Skip to main content

धनगढी न्यूज

आजको तस्वीर

एसपिए कलेजसँग जोडिएका १७ अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरू, जसमा १४ कलेजकै विद्यार्थी

एसपिए कलेजसँग जोडिएका १७ अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरू, जसमा १४ कलेजकै विद्यार्थी

  शैक्षिक उत्कृष्टता र खेल प्रतिभालाई एउटै धारमा जोड्ने एसपिए कलेजले, आफ्ना विद्यार्थीहरु लाई स्थानीय मैदानबाट अन्तर्राष्ट्रिय रंगशालासम्म पुर्‍याएको छ। City of Cricket धनगढीको पहिचान निर्माणमा कलेजले आफ्नो स्थानबाट पुर्‍याएको योगदानको कुरा होस् अथवा १४ जनाभन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीलाई अध्यापन गराउँदै आएको कुरा होस्, कलेजले नेपाली क्रिकेट जगतमा आफ्नो क्षेत्रबाट राम्रै भूमिका निर्वाह गरेको देखिन्छ। शिक्षा र खेलकुदको अद्वितीय संगम एसपिए कलेजको दर्शन स्पष्ट छ, शिक्षा र खेलकुद अलग होइनन्, दुवै एक अर्काका पूरक हुन्। यही सोचका कारण कलेजले विद्यार्थीलाई किताबी ज्ञानसँगै प्रतिस्पर्धात्मक खेलकुदमा समेत सक्षम बनाउँदै आएको छ। परिणामस्वरूप, यहाँ अध्ययन गरेका तथा अध्ययनरत १४ भन्दा बढी खेलाडीहरूले नेपाललाई…
Read More
यसरी मनाइयो अंग्रेजी नयाँ वर्ष (तस्वीरहरू)

यसरी मनाइयो अंग्रेजी नयाँ वर्ष (तस्वीरहरू)

आजदेखि इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । विश्वभर उल्लासका साथ यो नयाँ वर्ष मनाइएको छ । विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिंदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् । नयाँ वर्ष सुरु हुनुअघिको रात सन् २०२५ लाई बिदाइ गर्दै सन् २०२६ लाई भव्य स्वागत गरिएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक…
Read More
एस.पी.ए कलेजद्धारा कलेजक्षेत्र वरिपरि सरसफाइ सम्पन्न

एस.पी.ए कलेजद्धारा कलेजक्षेत्र वरिपरि सरसफाइ सम्पन्न

धनगढीस्थित एस.पी.ए कलेजले आज शुक्रबार कलेज वरिपरिका विभिन्न क्षेत्रमा सरसफाइ सम्पन्न गरेको छ । कलेजका कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरु उक्त सरसफाइ कार्यमा संलग्न भएका थिए । आफ्नो नगर आफै सफा राखौँ भन्ने अभिप्रायले एस.पी.ए कलेजले अतिरिक्त क्रियाकलाप अन्र्तगत यो सरसफाई कार्यक्रम आयोजना गरेको क्याम्पसले जनाएको छ । धनगढी उप महानगरपालिकाको हाम्रो धनगढी सफा धनगढी भन्ने नारालाई साथ दिदैँ बेला बेलामा यस्ता सरसफाई कार्यक्रम गर्ने गरेको कलेजका मा.वि. संयोजक रमेश प्रसाद जोशीले बताउनुभयो । उक्त कार्यक्रम अन्तर्गत कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुले कलेजक्षेत्र वरिपरिका रहेका विभिन्न फोहरमैलाको सरसफाई गरेका छन् ।
Read More
नारायणगढ-मुग्लिन सडकको छैन भरपर्दो विकल्प

नारायणगढ-मुग्लिन सडकको छैन भरपर्दो विकल्प

काठमाडौँ । दसैँको मुखमा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा यात्रुले निकै सास्ती खेपिरहेका छन् । यो सडकखण्डको तुइनखोला नजिकै पहिरो जाँदा दुई सातादेखि सवारी सञ्चालन प्रभावित बनेको छ । अहिल्लो साताको शुक्रबारदेखि पटक–पटक पहिरो खस्ने र पन्छाएर सडक खुलाउने क्रम जारी थियो, तर मंगलबार दिउँसो ठुलो पहिरो खस्दा पूर्णरुपमा सडक अवरुद्ध भएको छ । संघीय राजधानी काठमाडौँलाई जोड्ने ‘लाइफलाइन’ सडक अवरुद्ध हुँदा तराई-मधेस र पश्चिम नेपाल आवातजावत गर्ने यात्रु समस्यामा परेका छन् । २०३६ सालमा पूर्व–पश्चिम राजमार्गलाई काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गसँग जोड्ने लिङ्करोडको रुपमा मुग्लिन–नारायणगढ खण्डको निर्माण गरिएको थियो । तर यसको विकल्पमा अर्को राजमार्ग निर्माण गर्न नसक्दा बर्सेनि सर्वसाधारण सास्ती…
Read More
ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको नाम किटेरै आएको छ । देउवा दम्पतीको नाम वाचलिस्टमा छ । अरुको हकमा फाइल हेरेर कदम चाल्नेबारे छलफल भएको छ । ९ असोज, काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो । ‘जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी…
Read More
२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप

२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप

६ असोज, काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ । २४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र सिंह गुरुका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेको अवधिमा ४३ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन् । यो अवधिमा २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् । आज दशैंको घटस्थापनाको दिनदेखि यात्रुहरु बाहिरिने क्रम थप बढ्ने अनुमान छ । कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैं बिदा भइसकेकाले दशैं मनाउन गाउँ फर्किनेहरुको संख्या बढ्ने अनुमान गरिएको हो । दशैंको सरकारी बिदा भने फूलपातीको दिनदेखि सुरु हुन्छ ।…
Read More
मिस नेपाल २०२५ को जजमा शृङ्खला खतिवडादेखि आना शर्मासम्म (तस्बिरहरू)

मिस नेपाल २०२५ को जजमा शृङ्खला खतिवडादेखि आना शर्मासम्म (तस्बिरहरू)

काठमाडौँ । मिस नेपाल २०२५ को जज प्यानल आयोजकले सार्वजनिक गरेको छ । यस पटकको जज प्यानलमा मनिश राई, प्रिया सिग्देल, साहिल श्रेष्ठ, सृष्टि प्रजापति,  श्याम कँडेल, आना शर्मा,  महेश श्वार, शृङ्खला खतिवडा, रुचि पाण्डे, समर्पण कार्की र अजय रत्न स्थापित छन् । मिस नेपाल २०२५ को फिनाले आज भदौ १४ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भइरहेको छ । रातो पाटी बाट साभार
Read More
एसपीए कलेजका निशान्त ‘मिस्टर नेपाल २०२५’ मा सहभागी

एसपीए कलेजका निशान्त ‘मिस्टर नेपाल २०२५’ मा सहभागी

कैलालीको धनगढीस्थित एसपीए कलेजमा बिएचएम अध्ययनरत निशान्त बुढाऐर 'मिस्टर नेपाल २०२५' मा सहभागी भएका छन् । कृष्णपुर नगरपालिका ७, कलुवापुर घर भएका निशान्त पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२५’ मा सहभागी हुने भएका हुन् । आफ्नो व्यक्तित्व, शारीरिक तन्दुरुस्ती, बौद्धिक क्षमता र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्ने अवसर यस प्रतियोगितामार्फत प्राप्त गर्ने गरिन्छ । प्रतियोगिताको मुख्य उद्देश्य प्रतिभाशाली र जिम्मेवार युवालाई पहिचान गर्नुका साथै स्वास्थ्य, फिटनेस र अनुशासनको महत्व समाजमा प्रवर्द्धन गर्नु पनि हो। बिएचएम चौथो सेमेष्टरमा अध्ययनरत निशान्त हस्पिटालिटी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएर पनि उनी टाइटल नजिक पुग्ने प्रबल सम्भावना रहेको विश्वास राख्दै एसपीए कलेजका बिएचएम विभागिय प्रमुख रविन्द्र परियारले शुभकामना…
Read More
नेक्सु थिंकल्याबद्धारा विभिन्न विद्यालयमा स्टिम कार्यक्रम सुरु

नेक्सु थिंकल्याबद्धारा विभिन्न विद्यालयमा स्टिम कार्यक्रम सुरु

  नेक्सु थिंकल्याबवद्धारा आफूले निर्माण तथा डिजाइन गरेका स्टिमका सामग्रीहरु विभिन्न विद्यालयमा प्रयोग हुन थालेका छन् । यस क्षेत्रका साझेदार विद्यालयका विद्यार्थीहरुलाई परम्परागत कक्षाकोठाबाट सिर्जनशील , अन्वेषण तथा आयमूलक क्षेत्रमा लगाउने उद्देश्यले यो कार्य सुरु गरिएको हो । गत केहि हप्तादेखि नै नेक्सु थिंकल्याबका स्टिम सामग्रीहरु किड्स जोन , ज्ञान ज्योति , सत्यवती तथा एभरेष्ट एकेडेमीमा पुगिसकेको नेक्सु थिंकल्याबका सञ्चालकले जनाए । यी सबै निर्माण सामग्रीहरु पाठ्यक्रम विकास केन्द्रले प्रविष्ट गरेको विद्यालय तहको पाठ्यक्रममा आधारित रही विद्यार्थीलाई प्रयोगात्मक तथा परियोजनामा आधारित सिकाईतर्फ उन्मुख रहेको जनाइएको छ । नेक्सु थिंकल्याब स्टिम कार्यक्रम अन्तर्गत २० भन्दा धेरै कक्षा ३ देखि ८ सम्मका…
Read More
विद्या भण्डारीसँग ओलीले भने- सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो

विद्या भण्डारीसँग ओलीले भने- सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दोस्रोपटक पुगेकी थिइन् । संविधान सभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा भण्डारी पहिलोपटक च्यासल पुगेकी थिइन् । राजनीतिक प्रयोजनका निम्ति भने आइतबार पहिलोपटक च्यासल पुगेकी हुन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी थिइन् । राष्ट्रिय राजनीतिमै चासोका साथ हेरिएको यो भेटवार्ता पौने दुई घण्टा चल्यो । भेटवार्तापछि ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतसँग सामूहिक तस्वीर लिइयो । नेताहरूसँग सामूहिक र ओली–भण्डारीको तस्वीर राखेर…
Read More