभापति थापालाई भेटेका नेताहरूका अनुसार उनी पदबाट राजीनामा दिने मनस्थितिमा छन् ।…
Read More
१ लाख ४९ हजार निर्वाचन प्रहरीको बिदाइ आज

१ लाख ४९ हजार निर्वाचन प्रहरीको बिदाइ आज

काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरुको आज बिदाई गरिँदैछ। ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए। उनीहरुलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि विदाई गरिनेछ। काफ्लेले निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनबाटै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न सम्भव भएको बताए।। यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी एक लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० सहित एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो। सशस्त्र प्रहरी…
Read More
रविको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता विरूद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

रविको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता विरूद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमा सर्वोच्च अदलतले पूर्ण सुनुवाइका पेस गर्न आदेश दिएको छ। बुधबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो। यसको सुनुवाइ चैत १ गतेदेखि हुने भएको छ। यो दिन पेसी तोक्दा हेर्न नमिल्ने न्यायाधीशहरू बाहेकले गोलाप्रथा गरी पेसी स्थगित नहुने गरी सुनुवाइका लागि राख्न आदेश भएको हो। 'यसमा विपक्षीहरूको लिखित जबाफसमेत परिसकेको वा लिखित जबाफ पर्ने म्याद नाघिसकेको र प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु हेर्दा तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिँदा हेर्न नहुने बाहेक गरी…
Read More
प्रतिनिधिसभा निर्वाचन : २ हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले पाएनन् एक भोट पनि !

प्रतिनिधिसभा निर्वाचन : २ हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले पाएनन् एक भोट पनि !

काठमाडौं :  फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी (जमानत) जफत भएको छ। निर्वाचन आयोगकाअनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले दिनुभएको जानकारी अनुसार निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ। कस्तो अवस्थामा हुन्छ जमानत जफत ? निर्वाचन सम्बन्धी कानूनअनुसार कुनैपनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा मात्र उसको जमानत रकम फिर्ता हुन्छ। यदि सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको खण्डमा…
Read More
इनिसा मृत्यु प्रकरण : बुवा दुबईमा अलपत्र, आमा सुर्खेतमा विक्षिप्त

इनिसा मृत्यु प्रकरण : बुवा दुबईमा अलपत्र, आमा सुर्खेतमा विक्षिप्त

२७ फागुन, सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा १६ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइरहँदा प्रदेश अस्पतालको शवगृहमा एक किशोरीको शव पोस्टमार्टमको प्रतीक्षामा थियो ।  त्यो शव थियो, गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको । इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्‍याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी…
Read More